Thursday, May 27, 2010

म्याद थप र नौतिकताको प्रश्न

नेपाली समय अर्थात सबै कुरामा ढिलो गरिने प्रवृत्ति नेपाली समाजमा गहिरोसँग गडेको छ । जसको अपवाद जिम्मेवार व्यक्तित्व मानिएका सभासदहरु पनि वन्न सकेनन् । परिणामत् । संविधानसभाको समयावधि सकिन केहि समय मात्र वाकि छ र संविधान जारी गर्नुपर्ने समय थप्नुपर्ने विषयमा चर्चा परिचर्चा शुरु भएका छन् । यस सन्दर्भमा धेरैथरिका प्रस्ताव र तर्क आएका छन् । आ-आफ्नै राजनीतिक स्वार्थ या दर्शनवाट प्रेरित ति प्रस्तावको वारेमा वहस गर्नु यो पक्तिकारको उद्देश्य होइन वरु यससँग जोडिएका केहि भिन्न पक्षवारे खोतल्नु नै यसको उद्देश्य हो ।

पक्तिकार संविधानसभाको म्याद थपको विपक्षमा होइन । नेपाली जनताको लामो संघर्ष पछि प्राप्त उपलब्धिलाई संस्थागत गर्ने एक मात्र माध्यम संविधान सभा नै हो । संविधान सभालाई विघटन तर्फ लैजानु भनेको नेपाली जनताको संघर्षवाट प्राप्त उपलब्धिको अबमूल्यन हो । त्यसैले नालायक देखिए पनि र जनताको भावना माथि खेलवाड गरेपनि अन्ततः निरिह जनतालाई सुन्दर भविष्य तर्फ लग्ने गाडिका नालायक ड्राइभरहरु वर्तमान संविधान सभा भित्रका ६०१ जना नै हुन । त्यस भन्दा वाहिरको विकल्प खोज्नु तत्काल उत्कृष्ठ र क्रान्तिकारी देखिए पनि कालान्तरमा त्यो विकल्प गलत सावित भएरै छाड्ने छ । तर त्यसो भन्दैमा नालायक ड्राइभरहरुलाई वेलगाम छाड्यो भने गाडि दुर्घटनाको संभावना पनि रहन्छ । त्यसैले केहि कुरा भने अव सोच्नै पर्ने देखिन्छ ।

संविधानसभाको म्याद थप्दा वित्तिकै नेताहरुले एउटा परिक्षाको सामना गर्नु पर्ने हुन्छ । त्यो हो नैतिकताको परिक्षा । एउटा ठेकेदारले घर बनाउन ठेक्का लिएपछि घर पुरा गरेर छाड्नु उसको कर्तव्य हो । उसले पाउने पैसामा समयावधिको कुनै बन्देज हुँदैन । तर दुई वर्ष भित्र संविधान लेख्ने भनेर सपथ खाएका नेताले त्यो जिम्मवारी पूरा नगरेपछि अव केहि नैतिक तवरले प्रायश्चित भने गर्नैपर्छ । एक समयावधिभित्र संविधान दिन नसकेकोले आफूलाई असक्षम घोषणा गरेर सार्वजनिक माफि माग्नु पर्दछ । र अर्को कुरा अव म्याद थपिएपनि तलव भत्ता नलिने प्रण गर्नु पर्छ । यति आट देखाएछन् भने एक पटकको गल्तिलाई माफि दिएर जनताले फेरि नेता मान्ने छन् । होइन भने नैतिक धरातलवाट गिरेका नेताहरुलाई सिस्नेपानी लगाउनुको विकल्प हुने छैन ।



Wednesday, May 19, 2010

विचरोको दैनिकी

उसले वाइकको व्रेक कसिदिए वापत वर्कशपको केटोलाई ५ रुपिया िदंदै भन्दै थियो यदि म धनि वाउँको छोरो भएको भए दिनमा १ हजार रुपैया जति माग्नेलाई दिने थिए मेरो घरको भाडा १ लाख आउने थियो भने ३० हजार मात्र न माग्नेलाई दिदा खर्च कति न हुने थियो र । म धनि वाउँको छोरो भएर जन्मेको भए कोरीया जानको लागि भनेर मिठो निद्रा विथोली विहान ५ वजे कोरीएन ल्याङ्वेज पठन सायद जाने थिइन होला १२/१५ लाख रुपैया खर्च गरेर म अमेरीका क्यानडा नै जाने थिए ।
उसले भन्दै थियो आज पार्किङ शुल्क वुझाउन पैसा नभएर अफिसवाट १०० रुपैया वेलुका हिसाव मिलाछु भन्दै लगे । उसलाई यो प्रचण्ड गर्मिमा बस्न पनि थिएन अनि म अहिले ३ वजे आउँछु भन्दै गयो । मलाई अहिले ललितपुर पुगेर आउनु छ । अघि न्यूरोड ५ वटा वैंकमा गए िसंहदरवार भित्र छिरेर सामान ल्याए अनि त्रिपुरेश्वर पुगेर सामान छाडेर आएको अव ३ ठाउ जानु छ भन्दै हिडेको थियो । उ हिड्यो म उसको वारेमा केही सोचिरहे विचरा कति मेहनत गर्छ तर उसलाई चिन्ता भनेको पटक्कै छैन । कहिलेकाही उ भन्ने गर्छ अव त विदेश जानु पर्छ यस देशको लागि धेरै मेहनत गरियो अव केही हुने वाला पनि छैन र केही भएको पनि छैन । हामी केवल वाचिरहका छौं खै केहि वचाउन चाहि सकिरहेका छैनौं । यस्तै कुराहरु सोचेर वसिरहेको थिए यत्तिकैमा फोन आयो तर फोन स्पष्ट थिएन । नेटवर्कको पोरवलम नै होला सायद हाम्रो देशको नियति नै यस्तै छ कतै केहि राम्रो भन्ने कुरा सुन्न र देख्न पाइने होइन फोहर मैला पानी अनि विजुलि अनि वाटोको जाम यस्तै समस्याले पनि होला विचरोलाई नेपालमा बस्न देखि वाक्क लागेको यदि नेपाल नै छाडेर गए यी समस्यावाट मुक्ति पाइन्छ कि भन्ने लागेको हुन सक्छ ।
यस्तै कुरा सोच्दै थिए वत्ति पनि झ्याप्प गयो । वत्ति गयो अनि काम पनि त के नै भयो र यकै छिन पत्रिका हेरेर वसिरहे पत्रिका पनि कतिपल्ट हेरनु यसभन्दा पहिला नै ३÷४ पटक पत्रिका हेरिसकेको थिए । फेरी वानि नै परिसकेछ कि क्या हो पत्रिका भनेपछि सरर् हेर्ने मात्र पढने वानी नै छैन जावो ५÷६ वटा पत्रिका हेर्न कति नै समय लाग्थ्यो र पत्रिका थन्क्याएर मेरो देश संविधान र मेरै भविष्यको वारेमा सोचिरहेको थिए । उ ललितपुर पुगेर फर्किसकेछ वडो विन्दास पारामा आउदै थियो । उ परैवाट भन्दै थियो काठमाडौंमा त यस्तो गर्मि छ यार तराईमा वसियो भने त हामी त मरिन्छ होला । यस्तै कुरा गर्दै उ मनेरै आइसकेकेा थियो वाटोमा तर्भजा केरा भन्दै कराउदै एउटा भैया ले साइकलमा अगाडि तरभुजा र पछाडि केरा राखेर ल्याएको थियो । उसले भन्दै थियो अफिसवाट तरभुजा ख्वान यार अफिसवाट दिएको १०० रुपैयामा अव यी यहि १५ रुपैया मात्र वाकि हो यसको के आउँछ र उ त्यहि पन्ध्र रुपैयाको भएपनि किन्न गयो तर मैले रोकेर मैले नै किनेर ख्वाय । वस्नु त कहाँ थियो र उसलाई अफिसवाट फोन पनि आइहाल्यो तिमी कहाँ हो किन ढिला गरेको छिटो आउ अर्को ठाउँमा सामान पुर् याउन जानु पर् यो उँ भन्दै थियो साउँजी म आउँदै छु एकैछिन जाममा परेर हो । ढाट्ने मन त थिएन उसको के गरोस अफिसको पेलाई अनि वाध्यता उ हिड्यो म अव जान्छु । उसले भन्दै थियो खाजा ख्वाउने भए मात्र पछि आउनु ……………………

Monday, May 17, 2010

नेटवर्क बिजनेस एक बहस

आखिर जे हुनु थियो भयो। अर्थात एक अर्को नेटवर्क (ठगी) कम्पनी को अस्तित्व समाप्ती उन्मुख भयो। सोझा जनतालाइ झुक्याएर फकाएर र लोभ देखाएर ठगी गर्ने नेटवर्क हरु को पर्दाफास भयो। त्यो आम जनताको लागी खुसीको कुरा हो। तर त्यती मात्र पर्याप्त भने होइन। यस्ता कम्पनी डुब्दै गए पनि झन ठुलो मात्रामा लगातार खुल्दै र फैलाउँदै गइरहेका छन। त्यसको बिरुद्ध आबाज उठाउनु पनि आजको आबस्यकता हो। नत्र भने केहि दिनमै अर्को कम्पनी ले ठगी प्रक्रिया सुरु गरिसक्छ। हिँजो गोल्डक्वेष्ट, ड्युसफ्ट, लाइफ भिजन जस्ता कम्पनी डुबेपछी पनि युनिटी जम्न सक्नु त्यसैको उदाहरण हो। त्यसैले एक कम्पनी माथिको कारबाही मात्र पर्याप्त उपाय होइन। त्यसैले नेटवर्क बिजनेसको बारेमा बहस बढाउन जरुरी भएको छ।
यस्तै केही बहसका बुँदा म प्रस्तुत गर्दै छु।

#नेटवर्क वाला ले ब्यापार लाइ दुइ कित्तामा देखाउँछन। ट्रेडिसनल र नेटवर्क भनेर। ट्रेडिसनल वालाले प्रचार र नाफामा धेरै खर्च गर्ने भएको ले ग्राहकले धेरै मुल्य तिर्नुपर्ने तर नेटवर्कीङमा ग्राहकले सिधै कम्पनीमार्फत किन्ने भएकोले ग्राहक नठगिने उनिहरुको दावी छ। तर त्यसको उल्टो नेटवर्क वालाको सामानको मुल्य बजार मुल्य भन्दा अत्यन्तै बढी हुन्छ। हुनत जडिबुटी या अन्य सामान प्रयोग गरेको भनेर प्रचार गरे पनि त्यही गुणस्तरको सामान भन्दा उनिहरुको सामान अत्यन्तै महँगो देखिन्छ। के यो सिधै ठगी होइन?

#अर्को कुरा यदि नेटवर्क बिजनेस बाट सामान सस्तो पाइने भए (उनिहरुको दावीमा चाउचाउको लागत मुल्य ३ रुपैँया पर्छ) चाउचाउ नै नेटवर्क बाट बेचेर ५ रुपैँयामा बेचे भइहाल्थ्यो नी। किन त्यती दुख गर्थे होलार? यो पनि बहसको बिषय हो।

#किन बिश्व ब्यापी पहुँच भएका कम्पनी ले नेटवर्क पद्वती नअपनाएका त। एकातर्फ नेटवर्क हरु सिमित ब्यक्तीको समुहमा मात्र रहने र 'परम्परागत' कम्पनी हरु बिश्वब्यापी ब्यापारको एकमात्र बिकल्प हुनुले के सङ्केत गर्छ?


#नेटवर्क वालाको एक सामुहिक बिशेषता छ। उनिहरु आफ्ना प्रोडक्ट को भन्दा सदस्य बनाएर आउने फाइदाको कुरा गर्छन। के उनिहरुलाइ आफ्नै प्रोडक्ट प्रती बिस्वास छैन? कि प्रोडक्ट भन्दा पैसा महत्वपुर्ण देखिएको हो? यसले पनी उनिहरुको ठगी उदाङ्गो पारेको छ।

#नेटवर्क वाला ले नेटवर्क बिजनेसले सम्बन्ध बिस्तार गर्ने कुरा गर्छन। तर आफ्ना ग्राहक भनेको आफ्ना अत्यन्त निकट ब्यक्ती बनाउनु पर्ने तथा उनिहरुले बाध्यताले सदस्य बनेको महसुस गरे भने त्यसपछी बिग्रिने सम्बन्धको बारेमा उनिहरु बोल्दैनन।


यस्ता अनगिन्ती प्रस्न छन जसले नेटवर्क बिजनेसको औचित्य माथि प्रस्न चिन्ह लगाएका छन। तर पनि समाजमा रहका सुकिलामुकिला ठगहरु आम जनतालाइ झुक्याइरहेका छन। त्यसैले नेटवर्क बिजनेस लाइ ब्यबस्थित गर्न, ठगी बाट बचाउँन पनि यस बिषयमा बहस उठाउन आफस्यक छ। आउनुहोस यस बारे आजैदेखी बहस थालौँ।

शैक्षिक संघर्षको प्रश्न : "पत्थरविम्ब"

आज देशमा शैक्षिक समस्या कठिन ढंगले विकराल समस्या बन्दै गईरहेको छ । जुन अवस्था प्रति नेपाल सरकारले वेवास्ता देखाएको छ । यस्तो खालको गम्भिर अवस्थामा देशको शैक्षिक अवस्था निजिकरण र व्यापारीकरणको दिशामा तिव्र गतिमा फड्को मारीरहेको छ । समान्ती दलाल तथा नोकरशाही पुँजिपति वर्गको हातमानै संम्पुर्ण राज्यव्यवस्था वा राज्यसत्ता कायम छ । अहिले सम्मको नेपालको ईतिहाँसमा सामन्तवादी रुढीवादी संस्कृति झल्काउने कोरा सैद्धान्तिक शिक्षानै अहिले सम्मको नेपालको शैक्षिक विशेषता वनेको छ । राष्ट्र निर्माणको सब भन्दा बलियो हतियार भनेको बैज्ञानिक शिक्षा हो तर नेपालमा त अठारौं शताप्दीका घटनाहरुलाई कोरा सैद्धान्तिक शब्दहरु समावेश गरिएको शिक्षालाई नेपालमा अध्यापन गराईएको छ जुन २१ औं शताप्दीको वैज्ञानिक युगमा हास्यसपद छ । यो नेपालको बर्तमान शिक्षा प्रणाालिले नेपाललाईनै अधोगति तिर धकेलेको छ र समयको विरुद्ध छ ।
शिक्षा सबैको अधिकार हो भन्ने मान्यताका विरुद्ध पैसा कमाउन मुनाफाको स्रोत बनाउने क्षमताको कुनै मूल्याङ्कन नहुने शिक्षा प्रणालि अहिले हाम्रो देशमा फस्टाई रहेको छ ।यस्तो प्रकारको शिक्षाले नेपाललाई घाटा पुर्याएको छ । नेपाल एउटा कृषि प्रधान देश हो तर कृषि प्रधान देश भएर पनि न नेपालमा कृषि विश्व विद्यालय छ न कृषि सम्बन्धि आधारभुत ज्ञान भएको शिक्षा नै नेपाल सरकारले दिन सकेको छ । वर्तमान शिक्षाको गुणस्तर र दैनिक जिवनको भिन्नता चरमचुलिमा पुगको छ वा अन्तर संघर्ष गहिरीदै गएको छ । एकातिर यो शिक्षा बैज्ञानिक व्यवहारीक र सर्वसुलभ छैन भने शिक्षा उत्पादन प्राणाली संग पूर्ण रुपमा असम्बन्धित छ । त्यस कारण यो शिक्षा आर्जन गरेर सर्टीफिकेट वाहेक व्यवहारीक ज्ञानको कुनै अर्थ राख्दैन ।
विद्यालय तथा विश्व विद्यालयहरुमा एकमुष्ट शुल्कअवैज्ञानिक शिक्षा प्राणीली प्रविणता प्रमाणपत्र तहको विस्थापनमा सरकारको सकि्रयता २ अर्थात उच्च मा।वि हरुमा उच्च शुल्क सहितको अवैज्ञानिक अव्यवाहारीक शिक्षा प्रणाली पाठ्य सामाग्रीको अभाव अध्यन अध्यापनमा कमी तालिम प्राप्त शिक्षकहरुको अभाव शिक्षा क्षेत्रमा राजनितिक भागवण्डा सरकारी क्यामपस र विद्यालयहरु आझेलमा पर्नु सामुदायिककरणको नाममा निनिकरणलाई अगाडि वढाउनु सरकार जनतालाई शिक्षा दिने उत्तरदायित्व वाट पन्छनु त्रिभुवन विश्वविद्यालयहरुलाई विस्थापित गरी सि।टी।ई।भि।टी अनर्तगतका नाफाखोर शिक्षण संस्थालाई प्रोहोत्सान गरी िसंगो शिक्षा प्रणाली लाई नेपाली जनताको पहुच भन्दा टाढा गराउनु वर्तमान शिक्षा प्रणलीका समस्याहरु हुन । यसको मुख्य दाषी सरकार नै हो । सरकार अँज शिक्षालाई निनिकरण गरेर जनताको टाउकोमा शैक्षिक भार थोपरेर साम्राज्यवादको सेवा गरिरहेको छ । एकातिर सरकारको शिक्षा प्रतिको कायर लाचारपन र अर्को तिर आन्दोलनमा संगै हिडेका विद्यार्थी संगठनहरुको ढुलमुल अवसरवादी चरीत्र तथा पाटी सरकारमा गएपछीको आत्मसर्मपणवादी चिन्तनका कारण शैक्षिक समस्याहरु झन विकराल वन्दै गएको छ भने स्वयम विद्यार्थीहरु राजनितिक चेतनाले लैस नहुनु अर्को समस्या हो ।

