जाँदा–आउँदा सँगै हुने गर्दथ्यौ हामी अर्थात जाने–आउने हाम्रो बाटो एउटैपर्ने गर्दथ्यो । टाउँको निहुँर्याएर हिँड्ने गर्नाले मैले बोलाउन खासैचासो राखेको थिइन उनलाई । मलाई अपरिचित मान्छे जो कोहीसँग बोल्न पनिहिच्किचाहट हुने गर्दछ । यो मेरो राम्रो या नराम्रो स्वाभावै होला तर मउनलाई बारम्बार नियाल्ने गर्दथेँ ।
म पटक–पटक मेरो समकालीन साथी ‘रसिक’को घरमा जान्थेँ । हामी सँगै एउटैकक्षामा अध्ययन गर्दथ्यौं । अक्सर सँगै भएर अध्ययन गर्ने गर्दथ्यौं अनिपरीक्षाको तयारी पनि सँगै बसेर गर्ने गर्दथ्यौं । रसिकको घरबाट उनको घरनजिकै पर्दथ्यो अर्थात रसिकको घरबाट उनी के गर्दै छिन् भन्ने कुराप्रष्टै देखिने गर्दथ्यो । अक्सर नियाल्ने गर्दथेँ म उनका कृयाकलापहरुलाई।
उनका दुई भाइहरु थिए । भाइहरुलाई नुहाई दिने, सरसफाई गरिदिने, घर सफागर्ने, खाना पकाउने, फुलबारी गोडमेल गर्ने लगायतका कामहरु गर्न उनीअभ्यस्त हुने गर्दथिन् । तर उनी घरमा अध्ययन चाहिँ कहिल्यै देखेको थिइन ।
सायद यसलाई संयोग नै मान्नुपर्छ । एकदिन उनी र म घर सँगै फिर्दै थियौं ।अझैपनि बोलेका थिएनौ हामीहरु । वातावरण अन्धकारमय हुन लागेको थियोअर्थात पानी पर्न लागेको थियो । हावा हुण्डरीले बाटाका धुलोहरु उठाउँदैथियो । मान्छेहरु आँखा चिम्मा गर्दै हिँड्दै गरेको देखिन्थो । मलाई पनिखुल्ला रुपमा हेर्न गाह्रो परिरहेको थियो । अनायासै एक्कासी पानी पर्यो ।मसँग छाता थियो उनी भिज्न लागिन् । मैले छातासँगै ओढ्न आग्रह गरेँ । उनीमसँग छाता ओढ्न आईन् ।
मैले परिचयको सुरुवात गरेँ, “बहिनी तिम्रो नाम केहो ?”उनले एकछिन् पछि विस्तारै जवाफ फर्काइन्, “हजुर दाई मेरो नाम कृति हो ।’’मैले अरु कुरा थपेँ, “मलाई तिमी अचम्मको लाग्छ, खै किन हो ? तिमी किनखाली टाउँको निहुँर्याएर हिँड्छौं ?”उनी एकछिन् चुपचाप बसिन् अनि केहि समय पछि उत्तर दिईन्, “हैन, म योकलेजमा भर्खर आएको हुँ । मैले कसैलाई चिनेको छुइन ।” यसबाहेक हामीबीच थपकुराकानी भएन । पानी शिथिल भई सकेको थियो । मेरो घर जाने बाटो अलग भएकोकारण मैले विदाई मागेँ । उनी पनि आफ्नो घर तीरको बाटो लागीन् ।
कृति निकै दिन क्याम्पस आईनन् । लगभग आधा महिना नै भयो होला उनको अनुहारक्याम्पस र बाटाहरुमा देखिएन । मलाई लाग्यो उनी बिरामी परिन् होला नत्रयत्रो दिन क्याम्पस त नछोड्नु पर्ने हो ! मनमा एकप्रकारको खुलदुली भईरहेको थियो । मैले उनलाई विगत ६ महिनादेखि नियाली रहेको थिएँ ।
एकदिन, सायद त्यो दिन बुधबार थियो होला । मैले उनलाई क्याम्पस छेऊमा भटेँ। मलाई देख्ना साथ उनी हल्का मुस्कुराईन् अनि मलाई आफुतीर बोलाईन् । फेरीसशंकित भएको जस्तो गदै भनिन्, “दाई, तपाईसँग एउटा जरुरी कुरा गर्नु छ ।”मैलै उनलाई सरल बनाउँदै भनेँ, “के कुरा हो ! निर्धक्क साथ भनन् डराउँनु पर्दैन् !”एकछिन उनी बोल्न सुरु गरिन्, “दाई, खै किन हो तपाईप्रति मलाई एकदमैविश्वास लागेर आउँछ । तपाईलाई म श्रद्धा गर्छु । दाई, थाहा छैन म के गर्नलागीरहेकी छु तर म जे गर्दै छु ठिक गर्दैछु जस्तो लाग्छ । मेरो हृदयले नैयो कार्यमा मलाई निर्देशित गराएको छ । म निकै ठूलो समस्यामा परेको छु ।