नेपालको वामपन्थि विद्यार्थी आन्दोलनमा अखिल छैठौं नै निरन्तर शैक्षिक समस्याका विरुद्ध सम्झौताहिन संर्घष गर्दै आएको क्रान्तिकारी संगठन हो । माओवादीको कथित जनयुद्ध कालमा वोडिङहरुलाई विस्थापन गराएर जनवादी शिक्षाको नारा लगाएको अखिल क्रान्तिकारी आफ्नो पाटी सरकारमा हुदा देशमा भएका विद्यालयहरुलाई सामुदायिककरण गर्दा पनि आँखामा पट्टी बाँधे झै गरी चुपचाप वस्यो । एमालेको अखिल पनि त्यही लाचारपन वाट मुक्त हुन सकेन र अहिले पनि सकेको छैन । ने।वि।संघको सिद्धान्त पनि कोरा सैद्धान्तिक छ वैज्ञानिक स्पस्टता छैन र वैज्ञानिक शिक्षा प्रणालीमा लान सक्दैन भन्ने पनि प्रस्ट छ । जनवादी शिक्षाको नारा लगाएर कथित जनयुद्धमा होमिएका अखिल क्रान्किारीका साथिहरु आज कहाँ हुनुहुन्छ तपाईहरु । एक पटक आँखा खोलेर हेर्नुस त देश शैक्षिक समस्याले विकराल रुप लिएको छ ।

आज देशमा खोलिएका सरकारी तथा निजि शिक्षण संस्थाहरु केवल वेरोजगार उतपादन गर्ने खोर भएका छन । ति शिक्षण संस्थामा पढाउने शिक्षक तथा प्रध्यापकहरु पसलेका मजदुर जस्तै भएका छन । यो अवस्था वाट मुक्त नहुने हो भने शैक्षिक समस्या झन कठिन वन्ने छ । शोषण प्रति आस्था र श्रम प्रति घृणा गर्नेयथास्थितिवादी पुजिवदी वैदेशिक चरित्रको वा विदेशीको नक्कल गरिएको यो शिक्षा नेपालको राष्ट्रिय उद्योग कलकारखाना वनजंगल जलस्रोत कृषि खनिज संग असम्वन्धित व्यतिवादी र निराशामुखी छ । सामान्तवादको भत्तिभाव गराउने धार्मिक भाषिक र जातिय विभेद कायम गरीएको जिवन पद्धती संग मेल नखाने जनविरोधि शिक्षा हाल कायम छ । त्यसकारणले यस्तो खालको अव्यवहारीक व्यतिवादी निराशामुखी राष्ट्रियहित संग मेल नखाने यस्तो शिक्षा प्रणालीका विरुद्धको लडाईमा सम्पुर्ण विद्यार्थीहरु एक हुनु पर्ने वर्तमान ऐतिहासिक शैक्षिक आवाश्यकता छ । आफनो दक्षता कुशलता र सिपलाई सर्वाहारा शोषित पिडित वर्गको हित र सेवामा सर्मपित गर्ने मानसिकता र दृष्तिकोण सहितको शिक्षित नागरीक उत्पादन गर्ने राष्ट्रिय हितको काम गर्न सक्ने शिक्षा प्रणली वैज्ञानिक जनवादी शिक्षा प्रणाली हो जुन आजको राष्ट्रिय आवाश्यकता हो ।

जतिवेला सम्म नेपाली विद्यार्थीहरु जनवादी शिक्षा प्राप्त गर्न सक्दैनन् त्यती वेला सम्म वर्तमान शैक्षिक समस्याहरु रहन्छन् । तर अहिले पनि शिक्षामा सामान्य सुधार गरेर जान सकिन्छ । सरकारले एकमुस्ट शुल्कलाई हटाउने परीक्षा प्रणालीमा सुधार गर्ने भौतिक अवस्थाहरुमा सुधार गर्ने सामुदायिककरण व्यपारीकरण निजिकरणको अन्त्य गर्ने सि।टी।ई।भि।टी अनर्तगतका नाफाखोर शिक्षण संस्थालाई सरकारीकरण गर्ने प्रविणता प्रमाण पत्र तह र उच्च मा। वि हरुलाई सुधार गरेर लैजाने हो भने केही हदसम्म शैक्षिक समस्याहरु समाधान हुन सक्छन् । जतिवेलासम्म नेपाली विद्यार्थीहरु सर्वोसुलभ व्यवहारीक वैज्ञानिक अनिवार्य र रोजगारमुलक शिक्षा पाउदैनन् त्यती वेला सम्म आत्मनिर्भर हुन पनि सक्दैनन् ।

त्यसकारण बहुसंख्यक जनताद्धारा निर्मित जनपक्षिय प्रगतिशिल नैतिकतामा आधारीत श्रमप्रति सम्मान राष्ट्रियताको जर्गेन गर्ने खालको शिक्षा नेपालको राष्ट्रिय उद्योग कलकारखाना वनजंगल जलस्रोत कृषि खनिज संग सम्वन्धित शिक्षा प्रणलीको आवाश्यकता आज नेपालमा छ । वास्तवमा आज देश शैक्षिक समस्याले आक्रान्त र पिडादायि बनेको छ । नया जनवादी शिक्षा प्राप्ति संगै सम्पुर्ण शैक्षिक समस्याहरु समाधान हुनेछन् । त्यसलाई क्रान्तिकारी युद्ध र आन्दोलन आवाश्यकता छ त्यो क्रान्तिकारी आन्दोलन अथवा युद्ध भनेको नया जनवादी क्रन्ति नै हो जुन एउटा क्रान्तिकारी कमयुनिष्ट पाटीको नेतृत्वमा मात्र सफल हुन्छ । त्यो क्रान्तिकारी कम्युनिष्ट पाटी भनेको नेपाल कम्युनिष्ट पाटी मसाल नै हो । त्यसकारण सम्पुर्ण विद्यार्थीहरु राजनितिक चेतनाले लैस हुदै क्रान्तिकारी आनदोलनमा लाग्नु जरुरी छ जसले नेपाली शैक्षिक समस्याको समाधान गर्नेछ । आज देशमा एक मात्र क्रान्तिकारी विद्यार्थी संगठन अखिल छैठौं हो । त्यसैले सम्पुर्ण विद्यार्थी साथिहरु श्हिदको रगतले रत्तरंजित कलम तारा अंकित लालझण्डा मुनि संगठित हुदै शैक्षिक समस्याका विरुद्ध संर्धष गर्दै नया जनवादी शिक्षा प्राप्तिको आन्दोलनमा अगाडी वढाै अरु विकल्प छैन्

Pather Bimba

Sunday, May 16, 2010

एकताको लागी मनाऔं मई दिवस

करुण पौडेल
मजदुर दिवस अर्थात विश्वभरका विभिन्न सरकारी तथा गैर्यसरकारी कम्पनीहरु, खानीहरु, महलहरु मा काम गर्ने सम्पूर्ण श्रमजीविहरुले विजय (आंशिक रुपमा नै भएपनि) उत्सवको रपमा मनाउने दिन अर्थात मजदुरहरुको माहान चाड भनेर बुझ्ने र मनाइने दिन हो र मनाउदै आइरहेका छौं। सदा झै आज पनि संसारका श्रमजीवीहरुले यो माहान चाडलाई निकै हर्ष र उत्साहका साथ मनाईरहेका छन्। अहिले आएर मजदुर दिवसलाई सम्झिने, मनाउनेहरु धेरै भए पनि, यो आन्दोलनमा मजदुरहरुले प्राप्त गरेका उपलब्धीहरुबाट फाइदा लिइरहेको भए पनि १२१ औं मजदुर दिवस मनाइरहँदा सम्म पनि मजदुर दिवसकै बारेमा हामी धेरैलाई थाहा छैन। किन यसो भैरहेको छ त? भन्दा अहिले आएर मजदुर दिवसको नाममा मनपरि तन्त्र लागु गर्ने, मजदुर दिवसको आफूखुसी व्याख्या गर्ने पनि गरिएको छ अर्थात यो गौरवमय इतिहास र परमपराको बद्नाम गर्ने काम भैरहेको छ। त्यसैले यो माहान चाडलाई स्मरण गर्ने मात्र होइन, त्यस दिनले प्रदान गरेको जुझारु संघर्षको स्पि्रटलाई आत्मसाथ गर्दै आफ्ना मुक्तिका पाइलाहरु निरन्तर अगाडि बढाउने प्रण समेत गर्नुपर्छ तब मात्र यो चाड मनाएको सार हुनेछ।
अरु विभिन्न विषयमा जस्तै मई दिवसको बारेमा हाम्रो देशमा दुई किशिमले व्याख्या गर्ने गरिएको छ। कसैले आज १२१ औं मई दिवस भनि मनाइरहेका छन् त कसैले १२२ औं मई दिवस मनाइरहेका छन्। यहाँ एक वर्षको अन्तर हुनुको कारण चाही १२२ औं मई दिवस मनाउनेहरुले मजदुरहरुको अन्तराष्ट्रिय समितीको (द्धित्तिय अन्तराष्ट्रियको) सन् १८८९ मा पेरिस शहरमा भएको भेलाको (जहाँ मई दिवस मनाउने निर्णय गरिएको थियो) दिन देखि गणना गर्न शुरु गर्छन् भने १२१ औं मई दिवस मनाउनेहरुले द्धित्तिय अन्तराष्ट्रियले निर्णय गरी मनाउन थालेको दिन देखि अर्थात १९९० देखि गणना गर्ने गरेको पाईन्छ। ऐतिहासिक मई दिवस “मई १” लाई मनाउने परम्परा आजभन्दा १२० बर्ष आगाडि देखि शुरु गरिएको कुरा माथि उल्लेख भैसकेको छ। यो १२० औं बर्षको अन्तरालमा संसारमा कैयौ ठुला-ठुला परिवर्तनहरु भएका छन्। कैयौं देशहरुमा मजदुरहरुको वर्गिय राज्यसत्ता स्थापित भए, कैयौं देशमा आन्दोलका गतिहरु बिकसित भैरहेका छन् भने अर्कोतिर पुजीपतिद्वारा शोषणका रुपहरु बदल्ने कामहरु भइरहेको छ। शोषण र दमन गर्ने तरिकाहरु फेरिएका छन्। उत्पीडनका जंजिरहरु झन- झन कसिँदै गैरहेका छन्। यी विविध समस्याका बाबजुद यस अवधिमा भएका उपलब्धिहरु त्यही मजदुर आन्दोलनको तेजगति अर्थात मजदुरहरुको वीरतापुर्ण एवं संगठित संघर्षको प्रतिफल नै हो र श्रमजीवी वर्गका संघर्षमय पाइलाहरु निरन्तर सचेत संगठित मिलिटेन्ट रुपमा बिकसित हुदै आएका हुन्। तिनै आन्दोलनका पाइलाहरुले नै विजयको शिखर तर्फ पु–याएको हो। यस्तो संघर्षशील परम्परा बोकेको मई दिवस मनाउँदै गर्दा विषेशतः मजदुरहरुको त्यो संघर्षको इतिहासको संक्षिप्त रुपमा चर्चा गरिने गरेको छ।
मजदुरबर्गको उदय पूँजीबादको बिकाशको अर्को रुप, औधोगीकरणकबाट भएको हो र पूँजीबादको बिकाश पूर्वाधर मजदुर वर्ग नै थियो र छ। मजदुरहरुको श्रम शक्तिबाट नै पुजीपति वर्गले आफ्नो पुजीको बिकास गर्दै लग्यो र मजदुरवर्गको श्रमशोषणबाट अर्जित सम्पति नै पूजीपति बर्गको मूख्य आम्दानि आधार थियो र छ। यसरी पूँजीपति वर्गले मजदुरहरुलाई १८–२०–२४ घण्टा सम्म काममा लगाएर आउने मुनाफाबाट नै उसको मुख्य बाँच्ने र अकुत सम्पति जोगाउने आधार बनायो भने अर्कोतिर मजदुरले आफ्नो श्रम बेचेर अर्जित न्यून तलवले बाँच्नुपर्ने, आफना घरपरिवार , बालवच्चाको पालनपोषण, स्वस्थ्य, शिक्षा जस्ता अत्यावश्क कामहरु गर्नुपर्ने भयो जो (तलब) कहिल्यै प्राप्त थिएन र हुदैनथ्यो। यसरी मजदुरहरु लामो समय सम्म काममा जोतिइरहनु पर्ने अवस्थाले गर्दा उनीहरुका शारिरिक अंगहरु शिथिल हुन थाले। शारिक थकाई र मानसिक पिडाका कारण बिरामी हुने जस्ता समस्याहरु तीव्ररुपमा देखा पर्न थाले। शारिरिक असक्तता, अशिक्षा, वेरोजगारी एवं अन्य समस्याहरु समेत थपिए। यसरी विभिन्न तरहका समस्याहरु मजुरहरुमाथि थपिदै गएपछि यी विवध समस्याहरुले आक्रान्त बनेका मजदुरहरु सँग अब दुई २ वटा विकल्प मात्र देखा पर्न थाले। या त पुँजीपतिहरुका सवै प्रकारका दासत्वलाई, दमनचक्रलाई सधैं स्वीकार गर्दै मर्नु पर्ने भयो या त त्यस प्रकारका समस्याबाट राहत पाउन पुँजीपतिका बिरुद्ध संघर्ष गर्नुपर्ने। यी दुई विकल्प मध्ये दोस्रो विकल्पलाई प्रयोग गर्ने निर्णय लिनुपर्ने थियो र मजदुरहरुले आफ्ना समस्याको मूल जड, श्रमशोषणको विरुद्ध एकतावद्ध भई संघर्षमा उत्रनु पर्ने त्यो बेलाको आवश्यकता थियो तर कसरी गर्ने भन्ने कुनै पूर्वयोजना थिएन पछि क्रमिक रुपमा समस्या भित्र बाटै यस्को निकाश आएको हो। मजदुरहरुले शुरु-शुरुमा आफू-आफूमा आ-आफ्ना तीता अनुभवहरुको आदान-प्रदान गर्न थाले। उनीहरुको आफनो थिचिएको स्वरलाई साथीहरु बिचको छलफल र वहसमा ल्याउन थाले। शोषण र दमनका बिरुद्धका आवाजहरु एक आपसमा प्रसारित हुँदै जान थाले। कतिपय अवस्थामा मजदुरहरुले आफ्नो शोषण गर्ने काम औजारबाट भएको भन्ने महशुश गरी शोषण प्रतिको घृणा भाव औजारमाथी केन्द्रित गरे, वर्गिय घृणाको प्रदर्शनको रुपमा औजारहरुको तोडफोड समेत गरे। तैपनि मजदुरहरुबिच हुने तीता अनुभवहरुको आदानप्रदान, एक अर्को सँग गरिने छलफल र वहसको परिणाम स्वरुप मजदुरहरुको वस्तविक शत्रु पहिचान गर्ने सहज बातावरण बन्यो। आफ्नो वास्तविक शत्रको पहिचान गरिसके पछि मजदुरहरुले स-साना आन्दोलन, बिद्रोह, हडतालहरु गर्न थाले र यही क्रममा जन्मिएको थियो चार्टिस्ट आन्दोलन, जुन मजदुरहरुको पहिलो र संगठित (सिमीत नै किन नहोस्) आन्दोलन थियो। यस्ता आन्दोलनहरुमाथि पूँजीपतिहरुले क्रुर दमनको नीति लिदै गए, झन-झन शोषण र दमनलाई चर्काउदै लैजान थाले भने यता मजदुरहरुले यी पूँजीपतिहरुको अरु पूँजीपतिहरु सँग यिनीहरुको छुट्टै सम्वन्ध छ, र एकले अर्कोलाई सघाई रहेका छन् त्यसैले अव हामी पनि एक जुट हुनु पर्छ, संगठीत हुनुपर्छ भन्ने निष्कर्ष निकाल्न शुरु गरे। यसै समयको शेरो फेरोमा अर्थात सन् १८४८ मा कार्लमार्क्स र फेडरिक एङगेल्स मिलेर कम्युनिष्ट घोषणा पत्र तयार पार्नुभयो। त्यो घोषणा पत्रले मजदुरहरुको अधिकार खोसिएको, श्रमको शोषण गरिएको र ती अधिकार खोसिएका अधिकार प्राप्त गर्ने शक्ति उनीहरुमा (मजदुरहरुमा) नै भएको बोध गराई त्यो शक्ति वर्ग दुश्मनका विरुद्धमा एकत्रित गर्ने काम ग-यो। संसारभरिका मेहनतकर बर्गलाइ एकजुट हुन आव्हान गर्दै “संसारका मजदुर एक हौं। ” भन्ने महान वाक्यांश संसारका कुना कुनामा रहने श्रमजीवी, मजदुर वर्गको बीचमा पुग्यो। जसले असंगठितलाई संगठित गर्ने र रष्ट्रिय आन्दोलनलाई अन्तराष्ट्रिय आन्दोलनसंग जोड्ने काम ग-यो र अन्तराष्ट्रिय सम्वन्धहरु बिकसित हुदै गए। मजदुरहरुमा चेतनाको बिकास हुँदै गयो र आन्दोलनको संगठित तरिकाहरु अपनाउदै गए। आन्दोलनको डौडानमा आइपर्ने समस्याहरु न्यूनतम् प्रकारले कसरी हल गर्ने भन्ने ज्ञानको बिकास हुँदै गयो। मजदुर आन्दोलनले जति जति अन्तराष्ट्रिय रुप ग्रहण गर्दै त्यही अनुपतमा मार्क्स एङगेल्सहरुले मजदुरहरुलाई संगठित गराउने पहल गर्न थाल्नुभयो।
मार्क्स र एङगेल्सले संगठीत मजदुरहरुलाई पुजीपतिले मजदुहरुको शोषण कसरी गर्छ? मजदुरले श्रम गर्दा आफुले गरेको श्रमवापत कति प्राप्त गर्छ? पुजीपतिले श्रमिकको श्रमबाट मुनाफा कसरी र कहाँबाट कमाउछ? त्यो क्रमको बिकास कसरी भयो? जस्ता महत्वपुर्ण बिषयहरुमा “अतिरिक्त मुल्यको सिद्धान्त”को प्रतिपादन गरेर मजदुरहरुलाई शोषण गरिने स्वरुपकाबारेमा स्पष्ट पार्दै, प्रशिक्षित गर्दै जानुभयो एकातिर भने अर्कोतिर असंगठितहरुलाई संगठित गर्दै जाने काम पनि सँग सँगै गर्नुभयो र क्रमिक रुपमा सचेत मजदुर संगठनहरुको बिकास हुँदै गयो। यसरी अलग-अलग देशहरुमा छरिएर रहेका संगठीत र असंगठित मजदुरहरुलाई एकत्रित पार्न मार्क्स एङगेल्सले सन् १८६४ मा प्रथम अन्तराष्ट्रियको गठन गर्नुभयो। जसमा कैयौं देशका मजदुर संगठनहरुले प्रतिनिधित्व गरेका थिए। उक्त अन्तराष्ट्रिय ले मजदुर आन्दोलन सम्वब्न्धी महत्वपुर्ण निर्णयहरु गर्दै सन् १८६६ सेप्टेम्वर मा नेशनल लेवर युनियनद्धारा प्रस्तावीत आठ घण्टे कार्य दिवसको मागलाई पास गर्ने काम भयो। यसपछि मजदुरहरुले आफ्ना आन्दोलनहरुलाई झन-झन घनिभुत बनाउदै गए र सन् १८७२ मा पेरीस बिद्रोहले एकता र वीरता प्रदर्शन गर्न सफल भयो र आफ्ना आन्दोलित पाइलाहरु निरन्तर अगाडि बढाउँदै गए। विश्वका श्रमजीवीहरुमा रक्तसंचारको गतिको रुपमा आन्दोलनका भावनाहरु तरङ्गीत भए, सञ्चारित भए। आन्दोलनका आकार प्रकार र रुपहरु फेरिदै जान थाले। यद्देपि मजदुरमाथि आर्थिक संकट, युद्धको बिकास र अन्य सबै प्रकारका समस्याको भार परिनैरहेको थियो। तापनि ती सम्पूर्ण समस्याहरुसँग लड्दै संगठितरुपमा संझौताहिन शंघर्ष गर्दै अगाडी बढ्नु मजदुरहरुको लागी अनिवार्य नै थियो। आफुहरुमाथि रहेका सबैखाले शोषण दमनका बिरुद्धको आन्दोलनलाई अझ चर्काउनु जरुरी थियो र यही बाट शुरु भएको हो ऐतिहासिक मई आन्दोलन।
सन् १८८० देखि मजदुरहरुले आन्दोलनको तिब्ररुपमा बिकास गर्दै गए। ती जतिपनि आन्दोलन भए त्यहाँ उनीहरुले आन्दोलनको मुख्य माग (नारा) “८ घण्टाको कार्यदिवस,” (८ घण्टा काम अर्थात ८ घण्टा काम, ८ घण्टा मनोरञ्जन र ८ घण्टा आराम) लाई बनाएका थिए। पछि गएर आन्दोलनलाई अझ चर्काउन र पुँजीपतिहरुको डटेर सामना गर्न केही सहज हुनेभएकाले बामपन्थीहरुको राम्रो प्रभाव भएको अमेरिकाको शिकागो शहरलाई आन्दोलनको मुख्य केन्द्रबिन्दु बनाए। त्यस्तै प्रकारले न्युयोर्क, वासिंगटन, वाल्टीमोर, मिलवाकी, सिमासिनारी, डिट्राइट र सेन्टुलुई आदि स्थानहरुका साथै अन्तराष्ट्रिय रुपमा आन्दोलनका तयारीहरु तिब्ररुपमा भए। मजदुरहरुको एकता र शक्ति प्रदर्शन हुदै गयो। यो ८ घण्टाको कार्यदिवसलाई संघर्षको मुख्य केन्द्रबिन्दु बनाएर १८८६ मई १ दिन देखि संघर्षलाइ अझ तेज बनाउने निर्णय भयो। यो त्याहाँको मजदुर संगठन र सेन्टर लेवर युनियन लगायतका संगठन ले गरेका थिए। त्यसलाई सफल बनाउन ८ घण्टा कार्यदिवसीय आन्दोलन कमिटिले मजदुरहरुको शक्ति तथा बिरोध प्रदर्शन गरेको थियो। त्यो प्रदर्शनमा २५००० मजदुरले भाग लिएका थिए। सन् १८८६ मई १ मा प्रथम अन्तराष्ट्रियको गठन भएको दिन पारी मईदिवस मनाउन एकतावद्ध भएका मजदुरहरुले शिकागो शहरका सम्पुर्ण कम्पनिहरुमा कामहरु ठप्प पार्दै प्रदर्शनमा उत्रिए जसको कारणले गर्दा एकातिर मजदुरहरुको संगनिक शक्ति र अर्को तर्फ पुँजीपतिहरुको सञ्जाल स्पष्ट दुई भागमा विभाजीत भयो र पुँजीपतिहरु पनि आफ्नो सम्पूर्ण शक्ति लगाएर मजदुर दमनमा उत्रिए। मजदुर नेताहरु मारेर आन्दोलनको घाटी निमोठ्न सकिन्छ, आन्दोलनको विसर्जन गराउन सकिन्छ भन्ने मान्यता लिएको पुँजीपतिहरुको सञ्जालले मजदुरहरुको त्यो प्रदर्शनलाई रगतको भेलमा परिणत ग-यो। तर आफना मागहरु पुरा गराउने उद्देश्यद्धारा आन्दोलित मजदुरहरुको आन्दोलन रोकिने अवस्था थिएन, निरन्तर अगाडी बढिरह्यो। मई १ को शान्तिपूर्ण प्रदर्शनमाथी गरिएको बरबर दमनका बिरुद्ध मजदुरहरुले मई ३ मा “मेनकार्मिक रिपाल” कारखनाबाट हड्ताल शुरु गरे र जुलुससहित बाहिर आई शान्तिपुर्ण सभामा परिणत भए। यसरी शान्तिपूर्ण सभा गरिरहेको अवस्थामा पुलिसले सभा माथि अन्धाधुन्ध हमला शुरु ग–यो, गोली बर्साउन थाल्यो। पुलिसको गोलीबाट ६ जना मजदुरहरु शहिद भए कैयौं घाइते हुन पुगे। यस घटनाबाट मजदुरहरु निकै आक्रोसित भए। त्यसको प्रतिवाद गर्न ४ मई का दि सिकागो शहरको “हे मार्केट”मा मजदुरहरुले बिशाल प्रदर्शन गरे। प्रदर्शन पछि सभामा परिणत भएको यो सभा शान्तिपुर्ण वातावरणमा सम्पन्न हुँदै थियो तर अन्तिम अवस्थामा पुगिरहेको बेला पुलिसले फेरी पनि यो सभामाथि आक्रमण ग–यो गोला बारुदको बर्षा ग-यो। यस पटक मजदुरहरुले आक्रमणको डटेर मुकाविला गर्दै जवाफी कारवाही गरिरहे। त्यो दिनको आन्दोलनमा पुलिसको गोलीबाट ४ जना मजदुर मारिएका थिए। प्रतिकृयावादी पुजीपति वर्गले आफ्नो खुनी अनुहार प्रश्तुत गर्दै दमन र गिरफ्तारी तीव्र बनायो र मजदुरका ४ नेताहरुः पार्सन, स्पाइस, फिसर र एङगेललाई मृत्युदण्ड दियो। भने कैयौं मजदुर नेनाहरुलाई जेलमा अमानबिय यातना दियो। गोर सोयाव र फिल्डेन्लाई सबैभन्दा लामो समयसम्म जेल सजाय दियो भने एक जना मजदुर नेतालाई जेलभित्र नै मारेको थियो। र यही दिन देखि नै मजदुरहरुले शहिदको रगतले रङ्गीएको रातो झण्डाको प्रयोग गर्न शुरु गरेका हुन्।
प्रतिकृयावादी पुजीपति वर्गले यसप्रकारका हिंसात्मक कृयाकलाप अमेरिकामा मात्र होइन, बिश्वभरकै पुजीपतिहरु तथा शासकहरुको चरित्रगत बिशेषता नै हो र त्यो चरित्र बिश्वमै प्रदर्शन हुन्छन् र भइरहेका छन्। तर यस्ता दमनका बिरुद्ध सचेत र संगठित श्रमजीवि शक्ति कहिल्यै झुक्न जानेको छैन, झुकेको इतिहास भेटिदैन। सन् १८८६ को मइ महिनाका यी घटनाले मजदुरहरुलाई लगातार श्रृंखलाबद्ध रुपमा आन्दोलनलाई आगाडि बढाउदै आफ्नो विजयको शिखरतिर पुग्ने प्रेरणा प्रदान गरिरहेको छ। तिनै आन्दोलनका स्पिरिट नै मजदुर वर्गको एतिहासिक प्रेरणाको दिन हुन्। सिकागो शहरमा भएको वीरतापुर्ण लडाइमा वीरगति प्राप्त गर्ने मजदुर नेताहरुले शाहदत प्राप्त गरेतापनि उनीहरुले देखाएको बाटो जीवित नै रह्यो। १८८६ मई १ देखिको एतिहासिक आन्दोलनमा दर्जनौ मरदुर नेतालाई गुमाए पनि अन्ततः पूँजीपतिहरु घुँडा टेक्न बाध्य भए र त्यही आन्दोलनको उपलब्धी नै अहिले सम्म हामीले उपभोग गर्न पाएका छौं। संसार भरका मजदुरहरुको आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन, आठ घण्टा आराम र हप्तामा एक दिन छुट्टी मिल्ने भएको त्यसैबाट भएको हो। यसरी १८६४ मा प्रथम अन्तराष्ट्रिय को स्थापना, १८६६ मा ८ घण्टा मागको समर्थन, १८८६ मा १ मई देखिको आन्दोलनमा कैयौं मजदुर नेताहरुको शहादत हूदै मजदुरहरुको वीरतापुर्ण प्रदर्शन र सम्झौताहीन संघर्षको कारणले गर्दा पुजीपति वर्गलाई १८–२०–२४ घण्टाको कामलाई घटाएर ८ घण्टाको कार्य दिवसको मागलाई स्वीकार्न बाध्य हुनुपरेको थियो। मजदुरहरुका जुझारु, संगठित आन्दोलन र उनीहरुका आन्दोलनका भावनाका अगाडि पुजीपति वर्गले घुडा टेक्नु सिवाय अर्को बिकल्प थिएन र हुँदैन पनि। त्यही आन्दोलनका कारणले गर्दा संसारका हरेक सरकारले ८ घण्टे कार्यदिवसलाई मान्न बाध्य हुनुपरेको थियो। यही आन्दोलनको स्प्रिट, यही आन्दोलनको भावना अनुसार हामी संसारका मजदुर आज पनि एकजुछ छौं आज पनि आन्दोलित छौं किनकि मजदुरहरुको शासन अझै आएको छैन खबरदार पूँतिपतिहरु हो भन्ने संदेश हो मई दिवस।
आज हाम्रो देशमा यही मजदुर दिवसको दिन पार्दै आफूलाई संसारकै सबैभन्दा क्रान्तिकारी भन्न रुचाउने, किषान मजदुरहरुको पार्टी भन्ने गरेको तथा पछिल्लो समयमा नेपालकै सबैभन्दा ठूला पार्टी भएको ए. माओबादीले त्यो मजदुर आन्दोलनको मर्मलाई कुण्ठित पार्दैछ। मई दिवस मनाउने भन्दै अनिश्चितकालिन नेपाल बन्दको घोषणा गरेको छ, दुःखि मजदुर किषानलाई झनै पीडा दिदैछ किनकि यो आन्दोलनको को मुख्य उद्देस्य माओबादीले सत्ताको नेतृत्व गर्न पाउनु हो। जुन हिसाबले संविधानसभाको ठूलो दलको हैसियतले सरकारको नेतृत्वको माग भएको छ, त्यही हिसाबले सबै पार्टीहरुलाई सहमत गराई आफूलाई समर्थन जुटाउनु पनि उसैको काम हो तर यसो गरिएको छैन। समस्याको समाधान तिर होइन अरु बल्झाउन तल्लिन छ यो आन्दोलन एकातिर भने अर्को तिर यो माओबादीको आन्दोलनमा प्रदर्शन गरिने व्यानरमा माथि उल्लेख गरिएको माहान वाक्यांश “संसारका मजदुर एक हौ” नै हुनेछ तर ए. माओबादीले नेपालका मजदुरहरुलाई जाती-जाती मा विभाजन गराऔं भन्ने नारा लगाई रहेको छ भने अर्को ठूलो दल एमाले ले जाती-जातीमा मात्र होइन नेपालमा मजदुर हरुलाई क्षेत्र-क्षेत्रमा विभाजन गराऔ भनी मजदुर दिवस मनाउँदै छ। मजदुर दिवस कुनै छुट्टै समुहको लाभलाई हेरेर, केवल आर्थिक मागलाई मात्र हेरेर नभई राजनीतिक मागको दिवस हो। छोटा–छोटा उपलव्धिको मात्र नभई शोषण मुलक पुजीवादी व्यवस्थाको अन्त्य र यो संसार भरमा वर्गविहीन समाजको स्थापनाको महान यात्रामा अगाडि बढ्नको लागि हो। जसलाई उच्च मनोवलका साथ अनुशरण गर्दै मई दिवसको सर्थकता सिद्ध गर्नको लागी नेपालका मजुरहरुलाई जाती-जातीमा क्षेत्र-क्षेत्रमा विभाजन गर्नको लागी आफू-आफूमा भिडाएर सरकारमा बसेर रमिता हेर्नको लागी होइन संसारका मजदुर एक वनाउन, वर्गिय लडाईमा सहयोग र समर्थन जुटाउनको लागी मनाऔं १२१ औं मई दिवस।