दाई, मेरो बाबा टेम्पो चलाउनुहुन्छ । मेरो बुवाले कान्छी मम्मी विवाहगर्नुभएको हो । कान्छी ममीको एउटा छोरा छ अनि मेरो एउटा भाइ छ । कान्छीमम्मीले मलाई दिनरात कुटिरहनु हुन्छ । विनाकारण गल्ती देखाई ठूला–ठूलाचिपर्ट र दाउराहरुले मलाई यातना दिई रहनु हुन्छ । यसबारे मैले बाबालाईभने तर उहाँले केही सुन्नुभएन । कान्छी मम्मीले क्याम्पस पनि नजाभन्नुहुन्छ अनि ‘तलाई पढाउने पैसा छैन हामीसँग !’ पनि भन्नुहुन्छ । मघरबाट कहिँ पनि नगई घरकै कामहरु गरेर बस्छु तर मलाई मम्मीले विभिन्नआरोपहरु लगाएर खाली गाली मात्र गरिरहनु हुन्छ । मलाई कुटेको देखेरछरछिमेकीहरु पनि अतालिएको जस्तो गर्छन् तर नकुट्नुहोस् भनेर कहिल्यैभन्दैनन् । दाई सम्पूर्ण रुपमा हारेको छु । म विवश छु । अब मैले केगर्नुपर्छ सो मलाई थाहा छैन् । कतिपल्ट आत्महत्या गर्न खोजेँ तर भाइलेमलाई रोक्यो । म मेरो आफ्नो भाइलाई प्राणभन्दा माया गर्छु ।”
“दाई थाहा छैन मेरो बाटो गलत छ या सही । म स्वतन्त्रपूर्वक बाँच्नचाहन्छु । म भय र डर रहित भएर जीउन चाहन्छु । दाई अब म छिट्टै मेरोसाथीको भाइसँग विवाह गर्दैछु । मेरो दुःख र वेदनाहरुलाई उसले देखेको छ ।मलाई असाध्यै धेरै प्रेम गर्दछ उसले । उसका परिवारहरुले पनि मलाईबुहारीका रुपमा स्वीकार गर्ने गएका छन् । दाई तपाईलाई लाग्ला यो गलत कुराहो । तर मसँग अरु कुनै बाटो छैन । म त्यो जन्जीरबाट सधैँका लागि छुटकारापाउन चाहन्छु । मैले जीवनमा धेरै सपनाहरु सजाएकी थिएँ तर त्यी सपनाहरुसबै भताभुङ्ग भएर गए । विवशता र लाचारिपनाले घाँटी निमोठ्न थाल्यो मेरो ।अब म जीवनको खोजीमा छु ।”
म स्तब्ध भएँ । केही भन्नै सकिन् । उसले चालेका पाइलाहरु सही छन् या गलत? मलाई केही ज्ञान छैन । मान्छे किन क्रुर हुन्छ ? आफैँलाई प्रश्नगर्दैछु यतिखेर तर उत्तर भेट्टाउँदिन कहिँ पनि । धिक्कार छ तिमीहरुलाईज–जसले उनका सपनाहरु खोस्यौ । तिमीहरु बाँच्न र केही गर्न चाहनेहरुलाईघाँटी निमोठ्न खोज्छौं अनि धर्तीका बोझहरु र अर्काका खुसी लुट्नेहरुलाईतिमीहरु समर्थन गर्दछौं । बाहिर–बाहिर सदाचार भाषण गर्दै हिँड्ने अनिभित्र–भित्रै क्रुर र अमानव बन्ने तिमीहरुको द्वैध चरित्र देखेर घीनलागेको छ मलाई । आमा र बाबाको पगरी लगाएर सर्वोच्च ठान्छौ आफुहरुलाई तरछोराछोरीप्रतिको कर्तव्य र दायित्व पोली खाने तिमीहरुको जीवन धिक्कार छ ।बच्चा जन्माए पनि सबै कुरा पुग्छ ? छोराछोरीहरु तिमीहरुका वासना र यौनकोउन्मादले भरिएको रोमान्टिक रातको प्रतिफल हो कि कर्तव्य, प्रेम अनि रहरको? प्रश्नको उत्तर छैन तिमीहरुसँ
प्रिय बहिनी कृति, तिमी अहिले कहाँ छौं मलाई थाहा छैन् । विवाह पछिएकपल्ट मात्र तिमीलाई देखेको हुँ । तिमी निक्कै खुशी देखिन्थ्यौ त्यतिखेर। उज्यालो अनुहार अनि रातो साडीले तिमीलाई निक्कै सुहाएको थियो । तिम्रोअनुहारका त्यी खुशी कहिल्यै नझरुन् । बाहिनी तिमीले पहिलो आफ्नो अस्तित्वबनाउनु पर्छ । कसैबाट आश्रित नबन तिमी । तिमीले आफ्नो अस्तित्व समाजलाईदेखाउनै पर्छ । थाहा छैन हामीहरुलाई समय र परिस्थितिले कहाँ पुर्याउँछ ।मेरो असीम प्रेम र आर्शिवाद छ तिमीलाई, प्रगतिको शिखर चढ् है । मेरो सलामछ कृति !
Rajesh Budhathoki
No comments:
Post a Comment