हामी मजदुर वर्ग हौं कहीं कतै गर्दैनौं दुश्कर्म क्यै।

संसारै भर वर्ग यो कही कतै फुट्दैन जुट्छौं सबै।।

त्यसमा जाल रचेर दुष्टहरूले गर्छन सदा मोजले।

हाम्रो खुन पिएर दुर्जनहरू कुर्लन्छ त्यै सुरले।।

हाम्रै हुन ढुकुटी यो विश्व बीचका हाम्रो सबै पौरख।

पोखी मात्र बने यी धर्ती भरका सम्पूर्ण यी वैभव।।

जसमा भव्य हिरा र मोतिहरूका खम्बा जडी सुन्दर।

सुनका सिक्री भुलाई बन्दछ सदा आनन्दको मन्दिर।।

त्यसमा लागि दिने सहस्र गतिका सम्पत्तिका रासको।

खानी हामीहरू सबै त धुकुटी सम्पूर्ण हाम्रै त हो।।

हिरा सुन र सीप साथ श्रम त्यो सम्पूर्ण हाम्रै रह्यो।

आफ्नै बास भए विछट्ट झोपडी बस्नै नहुनेछ त्यो।।

खोज्छौं हामीहरू फोरेर पहरा सुनका ति खानीहरू।

झिक्छौं रत्न अनेक ति थरीथरी हिरा र मोतीहरू।।

तिनको मोल गरिदिन्छ दुष्टहरूले दुई छाक खाना पनि।

मुस्किलले पुगि जान्छ सब विभव त्यो लिइन्छ लुटे सरी।।

धनको धाक दिएर दुष्टहरुले खाइसके हाम्रो जीवन।

हाम्रो खुन पिएर मात्र खुशीले मोटाउँदछन् ती जन।।

यस्तो यो अति नै भयो अझ पनि सहेर पो के गरौं।

छाड्ने छैन अवश्य जित्छ दुनियाँ सामन्तको लौ अब लडौं।

Saturday, May 15, 2010

विन्दी मेरो देश नवेचिदेउ

विन्ति नेताहरु मेरो देशलाई नवेचिदेउ
इण्डिया र चाइना तिर देशलाई नजाकिदेउ
सक्छौं भने वरु सहमति र सहकार्य गरीदेउ
नसके राजनीतिवाट सन्यासको घोषणा गरीदेउ
खाना खान नपाएकाको लागि खाने व्यवस्था गरिदेऊ
तिनको सम्मानको लागि भए पनि ५ तारेमा वैंठक नगरिदेउ
दक्षिणतिर देशको सिमा मिचेको हेरेर नवसिदेउ
सत्ताको लागि आन्दोलन हैन देश वचाउने आन्दोलन गरिदेउ
विदेशीलाई नेपालको आन्तरीक मामिलामा नाच्ने प्रवृत्तिको अन्य गरिदेउ
विन्दी नेताहरु मेरो देश नवेचिदेउ ।

फेसबुके कार्टुनिष्ट का कुरा

ब्यङ्ग्य समाजको एउटा अभिन्न पाटो हो। समाजका बिकृती बिरुद्ध आबाज उठाउने मात्र नभइ त्यसको मार्गनिर्देश गर्ने काम ब्यङ्ग्यको हो। त्यसैले ब्यङ्ग्य को आफ्नै महत्व छ। तर ब्यङ्ग्य को आफ्नै मुल्य र मान्यता पनि रहन्छ। ब्यङ्ग्य सस्तो मनोरञ्जन नभइ गहन अर्थ बोक्ने ससक्त हतियार बन्नु पर्छ। ब्यङ्ग्य पढ्ने ब्यक्ती मात्र नभइ ब्यङ्ग्य को निसाना बनेको ब्यक्ती लाइ समेत पाच्य तथा सन्देश ग्रहण योग्य बन्नु पर्छ।
तर हिँजो आज सामाजिक सञ्जाल हरुमा असाध्यै गैरजिम्मेबार तरिकाले कार्टुन बनाउने प्रबृती बढेको छ। फोटोसप जानेकै भरमा जनावरको सरिरमा मन नपरेका नेताको टाउको जोडेर या नेताको आपत्तीजनक तस्बिर बनाएर आफुलाइ असाध्यै महान कार्टुनिष्ट भएको बखान छाँट्नेको संख्या मनग्य रुपमा बढेको छ। यो प्रबृतीको सिकार लगभग सबै नेताहरु बनेका छन।
कार्टुन बनाउँदा या ब्यङ्ग्य प्रस्तुत गर्दा सम्बन्धित ब्यक्तीका केहि काम(समाज सँग सम्बन्धीत) को बारेमा र त्यसले समाज मा पार्ने असरको बारेमा र त्यसको बारेमा सम्बन्धित ब्यक्तिले ब्यक्त गरेको धारणा लाइ मजाक को रुपमा प्रस्तुत गरिन्छ। सम्बन्धित ब्यक्तिको भनाइ र गराइमा देखिएका फरक बाहेक ब्यक्तिगत सन्दर्भ कार्टुन को बिषय बन्नु जायज हुन सक्दैन। ब्यक्तिगत कुरा मा पनि हचुवाको भरमा कार्टुन बनाउनु गलत कार्य हो। तर हाम्रा फेसबुके कार्टुनिष्ट ले त कार्टुनमै दुइजनाको नाजायज सम्बन्ध भएको सम्म देखाइसके। यो भन्दा तल्लो स्तरको हर्कत के हुन सक्छ?
कतिपय काम यस्ता हुन्छन जसले क्षणिक मनोरञ्जन त दिन्छन तर त्यसको सार पक्ष त्यती मिठो हुँदैन। बाटोमा बसेर केटी जिस्काउँने, आफ्नो गल्तिमा समेत चर्को बोलेर आफु नै सही देखाउने जस्ता कार्य देख्दा उत्कृष्ट देखिए पनि आफु नै त्यसको मारमा परेपछी त्यसको बास्तबिक पिडा थाहा हुन्छ। त्यस्तै ब्यङ्ग्य पनी हचुवाको तालले गर्दा त्यस्तै खालको निम्न स्तरिय बन्छ। कल्पना गर्नोस त तपाइँको टाउको कुकुरको सरिरमा जोडेर प्रकासित गरे के होला? कुरा त्यती हो। तपाइँको कामलाइ मजाक गरेर भन्दा एकछिन उडाए जस्तो मात्र अनुभुती हुने तर कुकुर बनाउँदा पिडा हुने सबैको बानी हो।
फोटोसप चलाउँदैमा कोहि पनि कार्टुनिष्ट हुँदैन। कार्टुनिष्ट बन्न त्यहि प्रकारको क्षमता चाहिन्छ। कतिपय कार्टुनिष्ट का कार्टुन हेरेर कार्टुनिष्ट सँग सम्बन्धित ब्यक्तीले भेटेका कुरा पटक पटक आइरहन्छन। त्यो नै कार्टुनिष्ट को पहिचान हो। र बाँकी फेसबुके कार्टुनिष्ट का कार्टुन क्षणिक हाँसउठ्दा देखिए पनि सारमा पिडादायी नै हुन्छन

Monday, May 10, 2010

सडक र अटालियाहरु

इतिहासले कोल्टे फेर्नलाग्दा कतिलाई गिज्याउदै यो अगाडि बढदो छ भने संगिन मोडहरुमा यथास्थिति तोडेर अगाडि बढन ०७, ०३६,०४६ र ०६२,६३का सडकका आवाजको हेक्का राख्न सबैलाई सम्झाईरहेको पनि छ । भारतमा उपनिवेशकाल थियो । अग्रेज थिए गान्धी थिए । त्यो समाजवादको दुन्दुभी बजिरहेको बेला थियो । भगत सिह र सुभास चन्द बोसलाई सन्र्दभहीन बनाउनु थियो । महात्मा गान्धी अहिले सान्र्दभिक छन कि छैनन् भनेर शान्तिपूर्ण आन्दोलनले गरेकेा पर्दशनलाई सरकारी छम्द प्रतिकारले परिस्थितिलाई जति उत्तेजक बनाउदै जाँदो छ सयंमको बाधँ कहिलेसम्म टिक्ने हो भनेर आर्दशवादीहरुलाई आग्रहहीन बहसगर्ने शिर्षक दिएको छ । अघोषित उपनिवेसबादप्रति राजनीतिका सरोकार राख्नेलाई विर्मशको विषय थपिदिएको छ ।
समयको वेगसगैं हरेक जनलाई जेजस्तो तरिकामा भए र गरेपनि भूमिकामै उतारिदिँदो रहेछ । भलै त्यो कसैले स्वीकारोस् वा नस्वीकारोस् । कित्तावन्दीमा कोही अग्रगमनको पक्षमा कोही पस्चगमनको मतियार । क्रुर इतिहास कसैलाईपनि मौन बसेर रमिते बन्न दिँदो रहेनछ । हाम्रै जिन्दगीका ५दशकमा पैदा भएका सोच व्यक्ति पात्र र प्रबृतिको अहिले उत्खनन गर्ने हो र उनिहरुको भूमिका नियाल्ने हो भने कयौँ रोचक तथ्यहरु अहिले देखा पर्नेछन । आग्रहले सताँईदा मानिस आफैलाई मुर्दावाद भनेको समेत हेक्कै राख्दो पो रहेन छ । छम्दभेषमा रहेका र आवरणमा ढाकिएकाहरुपनि अनेकौ माचवाट अहिले काठमाण्डु लगायत देशैभरी क्रमसः आआफना कित्तावन्दी तिर ढल्कदैछन । अर्कातर्फ सूचना कूसूचना भ्रमित र प्रायोजीत सूचनाहरु सतहमा छरपष्ट भएर टकराई रहेका पनि छन । कोठामा बसेर मिडियाबाटै धारणा बनाउनेहरुपनि सडकपेटीमा उभिएरै भए पनि नयाँ तौर तरिकाले धारणा बनाउदै छन । नापेर तौलेर सुत्र मै टेकेर नभै आन्दोलन आन्दोलनमय नै भएको छ । सबैजसो सक्कली अनुहारमै देखिएका छन देखिँदैछन । देश दुनियाले काठमाण्डु हेरिहेको छ । विदेशी मिडिया आफनै आखाँले नियाल्न ओईरो लागेका छन । सिण्डिकेटको एकछत्र हैकम टुटेको छ । इमेल र फेशबुकहरु अनेकौ विचार र आग्रहले टन्न भरिएकाछन । कयौं आग्रहहरुले मर्यादाका सिमाना समेत नाघेका छन । इन्टरनेट खोल्ने बित्तिकै देश-देशान्तरबाट जिज्ञाशाका बाढी नै लाग्छन । सामाजिक साजालपनि आन्दोलनको अर्काे आर्क र टे्राच बनेको छ । कयौंँ सन्र्दभमा विस्वासमा वाच्नु र व्यबसाय धान्नुपर्नेहरुको औकात र आग्रह घालमेल भएर छरपष्ट भईदिदाँ उनिहरुको नैतिक पुँजीसमेत स्खलित भएका समेत देखिन्छ । सडकको तागत आशा अपेक्षा सपना र प्रतिबद्धतामा सहभागी भएर फर्कनै लाग्दा गत मगंलवार ढल्कदाँे साझँमा १५ मिनट भित्रैमा तिनओटा मोबायल सन्देश आयो । देशका भिन्न क्षेत्र र भिन्न पृष्टभूमिका सत्ताधारी पार्टीका जिम्बेवार मानिसका ती यसयमयस थिए । व्यक्तिगत सम्बन्ध राम्रै भएकाले गर्दा एकआपसका नम्बरहरु हुनु स्वभाविकै हुन्थ्यो । त्यस्मा बुधवार विहानैदेखी माओवादी विरुद्ध सशक्त प्रतिकारको आव्हान गरिएको थियो । सूचनाशक्तिको विकास भएको यति छोटो समयमा भिन्न क्षेत्रबाट एउटै सन्देश आउनमा अर्काे दिनको अनिष्ट सरकारले निम्त्याएको सिभिल वारतर्फ देशलाई धकेलिरहेको सहजै अनुमान गर्न सकिन्थ्यो भने साधनको प्रयोगको अज्ञानताका कारण सबैलाई पठाइर्ँदा ती पक्तिंकारलाईपनि झुक्किदै आएका हुनसक्थे । बुधवार भक्तपुरवाट युथफोस्रका ूवहादुरू र ूइमान्दारू नेतुत्वले लुकेर हवाईफायर गर्दै त्यस्को श्रिगणेश गरॆ । अहिले सत्ता छम्दयूद्ध साचालन गर्दै छ भने माओवादी वर्षैा देखी थातीमा रहेका मुद्धाको सबैधानिक व्यबस्थापन गर्न सर्घषरत छ । यथास्थितिको रक्षा गर्न अग्रपक्तींमा आफना कार्यकर्ता र पृष्टभागमा सुरक्षा सयन्त्र मार्फत उत्तेजना फैलाउने योजना बुनेको छ । त्यस्को रक्षाको लागी पाचायतदेखीकै पुरानै थोत्रा र भूत्ते तरिका नै अपनाउदैछ । विषयलाई अन्यन्त्र मोडने कोसिसमा इमान्दार कार्यकर्ता र समस्या झेलिरहेका तर कारण खुट्याउन भने नसकिरहेका जनतामा आवेग भर्दै छ । साचालनको निमित्तकेन्द्र वालुवाटार बनेतापनि पात्र र प्रबृतिमा २१सौ सदीका सुगौली सन्धीपछाडिका गजराज मिश्र र चन्द्रशेखर उपाध्यायहरुहरु भिन्नभिन्न रुप र रगंमा सतहमा देखिईरहेका छन । त्यो सिण्डिकेटले अनेकौ लोकपृय आवरणमा जनशक्ति परिचालन गरिरहेको छ । भ्रम र भयको राजनीति फैलाईने प्रयास गरिदैछन । त्यस्का आधार खोजिँदै र महिमा गाउँदैछन ।
सडक र अट्ालिकाहरुमा समाज र सोच बाडिँदै छ । कोही रमिते र तमासे कोही सडकमा भूमिकामा । सनातनमा बाँचेको सहरमा अहिले गाँउ पसेको छ । सहरिया ठालुहरुको कर्म र कुकर्म दुरदराजको वास्तविक नेपालले असमानताका कारणहरु चिहाईरहेकोमात्र छैन आखाँ भएका धृतराष्टहरुलाई साक्षात हेरिरहेको पनि छ । त्यो नै आन्दोलनको शक्तिमा फेरिँदैछ । कति निर्दयी छन कस्तो पाखण्डमा पनि बाच्न सक्दा रहेछन र कति झूट र फरेव यिनिहरुको जीवन रहेछ भनेर खाली खुट्े आन्दोलनकारीले यो समाचार गाँउमा लगिरहेका छन । पाखण्डीहरुको पाखण्डमा फिस्स हासिँदिईरहेका छन । यि सबै कुरा सेकुवा हसु्रन चाहाँने तर रगत देख्न नचाँहने आर्दशवादीहरुको छट्टुपन नबुझने कुरै भएन । सहरमा काठमाण्डु र क्याटम्याण्डु पनि छ । अर्काले आन्दोलन गर्छ त्याग वलिदान गर्छ भूमिका निभाउँछ र नयाँ कुरा ल्याएपछि पहिलो हकदावी गर्दछ -आपुूलाई सभ्रान्त ठालु र शिक्षित भन्ने क्याटम्याण्डुले । अर्काेतर्फ सपना सजाएर भूमिकामा उत्रने काठमाण्डु छ जस्ले गाँउ सुनेको छ । दुख बुझेको छ । गाउँवाटै सहर पसेर अझै आत्मा बचाएकाहरु पनि छन र सहर पसेर गाउँ बिसर्िनेहरुको चतुर्याँईपनि नजिकबाट गमिराखेका छन । आन्दोलनको अर्काे उर्जा उनिहरु विरुद्धको आक्रोस उछित्तो खन्दै । ति साईँदुवाहरुको सहरिया छट्टु कथा बन्दै गाउँमा फैलिदैछन । गाँउ अहिले परिवर्तनमा अगुवा बनेको छ । सामान्य छ तर दिमागलाई सोच्न लगाँउछ र उत्रन्छ -भूमिकामा । त्यसैले काठमाण्डु क्याटम्याण्डुलाई घृणा गर्छ । त्यही सन्देश अहिले सुदुरवस्तीमा क्रमशः पुग्दैछन । जेजस्तो भनिए पनि सरकारी कुरा देश र दुनियाले नपत्याउने भैसक्यो । विस्वस्नियतामा वाच्न पर्ने बजार मिडियाका वास्तबिकताका कुरापनि अव गाँउवस्ती र देहातमा सक्कली अनुहारमै पुग्ने भए । माओवादी नत उपभोक्ता नत बिज्ञापनदाता सोच्दा एउटा ठुलोहिस्सामा अविस्वास पैदा हुने भयो । टार्जेटेड ग्रुपमा नपर्ने भएकाले नत उनिहरु सन्र्दभ सामाग्री बन्थे नत सन्दर्भश्रोत । बनेभने पनि उनिहरुकै हुर्मत काढन मात्र । आन्दोलनले यस्तोमोड पनि पैदा गरिदिएको छ जस्लाई बेवास्ता गर्न कसैकोपनि बुताभित्र पर्दैन । भलै अशंलाई उचालेर समग्रमा प्रहार किन नहोस् ! माओवादी नेतृत्वको जनआन्दोलनले हिशांत्मक अराजक भनेर भयावह गराउने भन्ने मनोयूद्धको व्यबहारबाटै उस्ाले जवाफ दिईसकेको छ । जनताको दैनिकीसगं नजोडिएको बौद्धिकताको हविगतपनि छर्लगिएका छन । विषयको अशंलाई उरालेर समग्रलाई कटाईदिदै आफना आग्रह पुष्टिगर्नहरुको चतुरेपनपनि घटनाले दिने एउटै जवाफ बनेको छ । आन्दोलन शान्ति र सबिधानविरुद्धको षडयन्त्रको बिपक्षमा हो । तर त्यसलाई अन्यन्त्र मोडने चेष्टाले आन्दोलन सरकारको नेतृत्वको लागीमात्र हो भन्ने प्रचारयूद्ध थालिएको छ । अग्रगमनको बाधकशक्ति माधब सरकार हो । तर अपजसको भारी सबै एमालेलाई उपलब्धी र श्रेयको अशं आपुूलाई सोच्ने कुलिनहरु यथास्थितिका पक्षधर कांग्रेस र पुराना पाचहरुको जाल भन्ने कुरा छिपाउने प्रयत्न अहिले गरिँदै छ । लोकतन्त्रवादीहरुलाई भ्रममा अल्मल्याउने खेल पनि त्यतिकै चालु छन । त्यसैले सत्ताको लोहरीमा गित गाउनेहरुको पनि निस्पक्षता र व्यबसायिकता देखिईसक्यो । वसन्तमा काग कोईली छुट्एिझँै आआफना भूमिका सबैले तय गर्नै सुरसार कसी सके । कयौंले आफैंले वनाएका इतिहास आस्थामाथीको आग्रहको रजाईले गर्दा गर्लम्म ढलिरहेको साक्षीबन्दै गए । यस्ाकॊ सन्देश गाँवस्तीमा के जाने हो भनेर हेक्का राख्न भने भ्याएनन राखेनन ।
उत्तेजना फैलाउनु भ्रम तयार गर्नु आवेग भर्नु यूगान्तकारी घटनाको मर्मको ओजन घटाएर सरकार बनाउने र भत्काउने खेलमात्रै भनेर प्रचार गर्दै आत्मरतिमा रमाउने काम क्याटम्याण्डुले गर्देै छ । तर हरेक घटनाले दिने सन्देश नै झुट र षडयन्त्रका धज्जी उडाईरहेका छन । विवेकशीलहरुले आफना दिल दिमाग र भूमिका पनि विकशित घटनाक्रम अनुसार फेरिई पनि रहेका छन भने कार्यकर्तालाई कारिन्दा सोच्नेहरु आफना गुरुयोजना भत्किरहेको हेर्न वाध्य हुदैछन ।
अहिले काठमाण्डुसगं क्याटम्याण्डु सोचमा भूमिकामा र अग्रगमन यथास्थिति पस्चगमनका विचमामात्रै हैन नयाँ र पुराना सोच्ने र गर्ने तौर तरिकामा समेत भिषण टकराहट भैरहेको छ । जहिलेपनि आग्रह अग्रगमनको पक्षधर नभए झै केही ूभद्र आर्दशवादीहरुूपरिवर्तनको यो सुनामी अझै देख्न नसकेर रनभूल्लमा परेकाछन भने अहिले गाँउ र सुदुरवस्ती नेपाली राजनीतिको केन्द्रिय हिस्सा बनेको छ ।
annapurn post baishakf 25,वैशाख २४ कोटेस्वर काठमाण्डु

मलाई नागरिक हुनुको चाह छैन

- अमृत खरेल 'शब्द'
ओठ खोल्यो भने
सत्य बोल्यो भने
यो देशमा
माओवादी भइन्छ,
साथी तिमी
सत्य बोल्छौ कि बोल्दैनौं
मलाई थाहा छैन
तर म सत्य बोल्ने
चेष्टा गरिरहन्छु ।


ठगेर लुटेर चुसेर
जसरी भएपनि
रेष्टुरेन्टमा डर्कान
सकिएन भने
यो देशमा
माओवादी भइन्छ
साथी तिमी सकिनसकी
रेष्टुरेन्ट धाइरहन्छौ कि धाउँदैनौं
मलाई मतलब छैन
तर म एक छाकमै
भोक टारेर भएपनि
दुईचार दिन
धर्मभीरुहरुको शब्दमा 'व्रत'
बसेरै भएपनि
एकै शब्द मात्र किन नहोस्
सत्य बोलिरहन्छु ।


धुस्राफुस्राहरुको चिच्याहट
अन्तर्मनको आवाज
नाराबाजी सुनेर
घरभित्रै लुक्न सकेन भने
ठूलाबडा हाकिम साबु मन्त्री र डोनरसामु
झुक्न सकेन भने
आवा चिठी टेलिफोन त परै जाओस्
दिल्ली र वासिङटनको मिसकल पाउनेबित्तिकै
भोकानांगाहरु विरुद्ध
दुई चारवटा भ्रम फुक्न सकेन भने
यो देशमा माओवादी भइन्छ,
साथी तिमी बेला अनुसार लुक्न झुक्न
र भ्रमहरु फुक्न
तयार छौ कि छैनौं
मलाई थाहा छैन
तर मेरो गर्दनमा ब्याट्रीबाट बोल्ने
गुडियाको जस्तो स्प्रिङ छैन
इशाराको भरमा झुक्न
मैले सिकेको छैन
लुकामारी खेल्न मालिकका अगाडि देखा पर्न
जनता देख्ता दूला पस्न
मैले जानेको छैन
जनतामाथि संगीन उध्याउनेहरुलाई शान्तिरक्षक देख्ने
चश्मा मैले लगाएको छैन
सोझासाझाविरुद्ध विष फुक्न मैले जानेको छैन ।


भित्री जतिसुकै कालो भएपनि
बाहिर सफेद पहिरनमा सजिएर
सेता चहकिला दाँत देखाएर
हास्य रसमा गाला च्यातेर
हाँस्न जानेन भने
आफ्नै आँगनमा तारबार जेलेर छिमेकीका पहरेदारहरुले
सुइँकुच्चा ठोक्न दिएको उर्दी मानेन भने
जतिसुकै नेपाली पढ, मैथिली पढ, नेपाल भाषा पढ,
भोजपुरीमा जतिसुकै गीत गाऊ, तामाङ सेलोमा जतिसुकै नाच तर
हिन्दी जानेन भने
यो देशमा माओवादी भइन्छ,
साथी तिमीले बलिउडका तानाबाना
केबुल टिभीका सिरियलबाटै किन नहोस्
हिन्दी सिक्यौ कि सिकेनौ
मलाई चासो छैन,
म बरु सांकेतिक भाषा सिकौंला
ब्रेल लिपिबाटै काम चलाउला
तर भो मलाई हिन्दी चाहिएको छैन ।


गोडामा खिल बिझेको छ भने
हातमा ठेला उठेको छ भने
निधारमा नाम्लोको डाम बसेको छ भने
कमिजका कलरमा पसिनाले मयल परेको छ भने
एक पाउ दालमोठमा
तीन पाउ चिउरा मिसाएर मुक्याउने गरेको छ भने
यो देशमा माओवादी भइन्छ,
बोल्दा दुईचार अंग्रेजी झोक्का मिसाउन जानेन भने
गम खाँदै निधारमा चश्मा सिउरेर सिलिङतिर हेर्दै
भूँइफुट्टा दुई चार दर्शन छाँट्न जानेन भने
बुद्धिकै भरमा जिउने नाममा डलर साट्न मानेन भनॆ
यो देशमा अनागरिक भइन्छ,
साथी तिम्रो के छ विचार
मलाई भन्नपर्दैन,
सडकभरि बाटोभरि फुटपाथभरि,
डाँडा पाखाभरि गाउँभरि शहरभरि,
अनि देशैभरि
आफूजस्तै तीन करोड अनागरिक देखेर
मलाई नागरिक हुनुको चाह छैन,
तिमीहरुले भन्ने गरेका माओवादी देखेर
मलाई गर्व छ,
भो मलाई तिमी जस्तो हुनु परेको छैन ।

२०६७/०१/२६
काठमाडौं ।

ए जुन

ए जुन ! ए जुन !
तेरो जुँनेलीमा
कदम डग्मगाई
म आफ्नै शहरमा
म आफ्नै डगरमा
पराई भएछु
ए जुन ! ए जुन !

हिजो मस्की मस्की
उनी साथ हुन्थिन्
तेरै जुँनेलीमा
कैयौं स्वप्ना बुन्थिन्
तर आज एक्लो
भएँ म सफरमा
ए जुन ! ए जुन !

थिए चाह थुप्रै
रहरका खजाना
सँगै ज्युँने मर्ने
कसमका मूहान
तर निर्मोहीले
सबै बिर्सिन् आज
ए जुन ! ए जुन !

हिजोका ती प्यारा
मृदु पल ती सारा
जति बिर्सुं भन्छु
सवै याद आँउछन्
निन्द्रा वा जागा
हर पल सताँउछन्
ए जुन ! ए जुन !

हिजो यै जुँनेली
कति प्यारो लाग्थ्यो
हिजो यै जीवनमा
कति आस जाग्थ्यो
तर आज कालो
जगतै अँध्यारो
तेरै जुनेलीले
पनि पोल्न थाल्यो ।

ए जुन ! ए जुन !
तेरो जुँनेलीमा
कदम डग्मगाई
म आफ्नै शहरमा
म आफ्नै डगरमा
पराई भएछु
ए जुन ! ए जुन !

Sunday, May 9, 2010

प्रचण्डलाई कार्यकर्ताको खुलापत्र

अध्यक्ष कमरेड,

छ दिन काठमाण्डुका सडकमा उफ्रिएपछि हल्का ज्वरो र रुघाखोकी बोकेर घर फर्किँदैछु। यतिबेला म चढेको बस त्रिशुली किनारै किनार गुडिरहेको छ र म तुहाइएको क्रान्तिको मलामी फर्किएको जस्तो अनुभव गरिरहेको छु। बसको घच्याकघुचुकमा म जे लेखिरहेको छु, त्यसलाई घर फर्केपछि त्यति काँटछाँट नगरी सन्चारमाध्यमहरुमा पठाउनेछु। किनभने घर पुगिसक्दा मनको आवेग केही चिसिइसकेको हुनसक्छ।

पार्टीले हडताल फिर्ता लिएपछि काठमाण्डुमा भएका हाम्रै पार्टीका पत्रकारले फेसबुकमा यस्तो लेखेछन् ‘जनविद्रोहको रिहर्सल सकियो, अव वास्तविकको तयारी’। उनी पार्टीको नीतिगत तहमा पहुँच भएका मान्छे हुन् जस्तो लाग्दैन, तर तपाईँहरुको कुरा पनि अब यही होला भन्ने अनुमान गर्न मलाई गाह्रो पर्दैन। कमरेड प्रचण्ड,

यो धोखा हो। क्रान्तिको नाममा पटक-पटक जनतालाई सडकमा उतार्ने र तिनका आँखामा खरानी छ्यापेर उही घर फर्काउनु समग्र विश्व कम्युनिष्ट आन्दोलन र जनता माथिको धोखा हो। हामीलाई भोकै र नांगा खुट्टा काठमाण्डुका सडकमा दुई चारदिन उफारेर पार्टीले उल्टो प्रतिक्रान्तिहरुलाई खितित्त हाँस्ने बनाइदिएको छ। मसँग अब जिल्ला फर्केर अहिलेका हाम्रा मूल शत्रु मानिएका एमाले/कांग्रेससँग आन्दोलनको धाक लगाउन सक्ने अवस्था रहेन। ६ दिन अघिसम्मका सर्वत्र विजेता हामीलाई पार्टीले पराजित गराइदिएको छ।

हामी सायद आफूभित्रको सैद्धान्तिक संक्रमणकालीन अवस्थाले गन्हाउँदै जान थालेका छौँ। सशस्त्र युद्धको बेलामा लक्ष्य प्राप्तिका लागि कहिलेकाहीँ प्रतिक्रान्तिकारीलाई र कुनै वर्ग शत्रुलाई पनि साथमा लिएर अर्को दुश्मन माथि हमला गर्नुपर्छ भन्ने सिकेको पार्टी नेतृत्वले खुला राजनीतिमा त्यही रणनीति सफल हुँदैन भन्ने कुरा बुझ्नुपर्ने हो। प्रतिक्रान्तिकारी, सामन्तवादी र विस्तारवादीको सामु घुँडा टेकेर पाएको कुर्सीले वास्तविक सत्ताको अधिकार दिँदैन भन्ने कुरा तपाईँलाई थाहा हुनुपर्ने हो। देशभित्र यथास्थितिवादी र प्रतिक्रियावादीहरुसँग गठबन्धन गर्ने र देश बाहिर साम्राज्यवादी/विस्तारवादीलाई फकाएर भए पनि सत्तामै चढ्न खोज्ने हो भने भोलिदेखि एमालेलाई खिसी गर्दै क्रान्तिको धाक धम्की देखाउन नैतिकताले दिँदैन।

कमरेड प्रचण्ड,
विश्वमा कतै पनि हुने कम्युनिष्ट जनविद्रोहलाई अन्तर्राष्ट्रिय समुदाय, खासगरी अमेरिका, भारत लगायतका देशहरुले हात फैलाएर स्वागत गर्ने छैनन्। चाहे जुनसुकै बहाना र तरिकामा गरिएका विद्रोह हुन्, त्यसरी सत्ता कब्जा गर्नेहरुले अन्तर्राष्ट्रिय नाकाबन्दीको सामना गर्नेछन् र तिनलाई असफल पार्न देशभित्रै र बाहिरबाट हुने असंख्य प्रहारहरुको सामना गर्नुपर्छ। तपाईहरुले यो कुरा नबुझेको त पक्कै होइन तर ब्यवहारले के देखाएको छ भने तपाईँहरु सडकमा जनता उतारेर (सायद आवश्यक परे हतियारसहित) सत्ता कब्जा गर्दा देशभित्र र बाहिर त्यसलाई महान शान्तिपूर्ण भन्दै स्वागत र अभिनन्दन गरिनेछ भन्ने सोचिरहनुभएको छ। मैले आज बुझेको महान यथार्थ यही हो, तपाईहरु हाम्रा वर्गशत्रुहरुको सामना गर्न डराइरहनुभएको छ। बाह्र बर्ष भन्दा बढी सशस्त्र युद्ध गर्दा कहिल्यै नडराएको हाम्रो पार्टी नेतृत्व अहिले चरा मुसाहरुसँग डराएको छ। मैले बुझेको छु, यो सत्ताको र शक्तिको लोभले तपाईँहरुमा पलाएको त्रास हो। यदि यही त्रास तपाईँहरुमा कायम रहन्छ भने हाम्रो नेतृत्व गर्न अब उप्रान्त तपाईहरु अक्षम हुनुभएको छ। हामी क्रान्तिको लागि तत्कालै बलिदान दिन तयार छौँ र त्यसैको लागि तपाईहरुको नेतृत्वको अपेक्षा गर्दछौँ। यदि तपाईहरु सक्नुहुन्न भने या त नेतृत्व सही हातमा सुम्पिनुहोस् नत्र हामीलाई यो पार्टीबाट आधिकारिक रुपमा मुक्त गर्नुहोस्, म दहीचिउरे पार्टीमा बसेर आफ्नो नेतृत्वले प्रतिक्रियावादीहरुको अगाडि दाँत ङिच्च पारेको हेर्न सक्दिन।

कमरेड प्रचण्ड,

मे १ मा काठमाण्डु ल्याइएका अधिकांश जनतालाई क्रान्तिको सपना देखाइएको थियो र तपाईँका ठेट कार्यकर्तालाई पर्‍यो भने बलिदानका लागि तयार हुन भनिएको थियो। ती जनता र कार्यकर्ता तपाईँप्रति रित्तो धारे हात फर्काउँदै फर्किएका छन् र तपाई आफ्नो लागि खनिएको खाल्डोलाई बिस्तारै गहिर्‍याउँदै हुनुहुन्छ। सिधै जनविद्रोहमा जानुपर्छ भनेर धम्क्याउने पार्टीका हार्डलाइनर र एक दशक अघिको एमाले पथबाट पतन नभई जनगणतन्त्रमा जानुपर्छ भन्ने सफ्टलाइनरको माझमा पार्टीको बाटो कुन हो भन्ने कुरा भन्न सक्नुहुन्न भने अलि दिन जनताको अगाडि नगएकै राम्रो होला। क्रान्तिको सपना देखाएर काठमाण्डुमा उतारिएका जनतालाई तपाईँले भारतसँग ब्ल्याकमेलिङ गर्न प्रयोग गर्नुभयो। तपाईको लक्ष्य क्रान्ति थिएन भन्ने कुरा आन्दोलनको पहिलो दिनका गानाबजानाले पुष्टि भइसकेको थियो, तैपनि आन्दोलनबाट यसै फिर्ता हुँदैनौ भन्ने तपाईँहरुका अभिव्यक्तिले अलिअलि आशा जगाइरहेकै थियो। बाहिर सुनिएका हल्लाहरुले भन्छन्, पार्टीले हडताल फिर्ता लिने र अहिलेका प्रधानमन्त्रीले दुई चार दिनमा राजीनामा दिने भन्ने गोप्य सहमति भएको छ भन्ने। तर मलाई मेरा पार्टी अध्यक्षको नेतृत्वमा गठन हुने सत्ताको भन्दा बढी चासो हाम्रा अर्का नेता राम कार्कीले नयाँ दिल्लीबाट के ल्याउनुभएको छ भन्ने कुरामा लागेको छ। हिजोसम्म हामीले उछित्तो काढेका तिनै प्रभुको निगाहबाट मेरा पार्टीका अध्यक्ष कुर्सीमा चढेको मेरा लागि सह्य हुनेछैन।

फेरि कार्यकर्ताकै माझ आउनुअघि म पार्टीको आधिकारिक धारणा के हो भन्ने कुरा विश्वासिलो ढंगले बुझ्न चाहन्छु। जनविद्रोह वा कुनै पनि स्वरुपको संसदीय पथ। हामी जनबिद्रोहका लागि लडेका हौँ, तैपनि पार्टीले संसदीय पथ स्वीकार्छ भने पनि हामी आफ्नो बाटोमा लाग्नेछौँ, ताकि अर्को पटक हाम्रा टाउका देखाएर कुनै शक्तिले अर्को प्रभुसँग ब्ल्याकमेलिङ नगरोस्। यदि जनविद्रोह नै पार्टीको आधिकारिक धारणा हो भने प्रतिक्रियावादीहरु, सामन्तवादीहरु र विदेशी दलालका सामु घुँडा टेकेर सत्ता खोज्ने आधार तपाईँलाई केले दियो भन्ने जवाफ चाहन्छु।

मलाई आफ्नो परिचय खुलाएर नेता बन्नु छैन। तर क्यान्टोनमेन्टमा र बाहिरका सेल्टरमा बसेका हामीहरु धेरै लामो समय प्रतीक्षा गर्न सक्दैनौ। हिजो सँगै युद्ध लडेका साथीहरु सेल्टरबाट भागेर विदेश गएको देख्दा सुन्दा हामीलाई एमाले र कांग्रेससँग जति रिस उठ्छ त्यो भन्दा बढी दिक्दारी तपाईँहरु प्रति लाग्छ। पटक पटक क्यान्टोनमेन्टमा तपाईँले सुनाएका पार्टीका नीतिहरु बाहिर सुनिने कुरा र पार्टीका देखिने गतिविधि भन्दा किन फरक हुन्छन्? यदि हामीले तपाईँहरुमाथि अविश्वास गर्न थाल्यौँ भने त्यो पार्टीको लागि र समग्र नेपाली क्रान्तिको लागि सबैभन्दा खतरनाक हुनेछ।

अध्यक्ष कमरेड,

आखिरमा यी सबै कुरा सन्चार माध्यममार्फत् ल्याउनुपरेकोमा क्षमा चाहन्छु। आफ्नो परिचय नखुलाउनका लागि मैले प्रविधिका यथेष्ट उपायहरु प्रयोग गरेको छु, ताकि भोलि पार्टीले यो पत्र लेख्‍ने को हो भनेर अनुसन्धान गर्ने प्रयास नगरोस्। म नेपाली जनताको मुक्ति र क्रान्तिको सपना बोकेको एकीकृत नेकपा माओवादीको कार्यकर्ता हुँ र पार्टीले नेपाली क्रान्तिमाथि गद्दारी नगरुन्जेल रहनेछु। तर म र हामीले जान्न चाहेको कुरा यत्ति हो, हाम्रो पार्टी अहिले कुन कित्तामा छ? जनविद्रोहका लागि यति धेरै आधार बनाएर पनि हामीलाई फेरि फिर्ता गरिनुको कारण के हो? अनि क्रान्तिका लागि डराउनेहरु पार्टीको नेतृत्वमा किन बसिरहेका छन्? अर्को पटक प्रशिक्षणको लागि आउनुअघि यी प्रश्नको जवाफ दिन तयार भएर आउनुहुनेछ भन्ने आशा गर्दछु।

लालसलाम!!

Friday, May 7, 2010

शान्ति र्‍यालीको दवावमा आन्दोलन फिर्ता


अनिश्चितकालीन आम हड्ताल हिजोदेखि फिर्ता लिएको छ । अध्यक्ष पुष्पकमल दाहालको निवासमा हिजो साँझ बसेको स्थायी समितिको बैठकले हड्ताल 'स्थगित' गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसित बोल्दै दाहालले भने- 'बन्दमा जनताले पाएको दुःख र दुःखको नाजायज फाइदा उठाउँदै जनताविरुद्ध जनतालाई भिडाउने वर्तमान गठबन्धन सरकारले षड्यन्त्र गरेका कारण हाललाई बन्द स्थगित गरिएको हो ।'

विराटनगर,जनकपुर,बीरगंज,चितवन,पोखरा र कंचनपुर लगायतका सहरहरुको जनजीवन पूर्ववत संचालनमा आएको त्यहाँ स्थित कान्तिपुर संवाददाताहरुले जनाएका छन् । बजार,यातायात संचालनमा आएको छ । शनिबार परेका कारण शैक्षिक संस्था र सरकारी कार्यालय संचलानमा आएको छैन । बीरगंजमा शान्ति र सहमतिको दवाब दिंदै उद्योग वाणिज्य संघ र विभिन्न पेसागत संगठनको आव्हानमा शान्ति र्‍याली गरिएको छ । त्यस्तै प्रकृतिको र्‍याली र सभा माओवादी दवाबका कारण चितवनमा स्थगित भएको छ ।

बैठकले आम हड्तालमा साथ दिएकोमा जनतालाई धन्यवाद दिएको छ । आन्दोलनको कार्यक्रम फिर्ता भने नलिइएको उनले बताए । भोलि माओवादीले राजधानी लगायत विभिन्न जिल्लामा र्‍याली गर्ने र २ बजे र्‍याली सभामा परिणत गर्ने निर्णय भएको दाहालले बताए।

उनले पर्सि राजधानीमा सिंहदरबार घेर्ने र जिल्लामा सदरमुकाममा प्रशासन कार्यालय घेर्ने कार्यक्रम तय गर्ने निर्णय भएको पनि उनले जानकारी दिए । पर्सिपछिको कार्यक्रम भने स्थायी समितिको बैठक बसी तय गरिने जानकारी दिइएको छ । जेठ १४ अघि नै अर्को आन्दोलन गर्ने निर्णय पनि माओवादीले गरेको छ ।



सान्ति र्‍यालीले दिएको सन्देस


तिनिहरु बाग्लुङतिरबाट उठाएर ल्याएका जनता थिएनन। तिनिहरु दाङतिरबाट झुठा सपना देखाएर ओसारिएका जनता पनि थिएनन। तिनिहरु रामेछापतिरबाट आएका जनता पनि थिएनन। तेस्रो जनआन्दोलन नाम दिइएको तर जनता नै पर्ख र हेर भन्नै चनाखो भएर नियालिरहेको आन्दोलन ले आफ्नो गास नै काटिने स्थिती पैदा भएपछी स्वतस्फुर्त रुपमा आएका जनता थिए। अध्यक्ष कमरेड प्रचण्ड तपाइँको जनताको परिभासा भित्र ति नपर्लान। सामन्तबाद र साम्राज्यबाद बिरोधि मात्र जनता हुने तपाँइको परिभाषा भित्र तपाँइका कार्यकर्ता मात्र जनता देखिएलान र आजको सान्ती र्यालीमा देखिएका लाखौँको जनसमुह दलाल, र भिजिलान्तेको ढर्रामा ठहरीएलान। तर बास्तबमा आफ्नो चस्मा अलिकति खोलेर नियाल्नोस त कमरेड साचो जनता ले के चाहेको रहेछ? हुनत आफ्ना कार्यकर्तामात्र जनता देख्ने तपाँइको नजरमा माओबादी आन्दोलन नै जनआन्दोलन भन्न खासै आफ्टेरो नलाग्ला तर दुइ तर्फ देखिएका जनता को प्रदर्सन बिष्लेषण गर्ने हो भने पक्कै थाहा हुने छ कमरेड जनता के चाहान्छन
जनता को शक्ति कतैबाट उठाएर ल्याएका भिडको शक्ति कदापी हुन सक्दैन। स्वतस्फुर्त रुपमा बिद्रोही भाबले नउठेसम्म न त्यो जनशक्ति हुन सक्छ न जनआन्दोलन नै। चे ग्वेभाराले त्यसै भएर नै भनेका होलान कि क्रान्ति निर्यात गरिने बस्तु होइन भनेर। गाउँ गाउँ बाट उठाएर ल्याएर कलेज र स्कुल ब्यारेक बनाएर दुइचार दिन आतङ्क मच्चाउन सकिएला शक्ति प्रदर्शन गर्न सकिएला तर जनताको मन जित्न सकिदैन। त्यसैकारण जनता स्वतस्फुर्त रुपमा प्रतिकारमा ओर्लिन्छन। त्यसको सामान्य झल्को देखिन थालिसकेको छ। अझ आजको सान्तिर्याली त न प्रतिकार र्याली थियो न त माओबादीबिरुद्ध परिलक्षित थियो। लगातार को बन्दको मारमा परेका जनताको सान्तिपुर्ण बिरोध थियो त्यो। बन्द संस्कृतिको बिरोध थियो त्यो। अझ धरापमा पर्दै गएको सान्तीप्रक्रिया लाइ जोगाउने जनचाहना को प्रतिरुप थियो त्यो। तर कमरेड प्रचण्ड यतिमै किन आतङ्कित? जनता को आबाज सुन्ने क्षमता बिकास गर्नोस कमरेड। बिरोधी बिचार सुन्ने बिकास गर्नोस। आफ्ना चाटुकारको भजन मात्र सुन्ने ज्ञानेन्द्रको हालत के भयो थाहा छैन र? अनि जनताको सान्ती जुलुस प्रति किन गिद्धे दृष्टी त? त्यो रोक्न पहल भयो रे। नरोकिने भएपछी जनतालाइ मण्डले सैलीमा छेक्ने र आतङ्कित पार्ने काम भयो। अन्तमा आक्रमण समेत भयो। हामी स्वयम सान्ती र्याली सकेर फर्कने क्रममा पुरानो बसपार्क आउँदा लाठी बोकेका वाइसिएल को जमात ले छेकेर सोधपुछ थाल्यो। हामी मध्येका एक मित्र को हातमा राष्ट्रिय झण्डा थियो। त्यसै कारण हामीमाथि आक्रमण भयो। के अब राष्ट्रिय झण्डा पनि माओबादी लाइ पाच्य हुन छाड्यो? राष्ट्रिय झण्डा बोकेका युथफोर्स नै हुन्छन भन्ने सोच अतिबादी सोच हो। आफ्नो बिरोधी बोली सुन्न नसक्नु सामाजिक फासिबादी सोच हो। अलोकतान्त्रीक र हिटलरी सैली हो। यस्ता सोचले केहि समय देश कब्जा गरिएला तर जनताको मन कब्जा हुदैन। त्यो हसिया हथौडा भित्रको हिटलरी पद्वति हुनेछ।
हो हिँजो जनयुद्ध लडेर आएको पार्टी आज अलिकती युद्धकालिन धङधङी बाकी छ भन्न सकिएला। लोकतन्त्र भन्नुनै गल्तीबाट सिकेर अघि बढ्नु हो। तर ए माओबादी यो मामलामा पछि पर्दै गएको छ। र यदि आफुलाइ लोकतान्त्रिक पार्टीको रुपमा बिकास गर्न चाहने हो भने यो पाटो स्विकार गर्नै पर्छ तर माओबादीको बाटो हिटलरी गणतन्त्र हो भने भिरमा जाने गाइलाइ काँध थाप्न कदापी सकिँदैन।

माओवादीको आन्दोलन र शान्ति र्याली

शान्ति, स्थायित्व, संविधानको सुनिश्चितता राजनीतिक सहमतिको लागि दवाव दिने उद्देश्यले आयोजना गरिएको शान्ति र्यालिमा आउन न कुनै किसिमको आवहान नै गर्नु पर् यो न त क्याम्प खडा खरि प्रशिक्षण र खाना वस्न को व्यवस्था नै । त्यहाँ रड लाठि पार्टीको झण्डा पनि केहि थिएन् केवल थियो त राष्ट्रीय झण्डा र शान्ति र संविधान देऊ हामीलाई पढन देऊ राजनीतिक निकास छिटो निकाल हामीलाई आन्दोलन होइन सहमति देऊ लगायतका व्यानर थिए ।
अहिले देशले हींसा पिडा अराजकता लुटपात भोगिरहेको छ । देशलाई यस्तो अवस्थावाट निकास दिन गरिएको र् यालीमा माओवादीले आक्रमण गर् यो । स्वस्फूर्त रुपमा जमघट भएका सर्वसाधारलाई कुटने पिटने दुख दिने काम गर् यो । यतिमात्र होइन राष्ट्रिय झण्डा वोकेर राष्ट्रिय स्वाधिनताका लागि शान्ति र संविधानका लागि त्यहा पुगेमा हामी जस्ता सर्वसाधरणले त कुटाई खानु पर्यो भने अन्य पार्टी उभन्दा भिन्न धारको व्यक्तिको त कुरै छाडौं ।
माओवादीले गर्दै आएको आन्दोलन उसको भनाइमा हींसात्मक हुँदैन भन्दै आएको थियो तर आजको नागरीक र्याली माथिको आक्रमण र त्यहाँ सहभागि माथिको आक्रमणले उसको आन्दोलन कस्त किसिमको रहेछ भन्ने पृष्टि गरिदिएको छ । रत्नपार्कमा भएको माओवादी विरोधसभामा मैले देखे/सुनेकॊ थियो माओवादी कार्यक्रर्तासँग न्यूज २४ का संचारकर्मीले लिएको प्रतिकृयामा भन्दै थिए "हाम्रो पक्षमा भन्दा वहीर सरकारको पक्षमा समाचार संप्रेषण गरेमा तपाइ र तपाईको मिडियालाई राम्रो हुँदैन" एउटा स्वतन्त्र मिडियामाथि गरिने यसभन्दा ठूला आक्रमण अरु के हुन सक्दछन् ।
आजको शान्ति सभामा मैले वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठका भनाईहरु उदृत गर्न मन लाग्यो वहा भन्दै हुनुहुन्थ्यो "मलाई यो भिड देखेपछि ठूलो-ठूलो स्वरले कराउन मन लाग्यो यति धेरै भिड देखेपछि हाम्रो पक्षभन्दा वाहिरको मानिसलाई गालि गर्न मन लाग्यो मलाई अपशब्द वोल्न मन लाग्यो तर म त्यसो गर्दिनू वहाले त्यहाँ जम्मा भएका मानिसलाई वैंद्धिक जमात डाक्टर इन्जिनियरको जमात वकिलहरुको जमात त्योभन्दा ठूलो नागरीकहरुको जमात देखेको छु भन्दै हुनुहुन्थ्यो । यस्तो नागरीक जमातमाथि आक्रमण गर्ने माओवादीको रणनीतिलाई समयमै अन्त्य गर्नु टड्कारो आवश्यकता छ ।

Thursday, May 6, 2010

नयाँ हजूर!

हजारौ सेनाका बटालिएनहरु
अर्ध शैनिक मिलिसियाहरु
लाखौ सकेट बमहरु
यल.यम.जी.हरु, जी.पी.यम.जीहरु
वा ए.के. फोर्टी सेभेनहरु
बोकेका पेशेवर लठैतहरुले
कसरी स्थापित गर्लान
निहत्था जनताको नागरिक सर्बोच्चता

बन्द गरेर नागरिकका स्वतन्त्र सडकहरु
रोकेर नागरिक यात्राका यातायातहरु
कब्जा गरेर विरोधी नागरिकका घरजग्गाहरु
नाकावन्दी गरेर निहत्था नागरिकका बस्तीहरु
थुनेर शालीन विप्लवी आवाजहरु
ए नयाँ हजूर,
कसरी कायम गर्छौ
निहत्था जनताको नागरिक सर्बोच्चता

कायम भएन भने
नयाँ हजूरले भने जस्तो नागरिक सर्बोच्चता
फेरि काटिनेछन् निहत्था मुक्तीनाथ अधिकारीका हातहरु
जलाईनेछन अरु केही थान काजोल खातुनहरु
खुकुरीले रेटिने छन केही नागरिक प्रतिनीधी यदू गौतमहरु
गठन गरेर केही प्राइभेट अदालत
फाँसी दिइनेछ दूर्गमका पत्रकार बिरेन्द्र शाहहरुलाई
केही लोकतन्त्रका शालीन आवाजहरुलाई
उडाइनेछ एम्वुसमा पारेर केही यात्रुसहितका बसहरु
लुटिनेछन केही नागरिकको स्वामित्वका बैकहरु
भाँचिनेछन् केही नारा लगाउने हातहरु
ठोकीनेछ गोली थप केही नारायण पोखरेलहरुलाई
भत्काइने छन् केही मन नपरेका अनुहारहरु
अनि घोषणा हुनेछ नागरिक सर्वोच्चता

स्थापित भएपछि
नयाँ हजूरको नागरिक सर्बोच्चता
हामीलाई मुस्कील पर्नेछ
नागरिक सर्बोच्चतालाई चिन्न
कुनै बेला त्यो सवाकरोडको सेतो पजेरो जस्तो देखिनेछ
कुनै बेला त्यो सवालाखको पलंग जस्तो देखिनेछ
कनै बेला त्यो बैठकै नबसेर लिइएको भत्ता जस्तो देखिनेछ
कुनै बेला त्यो बलपूर्वक कब्जा गरिएको ठेक्का जस्तो देखिनेछ
कुनै बेला त्यो जुँगे सुप्रीम कमा48डरको आक्रोस जस्तो देखिनेछ

ए नयाँ हजूर,
कसरी भोग्ने होला त्यो त्रासद
बिना लोकतन्त्रको नागरिक सर्बोच्चता

विचरा बुद्दिमान ! विचरा बुद्दिमानहरु

६२/६३ को आन्दोलनमा पनि
बुद्दिमान काठमाण्डौ आएको थियो
उ आफ्नो नेताको लागि
दिन भर सडकमा बस्यो,करायो
एक दिन , दुई दिन भन्दै
१९ दिन बितायो .

अन्तमा
नेता को जित भयो
उसको जित भएन
घर फर्किदा
खेत बाझै थियो
त्यो साल उसलाई
धौ धौ परेको थियो
एस पालि पनि
बुद्दिमान काठमाण्डौ आ'को छ
सत्ता कब्जा गर्न रे,
चर्को घाममा उ
नेताको भाषण सुन्दै छ
"हाम्रो माग पुरा नभए सम्म
एही सडकमा बस्छौ,खान्छौ र सुत्छौ "
विचरा बुद्दिमान मख्ख थियो
ताली पिट्दै थियो .
उता उसको घरमा
परार जस्तै खेत बाझो हुदै थियो
भर्खर पानि परेको छ
मकै छर्न पर्ला
उसले आज दाल मोठ चिउरा खाए पनि
सालै भरि च्याखला खानु छ .
अझ कति अबुझ् र सोझा छन .
विचरा बुद्दिमान
विचरा बुद्दिमानहरु

Tuesday, May 4, 2010

कमरेडहरुको साँस्कृतिक स्तर

चिनिया कम्युनिष्ट पार्टीका एक प्रख्यात प्रशिक्षक चेन युन ले कम्युनिष्ट कार्यकर्ताले अरुलाइ आलोचना गर्दा प्रयोग गरिने सब्द चयन को बारेमा धेरै कुरा भनेका छन। सारमा भन्दा उनले कम्युनिष्ट कार्यकर्ता समाजको सभैभन्दा सचेत बर्ग भएकोले आलोचना मा प्रयोग गरिने सब्द सिष्ट र आलोचना गरिएको ब्यक्ती समेत प्रभाबित हुन सक्ने हुनुपर्ने बताएका छन। तर तिनै चेन युन का अध्यक्ष कमरेड माओ लाइ आदर्श मान्ने पार्टिको प्रदर्शनमा भने त्यो कुराको खिल्ली उडाइएको देखियो। नारा जुलुसमा प्रयोग भएका सब्द सुन्दा ति समाजका सभैभन्दा सचेत होइन सभैभन्दा अबुझ कार्यकर्ताले प्रयोग गर्ने जस्ता सब्द सुनिए। कुनै ब्यक्ति बिशेस प्रति अत्यन्तै निम्न तवरले प्रयोग गरिएका ति सब्द सभ्य भनाउदाका लागी पक्कै पनि सुहाउने सब्द थिएनन यो लेख पढ्दै जाँदा पक्कै पनि मलाइ पुरातनपन्थी या अन्य कुनै बादीको आरोप लाग्न सक्ने छ। त्यो थाहा हुँदा हुँदै पनि यो लेख लेख्न आबस्यक लाग्यो। कमरेडहरु साच्चै कम्युनिष्ट समाजको सचेत बर्ग हो त? त्यसो भए ब्यक्तिगत लाञ्छना र अझ बिना कारण ब्यक्तिगत चरित्रहत्या को प्रयोग कम्युनिष्ट को लागि सुहाउने कुरा हो त? पक्कै होइन होला। अझ नेपाल जस्तो देशमा नारीमाथीको गलत सब्द प्रयोग के उचित र क्रान्तिकारि हो त? आर्यघाट का कुरा या फलानो चोर भन्ने कुरा त्यति गहिरो सब्द होइनन तर बिद्या तेरो सिन्दुर खोइ फल्नो मान्छे तेरो पोइ भनेर किट्नु के क्रान्तिकारि हो? बिना प्रमाण हाबादारी बोल्नु के प्रगतिशिल हुनु हो? अनि सुजाता कोइराला भारत तिर पोइल जा भन्ने अधिकार कसले दियो? होला सुजाता र बिद्या खराब होलान तर उनिहरुलाइ गालि गर्न सभ्य सब्द थिएनन र? अनि किन मानबताको निकृष्ट तहमा पुगेर नारा भट्याइयो कमरेड? कुरा आउला भिडमा जे पनि हुन्छ भनेर। तर समाजका सभैभन्दा सचेत ब्यक्तिको भिड पनि त्यति तल गिर्न मिल्छ र? कम्युनिष्ट पार्टी को कार्यकर्ता हुदैमा कम्युनिष्ट भइदैन कमरेड हरु। कम्युनिष्ट बन्न उच्च क्रान्तीकारी नैतिकता र संस्कार को आबस्यकता पर्छ। मनमा जे आयो त्यहि बोलेर क्रान्तिकारि भइदैन। चेन युन कै भनाइ सापटी लिदा क्रान्तीकारि अभिभारा पुरा गर्नका लागि क्रान्तिकारीहरुमा फलामे अनुशासन हुनु पर्छ। कमरेडहरुमा त्यो फलामे अनुशासन कहिले आउला खै

Sunday, May 2, 2010

ज्ञापन पत्रको पूर्ण विवरण


अध्यक्ष कमरेड झलनाथ खनाल,

केन्द्रीय कमिटि,

नेकपा एमाले, केन्द्रीय कार्यालय

विषयः ज्ञापन पत्र ।

कमरेड,

मुलुक २४० वर्षको मध्ययुगीन सामन्ती राजतन्त्रात्मक व्यवस्थाबाट मुक्त भै संघीय लोकतान्त्रिक गणतन्त्रको युगिन अवस्थामा प्रवेश गरेपछि नेपाली जनताले अव सबै किसिमका शोषण, उत्पीडन र विभेदबाट मुक्त भै मुलुक समृद्धिको दिशा तर्फ जानेछ भन्ने आशा र विश्वास गरेका थिए । तर संविधान सभाबाट नयाँ संविधान घोषणा गर्ने, माओवादी सेनाको समायोजन तथा पूर्नस्थापन गर्ने काम समेत धरापमा पर्ने गरी राष्ट्रिय राजनीति मुठभेड र अन्यौलको दिशा तर्फ धकेलिन थालेपछि ऐतिहासिक जनआन्दोलन (०६२/०६३) को उपलब्धीहरु रक्षा गर्न, राष्ट्रिय सहमतिका आधारमा मुलुकलाई अग्रगामी परिवर्तनको दिशामा अघिबढाउन तपशीलका हामी नेकपा एमालेका जिम्मेवार व्यक्तिहरु अत्यन्त गंभीर तथा चिन्तीत बनेको छौं । देशभित्रका प्रतिगामी, दक्षिणपंथी तथा यथास्थितिवादीहरु र विदेशी प्रतिक्रियावादीहरु नेकपा एमालेका काँधमा बन्दूक राखेर मुलुकलाई गृहयुद्ध तर्फ धकेल्न थालेका छन् । देशका ३ वटा ठूला पार्टीहरु एनेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा एमालेका बीच सहमति गरी देशलाई संभावित दुर्घटनाबाट बचाउनुको बदला प्रमुख राजनीतिक पार्टीका बीच फाटो बढाउने काम भैरहेको छ । अन्तरिम संविधान बमोजिम संविधान घोषणा हुने समय अब जम्मा २६ दिन मात्र बाँकी छ । राष्ट्रिय सहमतिको आधारमा अघिनबढ्ने हो भने अब संविधान नबन्ने र शान्ति प्रकृया पनि तार्किक निष्कर्षमा नपुग्ने कुरा निश्चित छ । संविधान पनि नबन्ने र शान्ति प्रकृया पनि टुंगोमा नपुग्ने हो भने देश भयंकर दुर्घटना तर्फ गई गृहयुद्धमा फंस्ने कुरा निश्चित छ । यस्तो अवस्थामा नेकपा एमालेका वरिष्ठ नेता क. माधव कुमार नेपाल प्रधानमन्त्रिको पदमा रहिरहनु अनुचित मात्र होइन देश र पार्टीकै लागि पनि घातक हुनेछ । यस्तो अवस्थामा प्रधानमन्त्री माधव कुमार नेपालले राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रिय सहमतिको वातावरण बनाउनु भन्दा मुलुकलाई मुठभेड तफै लैजाने अभिव्यक्ति दिनुभएको छ । यस अभिव्यक्तिबाट प्रधानमन्त्री मुलुकलाई गृहयुद्ध तर्फ धकेल्न उद्यत्त देखिनु भएको छ । यो अत्यन्त गंभीर कुरा हो । हामी प्रधानमन्त्री क. माधव कुमार नेपालले तुरुन्त राजीनामा दिई राष्ट्रिय सहमतिका लागि मार्ग प्रसस्त गर्न जोडदार माग गर्दछौं । यसको लागि आवश्यक पहल गर्न पार्टी अध्यक्ष क. झलनाथ खनालज्यूको गंभीर ध्यानार्कषण गर्दछौं । साथै एनेकपा माओवादीलाई उग्रवामपंथी र नेपाली काँग्रेसलाई यथास्थितिवादी चिन्तन र व्यवहार त्याग्दै दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय सहमति कायम गरी नयाँ संविधान निर्माण गर्न, शान्ति प्रकृयालाई सार्थक निष्कर्षमा पुर्‍याउन र वर्तमान संकटको संवैधानिक र राजनीतिक निकाश दिई मुलुकलाई अग्रगामी परिवर्तनको दिशामा अघिबढ्न आव्हान गर्दछौं ।

तपशीलः

१) क. वामदेव गौतम - उपाध्यक्ष, केन्द्रीय कमिटि

२) क. सहाना प्रधान - केन्द्रीय कमिटि सदस्य

३) क. किरण गुरुङ्ग - केन्द्रीय कमिटि सदस्य तथा सभासद

४) क. राजेन्द्र श्रेष्ठ - केन्द्रीय सदस्य

५) क. राधा ज्ञवाली - केन्द्रीय कमिटि सदस्य तथा सभासद

६) क. परशुमेघि गुरुङ्ग - केन्द्रीय कमिटी सदस्य

७) क. रामपि्रत पाशवान - केन्द्रीय कमिटी सदस्य तथा सभासद

८) क. जीवनराम श्रेष्ठ - वैकल्पिक केन्द्रीय सदस्य

९) क. केदार न्यौपाने - पूर्व केन्द्रीय कमिटि सदस्य

१०) क. युवराज कार्की - पूर्व केन्द्रीय कमिटि सदस्य तथा सभासद

११) क. पुरुषोत्तम पौडेल - पूर्व केन्द्रीय कमिटि सदस्य

१२) क. त्रिलोचन ढकाल - पूर्व केन्द्रीय कमिटि सदस्य

१३) क. केशवलाल श्रेष्ठ - पूर्व केन्द्रीय कमिटि सदस्य

१४) क. हेमराज राई - पूर्व केन्द्रीय कमिटि सदस्य

१५) क. वलराम वास्कोटा - सदस्य, केन्द्रीय लेखापरिक्षण आयोग

१६) क. हरी पराजुली - सदस्य, केन्द्रीय लेखापरिक्षण आयोग

१७) क. उदयराज पाण्डे - सदस्य, विदेश विभाग

१८) क. शारदा सुवेदी - केन्द्रीय सल्लाहकार

१९) क. रविन्द्र अधिकारी - पूर्व केन्द्रीय अध्यक्ष, अनेरास्ववियू तथा सभासद

२०) क. सावित्रा भुसाल - काठमाडौं जिल्ला कमिटि सदस्य तथा सभासद

२१) क. मनकुमार गौतम - केन्द्रीय सल्लाहकार

२२) क. डि. वि. कार्की - किसान महासंघ, स्थायी कमिटि सदस्य तथा सभासद

२३) क. गोपाल शाक्य - पूर्व केन्द्रीय कमिटि सदस्य

२४) क. विष्णु घिमिरे - पूर्व केन्द्रीय सल्लाहकार

२५) क. शान्त प्रधान - स्थानीय विकास तथा भौतिक योजना विभाग

२६) क. कल्पना रिजाल - स्थायी समिति सदस्य, अनेमसं

२७) क. लक्ष्मीभक्त उपाध्याय - सदस्य, जेष्ट कम्युनिष्ट मंच नेकपा -एमाले)

२८) क. शालिग्राम भण्डारी - पूर्व केन्द्रीय सल्लाहकार तथा सदस्य, जेष्ट कम्युनिष्ट मंच

२९) क. सुमित्रा वि.सि - पूर्व सदस्य, केन्द्रीय लेखा कमिटी

३०) क. ध्यानवहादूर राइ - सदस्य, संघीय मामिला विभाग, तथा पूर्व मेयर

३१) क. खेमनारायण ढुंगाना - सदस्य, केन्द्रीय अनुशासन आयोग

३२) क. रिमा नेपाली - केन्दि्रय सदस्य अनेमसं तथा सभासद

३३) क. गणेश वि.क. - सदस्य, केन्द्रीय अनुशासन आयोग

३४) क. शैलेन्द्र पिया - पूर्व राष्ट्रिय परिषद सदस्य

३५) क. धनहर्क राई - पूर्व सासंद तथा अंचल सदस्य

३६) क. भुराज राई - पूर्व उपमेयर, विराटनगर उपमहानगरपालिका

३७) क. शालिकराम पौडेल - पूर्व मेयर, लेखनाथ नगरपालिका, कास्की

३८) क. रामचन्द्र अधिकारि - पूर्व केन्दि्रय सदस्य तथा जेष्ट कम्युनिष्ट मंच सदस्य

३९) क. पद्मा अर्याल - सभासद

४०) क. डा. केशव खडका - सदस्य, अर्थ तथा योजना विभाग

४१) क. रिपुमर्दन अधिकारि - जेष्ठ कम्युनिष्ट मञ्च

४२) क. सुरेन्द्र मोहन शर्मा - पूर्व उपसभापति, जिविस ललितपुर

४३) क. मोहनलाल शर्मा - पूर्व उपसभापति, जिविस, बागलुड

४४) क. जीवन धिमिरे - केन्द्रीय सल्लाहकार

४५) क. पुरनसिं दयाल - सभासद

४६) क. राजकुमार उप्रेति - अध्यक्ष, उखु उत्पादक किसान संघ

४७) क. रामराज रेग्मी - पूर्व अंचल किमिटि सदस्य, गण्डकी अंचल समन्वय किमिटि

४८) क. ध्रुव ढकाल - अध्यक्ष, माछा उत्पादक किसान संघ

४९) क. गोविन्द कृष्ण अधिकारी - संयोजक, काठमाडौं जिल्ला संगठन कमिटि

५०) क. नहेन्द्र खड्का - अध्यक्ष युवा किसान संघ

५१) क. उमा कोइराला - स्यायी कमिटि सदस्य, किसान महासंघ

५२) क. शारदा कुमाल - सभासद

५३) क. गजेन्द्र बहादुर शाही - पूर्व जिविस सभापति, डडेलधुरा तथा राष्ट्रिय परिषद सदस्य

५४) क. मोहनचन्द्र अधिकारी - पूर्व केन्द्रीय सल्लाहकार

५५) क. नरबहादुर खाँड - पूर्व अध्यक्ष, केन्द्रीय सल्लाहकार

५६) क. शान्तिदेवी चमार - सभासद

५७) क. हसिना मियाँ - सभासद

५८) क. चिरंजीवी राम थारु - सभासद

५९) क. जगदेव यादव - किसान महासंघ, रा.स.स. तथा पूर्व रापस

६०) क. गोविन्द राज ज्ञवाली - पूर्व केन्द्रीय सदस्य

Saturday, May 1, 2010

प्रधानमन्त्रीद्धारा सम्वोधन


आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू

१. विभिन्न बाधा, विरोध र चुनौतीहरु पार गर्दै मैले संयुक्त सरकारको नेतृत्व गरेको एक वर्ष पुग्न लागेको छ। संविधानसभाको निर्वाचनपछि राष्ट्रिय हित, शान्ति र

संविधान निर्माणको मुख्य अभिभारालाई केन्द्रविन्दूमा राखेर नेकपा (एमाले) ले जोखिम मोलेरै भए पनि नेकपा (माओवादी) लाई प्रधानमन्त्री प्रस्तावित गरी सरकारमा

सम्मिलित भएको थियो। तर, एकीकृत नेकपा (माओवादी) को आफ्नै गलत चिन्तन र व्यवहारका कारण सहयोगी दलहरुले समर्थन फिर्ता लिएपछि तत्कालीन

प्रधानमन्त्रीको राजीनामाबाट उत्पन्न रिक्तता, अन्यौल र अनिश्चयको अवस्थामा संविधानसभाका २२ राजनीतिक दल र बहुमत सभासद्हरूको समर्थनमा मैले प्रधानमन्त्रीको

जिम्मेवारी सम्हालेको हुँ। संविधान र विधिअनुरूप गठित मेरो नेतृत्वको सरकारले अत्यन्त प्रतिकूल परिस्थितिमा पनि लोकतन्त्र, राष्ट्रिय हित एवम् दिगो शान्तिको पक्षमा

दृढतापूर्वक काम गर्दै आएको छ।

२. शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याउने, संविधान निर्माण प्रक्रियालाई पूर्णता दिने, जनतालाई राहत प्रदान गर्ने र सामाजिक–आर्थिक रूपान्तरणमा योगदान गर्ने

उद्देश्यका साथ मैले सरकारको नेतृत्व सम्हालेको थिए“। अनेकौ“ जटिलता र अवरोधको सामना गर्दै उक्त उद्देश्य अनुरूप सरकार अहिले पनि क्रियाशील छ।

३. असहमति र बहस लोकतन्त्रका सौन्दर्य हुन्। राष्ट्रिय सहमति बन्न नसकेको अवस्थामा सरकारले प्रतिपक्षको आलोचना र विरोधको सामना गर्नु पनि लोकतन्त्रको

सामान्य विशेषता नै हो। तर, हामीले सरकारका गुण–दोषका आधारमा समर्थन र विरोधको स्थिति देख्नै पाएनौ“। आरम्भदेखि नै लोकतान्त्रिक मर्यादा र आफै“ले हस्ताक्षर

गरेको संवैधानिक व्यवस्थालाई बेवास्ता गर्दै सरकारको वैधतामाथि समेत औ“ला ठड्याउने काम भइरह्यो। संविधान र व्यवस्थापिका संसदको निर्णय र निर्देशलाई स्वयं

अस्वीकार गर्ने तर अरुले नागरिक सर्वोच्चताको नमानेको भ्रमपूर्ण प्रचार गरियो।

विभिन्न राजनीतिक दलहरु सम्मिलित सरकारमा आफ्नो सहभागितालाई …पवित्र' र त्यस्तै प्रकारले अर्को सरकार बन्दा …अपवित्र' देख्ने गलत दृष्टिकोण राखियो। हामी

२०६२/०६३ को जनआन्दोलनमा व्यक्त भावनालाई आत्मसात गर्दै अगाडि बढि नै रह्यौं। यसरी नै शान्ति सम्झौताअनुसार शान्ति प्रक्रियालाई अगाडि बढाउने प्रयत्न निरन्तर

गरिरह्यौं। तर, साझा आन्दोलनको विगत इतिहास, जिम्मेवारीको साझा वर्तमान र सुन्दर नेपाल निर्माणको साझा भविष्यलाई उपेक्षा गरेर मैले नेतृत्व गरेको सरकारप्रति

शत्रूतापूर्ण व्यवहार गरियो।

४. राष्ट्रिय सहमतिको यात्रा कहा“निरबाट अवरुद्ध भयो भन्ने अतितको यथार्थ नेपाली जनताको मनमा ताजै छ। सरकार बनाउने क्रममै एकीकृत नेकपा (माओवादी)ले

निषेधको राजनीति सुरु गर्‍यो। राजतन्त्रको अन्त्यपछि विस्तृत शान्ति सम्झौतालगायतका सहमति अनुरूप सबै पक्ष अघि बढेका भए आज हाम्रो शान्ति प्रक्रिया र संविधान

निर्माण संसारकै दृष्टान्त बनेर सफलताको बिन्दुमा पुगिसक्ने थियो।

५. अनेकौ“ बाधा, विरोध र प्रतिकूलताका बीचमा पनि सरकारले शान्ति प्रक्रियाको सफलता, संविधान निर्माण, अग्रगति र समग्र राष्ट्रिय विकासको सन्दर्भमा महत्वपूर्ण

थालनी गरेको छ। मैले यथाशक्य छिटो शान्ति प्रक्रियालाई सकारात्मक टुङ्गोमा पुर्‍याउन गरेको अथक प्रयत्नको फलस्वरूप लामो समयदेखि था“ती रहेको माओवादी

अयोग्य लडाकुहरूको शिविरबाट बिदाइ सम्भव भएको छ। विशेष समितिमा लडाकु समायोजन र पुनःस्थापनाको सय दिने कार्ययोजनामा सैद्धान्तिक सहमति समेत भएको

हो। कुन सुरक्षा निकायमा माओवादी सेनाका कति लडाकुहरूको समायोजन गर्ने भन्ने विषय मुख्य राजनीतिक दलहरूको सहमतिबाट टुङ्गो लाग्ने विषय हो।

मैले प्रधानमन्त्रीको जिम्मेवारी लिने बेलासम्म शान्ति प्रक्रिया झन्डै एक वर्ष पछाडि परिसकेको थियो भने शान्ति प्रक्रियामा कुनै प्रगति नभइरहेको अवस्थामा विशेष

समिति पुनःगठन हु“दा १५ महिना बितिसकेको थियो। यसका लागि तदारुकताका साथ रचनात्मक सहयोग गर्नुको बदला प्रमुख प्रतिपक्षबाट …नया“ संविधानको अन्तर्वस्तु

र त्यसको सुनिश्चितताको टुङ्गो भएपछि मात्रै समायोजन प्रक्रियालाई अगाडि बढाउन सकिने' र 'त्यसभन्दा अगाडि हामीलाई निशस्त्र बनाएर संविधान निर्माण गर्ने षड्यन्त्र'

भन्नेजस्ता मनगढन्ते आरोप लगाइयो। संविधान र लोकतन्त्रका मान्यतालाई स्वयं उल्लंघन गरेर उल्टै सरकारलाई …अवैध' भन्ने धृष्टता गरियो। शान्ति प्रक्रियामा प्रमुख

प्रतिपक्षको यो हदसम्मको असहयोगको मैले अपेक्षा गरेको थिइन“।

६. देशको आर्थिक विकास, सामाजिक रूपान्तरण र शान्ति सुरक्षाको सुदृढीकरणका लागि सरकारले व्यवस्थित रूपमा विभिन्न कार्यक्रम तयार गरी कार्यान्वयन गरेको तथ्य

छर्लङ्गै छ। यस सन्दर्भमा लामो समयदेखि बा“की रहेका, ओझेलमा परेका र कार्यान्वयन हुन नसकेका विभिन्न विकास योजना तथा कार्यक्रमलाई वर्तमान सरकारले पुनः

अगाडि बढाएको वा कार्यान्वयन गरेको छ। वस्तुगत यथार्थ यही नै हो। त्यस्तै नेपालको राष्ट्रिय हित र स्वाभिमानका लागि हामीले अन्तर्राष्ट्रिय जगत्स“ग सम्पर्क,

सम्बन्ध र सहमति विस्तार गरेका छौ“। नेपालको स्वाधीनता, अखण्डता र गौरव बृद्धिका लागि काम गरेका छौ“। हाम्रा यस्ता कार्यहरूलाई ओझेलमा पार्न सरकारविरुद्ध

कुप्रचार र लाञ्छित गर्ने दुष्प्रयत्नहरू पनि निरन्तर भइनै रहे।
आदरणीय जनसमुदाय †

७. सरकारका कमी नै छैनन् भन्ने दावी म गर्दिन“। दशक लामो द्वन्द्वले थिलोथिलो पारेको अर्थतन्त्र, राज्य व्यवस्था र अस्तव्यस्ततालाई बिरासतमा लिएर गठन भएको

यो सरकारको सञ्चालन निश्चय नै सहज थिएन। यी सबै सीमाका वावजुद सरकारले संविधान निर्माणको सहजीकरण र यस प्रक्रियामा सकारात्मक योगदान गरेको छ।

शान्ति सुरक्षाको स्थितिमा उल्लेख्य सुधार आएको छ। अपमानका सारा हलाहललाई पिएर 'निलकण्ठ' बन्नु परे पनि मैले सहमति निर्माणका लागि औपचारिक र

अनौपचारिक रूपमा गरेका अनेकौं प्रयत्नप्रति तपाईंहरु अनभिज्ञ हुनुहुन्छ भन्ने मलाई लाग्दैन।

८. यति भइकन पनि जनआन्दोलनमार्फत् अभिव्यक्त जनचाहना अर्थात् दिगो शान्ति, संविधान निर्माण र सामाजिक–आर्थिक परिवर्तनको लक्ष्य अझै पूरा हुन सकेको छैन।

संविधान निर्माणको समग्र काम हाल अवरुद्ध छ। शान्ति प्रक्रियामा गम्भीर व्यवधान उत्पन्न भएको छ। संविधान जारी गर्न निर्धारित मिति जेठ १४ नजिकि“दै गर्दा जनता

अनेकौ“ आशङ्का र चिन्ताले आक्रान्त छन्। तर, संविधानसभाको सबैभन्दा ठूलो दल नै आफ्नै नेतृत्वमा सरकार बन्दैन भने यी कुनै प्रक्रिया सम्पन्न हुन नदिने, बरु

सडकबाटै 'सत्ता कब्जा' गर्ने र सडकबाटै 'नया“ संविधान जारी गर्ने' धम्की दिन्छ भने संविधान निर्माण र शान्ति प्रक्रियामा बाधक को रहेछ भन्ने प्रस्ट हु“दैन र?

९. सरकार परिवर्तनलाई नै मुख्य विषय बनाउने हो भने पनि यसका लागि हामीले नै स्थापित गरेको राजनीतिक र संवैधानिक प्रक्रिया अपनाउनै पर्दछ। राजनीतिक

दलहरुका बीचमा हुने सहमतिलाई कार्यान्वयन गर्न म सदैव तयार छु। मेरो पार्टीले संस्थागत रुपमा नै विश्वासको नया“ वातावरण बन्छ, शान्ति प्रक्रिया टुङ्गोमा लाग्ने

कुराको प्रत्याभूति हुन्छ र प्रमुख प्रतिपक्षमा रहेको पार्टीको नागरिक पार्टीमा रुपान्तरण हुने कुराको विश्वसनीय आधार तयार हुन्छ भने सबै विषयमा खुला छलफल गरी

सहमति गर्न सकिन्छ भन्ने धारणा धेरै अगाडि सार्वजनिक गरिसकेको तथ्य म यहा“ फेरि दोहोर्‍याउन चाहन्छु। मैले पनि लोकतन्त्र, शान्ति र संविधानको सुनिश्चितताका

लागि आवश्यक लचकता अपनाउन तयार रहेको कुरा बारम्बार प्रष्ट पार्दै आएको छु।

तसर्थ, मेरो आग्रह छ– राजनीतिक सहमतिमा संवैधानिक व्यवस्थालाई अनुशरण गरौ“। सहमतिबाट होइन धम्कीबाट, संवैधानिक प्रक्रियाबाट होइन सडकबाट नै आफ्ना सबै

माग पूरा गराउने तरिका अवलम्बन गर्न थालियो भने लोकतन्त्र, संवैधानिक पद्दति र अभ्यासको के अर्थ रहन्छ? आज सरकारको नेतृत्वका निम्ति प्रयोग गरिने हतियार

भोलि आफू अनुकूलको संविधान निर्माणलगायत अनेकौ“ माग पूरा गराउने सन्दर्भमा दोहोरि“दैन भन्न्ो के कसैले प्रत्याभूति गर्न सक्छ? आवेगमा आएर गलत नजिर

स्थापित गरियो भने भोलिको लोकतान्त्रिक राजनीतिक प्रक्रियामा समेत नकारात्मक असर पर्छ भन्ने कुराको हामी सबैले हेक्का राख्नैपर्दछ।

१०. जस्तोसुकै प्रतिकूल स्थिति भए पनि देश सम्हाल्ने जिम्मेवारी राजनीतिक दलहरूकै हो। समस्याको समाधान संवैधानिक र राजनीतिक प्रक्रिया भित्रैबाट खोज्ने हो।

शान्तिपूर्ण प्रतिस्पर्धा, बहुलवाद, मानवअधिकार र सामाजिक न्यायको मान्यताका आधारमा अग्रगामी राजनीति अनुरूप नै साझा सहमति कायम गर्ने हो। निर्धारित समयमा

संविधान निर्माण गर्ने प्रक्रिया सम्पन्न गर्ने प्रतिबद्धता पूरा गर्न नसक्नु हामी सबैको कमजोरी हो र यसको निम्ति हामीले जनतासमक्ष आत्मालोचित हुनैपर्छ। भएका काम

र रहन गएका कमजोरीको खुलस्त रुपमा समीक्षा गर्दै र अब फेरि त्यस्ता कमी–कमजोरी दोहोरिन नदिने विश्वसनीय आधार प्रस्तुत गरेर संविधानसभाबाटै नया“ संविधान

बनाउने संवैधानिक प्रक्रियामा जानुपर्छ भन्ने मेरो स्पष्ट मान्यता छ।

११. आमहड्तालका नाममा जनतालाई दुःख दिएर, समाजमा भय, त्रास र अराजकता उत्पन्न गरेर लोकतन्त्र बलियो हु“दैन, सङ्घीय गणतन्त्रलाई संस्थागत गर्न सकिंदैन र

नया“ संविधान पनि बन्दैन। शान्ति प्रक्रियालाई सार्थक निश्कर्षमा पुर्‍याउने र नया“ संविधान बनाउने कार्य सहमति र सहकार्यबाट मात्र सम्भव छ। सहमतिको लागि घुर्की

र धम्की होइन, सहिष्णुता र सहकार्यको भाषा बोल्न सक्नुपर्दछ।
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु †

१२. नेपालको शान्ति प्रक्रिया र लोकतन्त्र स्थापनाका लागि मैले आजसम्म निर्वाह गरेको भूमिका सबैका सामु स्पष्टै छ। बन्दुकका आवाज प्रतिध्वनित भइरहेको र हिंसाको

बोलवाला चलेको अत्यन्त प्रतिकूल अवस्थामा पनि शान्ति वार्ताको माध्यमबाटै समस्याको समाधान खोज्न मैले गरेको जोखिमपूर्ण पहल राष्ट्रले बिर्सेको छैन भन्ने म

ठान्छु। हिजो आफ्नो समेत पहलबाट सुरु भएको शान्ति प्रक्रियाको सफलता र स्थापित भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण मेरो लागि सबैभन्दा महत्वपूर्ण

कार्य हो।

यस कार्यलाई पूरा गर्न दलहरुको बीचमा हुने सहमतिबाहेक अर्को बाटो छैन। विधिसम्मत प्रक्रियाबाट बनेको व्यवस्थापिका–संसद्को बहुमत प्राप्त सरकार सहमतिका

आधारमा र विधिसम्मत प्रक्रियाबाट मात्र परिवर्तन हुनसक्छ भन्ने तथ्यमा सबैको ध्यान जानु आवश्यक छ। शान्ति प्रक्रिया कार्यान्वयन अगाडि बढाइयोस्, संविधान

निर्माणको सुनिश्चितताको भरपर्दो खाका प्रस्तुत गरियोस् र दलहरुको सहमतिको आधारमा अघि बढ्ने मार्गचित्र तयार गरियोस्। त्यस अनुसार सहमतिका साथ सहकार्य गर्दै

अघि बढ्न म सहर्ष तयार हुनेछु। तर, सहमतिलाई लत्याउँदै मुठभेडको मार्गतर्फ अग्रसर हुने हो भने त्यसको परिणाम देश, जनता र हामी सबैको लागि दुःखदायी हुनेछ।

यसले देशलाई अन्योल, अस्थिरता र सर्वसत्तावादतर्फ लैजानेछ र लोकतन्त्रमाथि गम्भीर आघात पार्नेछ। त्यसैले मुलुकलाई अस्तव्यस्तमा कुनै पनि सरकारले छोड्न

मिल्दैन।

लोकतान्त्रिक पद्धति, संवैधानिक र कानुनी व्यवस्थाको परिपालना, शान्ति सुरक्षा र अमनचैन कायम गर्न राज्यका सबै अंग र निकायको दायित्व हो। यस दायित्वलाई सबै

सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी र सेवाप्रदायक निकायले अविचलित रहेर पूरा गर्नैपर्छ। जनताको दैनिक जीवनमा आइपर्ने कठिनाइ, शान्ति प्रक्रियामाथि पर्ने प्रतिकूल

असर र संविधान निर्माण कार्यमा पर्ने व्यवधानसमेतलाई ध्यानमा राखेर मुठभेडको नीति परित्याग गरी एकीकृत नेकपा (माओवादी) लाई तत्काल आमहड्ताल फिर्ता लिएर

राष्ट्रिय सहमति र सहकार्यको दिशामा अघि बढ्न म आग्रह गर्दछु। नेपाल र नेपाली जनताको सुख, शान्ति, समृद्धि, अधिकार, स्वाभिमान र चाहना नै मेरो पनि चाहना र

गन्तव्य हो भन्ने कुरा म पुनः स्पष्ट र दृढताका साथ उल्लेख गर्न चाहन्छु।
धन्यवाद!