Friday, April 30, 2010
सरकारले निरन्तरता पाउने
Tuesday, April 27, 2010
अयोग्य लडाकु र बुर्जुवा शिक्षा

सत्ता कब्जा भ्रम र वास्तविकता
Monday, April 26, 2010
आन्दोलनै-आन्त्दोलन हडतालै-हडताल

संघीयताले देशलाई अन्तत विखण्डन गर्नेछ

Sunday, April 25, 2010
शिक्षा पनि वन्द

Saturday, April 24, 2010
लोकतन्त्र

लोकतन्त्र, कति लोकपि्रय शब्द । अहिले लोकतन्त्रको बजार मालामाल छ । बजारमा, सडक छेउमा, चियापसल वा स्टारहोटलमा गाउँघर वा खेतवारीको डिलमा, अफिसमा वा दोकानमा, लेक वा वेसीमा उकालीमा वा भञ्याङ्को चौतारीमा यत्रतत्र सर्वत्र लोकतन्त्रको मारामार छ । बडे विद्वान वा पटमूर्ख, शिक्षक वा विद्यार्थी, बालक वा वृद्ध, राजनेता वा कार्यकर्ता, किसान वा मजदूर, कर्मचारी होस् वा ब्रहम्चारी, कुटनीतिज्ञ होस् वा फूटनीतिज्ञ, सदाचारी होस् वा भ्रष्टचारी, कालाबजारी होस् वा सेतो बजारी, वक्ता होस् वा श्रोता सबैको मुखमा लोकतन्त्रको थैलो नै झुण्डिएको छ । रेडियो होस् वा टी.भी., एफ.एम होस् वा पत्रिका, गोष्ठि होस् वा परीसम्वाद्, बहस होस् वा खुला इजलास चारैतिर लोकतन्त्रै लोकतन्त्रको मारामार छ । देश भित्र होस् वा विदेशमा, साँझ होस् वा बिहान, आकाशमा होस् वा पातालमा सबैतिर लोकतन्त्रै लोकतन्त्र ।
गगन थापादेखि कमल थापासम्म, प्रदिप गिरिदेखि तुलसी गिरिसम्म, बुद्धिमानदेखि सितारामसम्म, गिरिजादेखि पशुपतिसम्म, प्रचण्डदेखि एम.वी.सिंहसम्म, गोविन्दराजदेखि चिरञ्जिवी र खुमबहादुरसम्म हाई ! हाई !! लोकतन्त्र, यत्रतत्र सवर्त लोकतन्त्रै लोकतन्त्र । चियाको चुस्कीमा होस् वा भातको गाससँग होस्, ममको स्वादमा होस् वा चाउमिनको चमेनामा होस्, वियरको वोतलमा होस् वा पानीको गिलासमा होस्, सिस्नो र सिन्कीको सितनसित होस् वा स्टार होटलको चौरासी व्यञ्जनसित होस् लोकतन्त्रको सितन विना घाँटीमै अड्केको प्रतित हुन्छ । वाह ! लोकतन्त्र, धन्य लोकतन्त्र । लोकतन्त्रको महिमा अपरम्पार छ ।ज्ञानेन्द्र र पारसलाई लोकतन्त्र, रुक्मागत र सूर्यबहादुरलाई लोकतन्त्र । सहिदहरूलाई लोकतन्त्र । सहिद बनाउनेलाई झन ठूलो लोकतन्त्र, हाई ! हाई !! लोकतन्त्र ।सात सालतिर एकपटक प्रजातन्त्रको हावा लागेको थियो रे । प्रजातन्त्रको महिमामण्डित गर्दा गर्दै नेपाली कांगे्रस प्रजातन्त्रवादी नै भएछ । त्रिभुवनदेखि वी.पी.सम्म, चन्द्रसमसेरदेखि सुवर्ण समसेरसम्म, महेन्द्रदेखि तुलसी गिरि र रायमाझीसम्म सातसाले प्रजातन्त्रमा सबै अटाएका थिए । सबैले स्वागत गरेको प्रजातन्त्र हाई ! हाई !! प्रजातन्त्रलाई चिनीया काजीको वली चढाएर प्रजातन्त्रको स्वागत अभिवादन गरे । राजादेखि रैतीसम्म, गरीबदेखि अमिरसम्म, पूँजीवाद देखि समाजवाद र साम्यवादसम्म सबै अटाउने प्रजातन्त्र हाई ! हाई !! । सात साले प्रजातन्त्र। व्ाह ! वाह !! प्रजातन्त्र । त्यो बेलाको प्रजातन्त्रको महिमा मण्डित गर्ने महापण्डितको मुखार विन्दुबाट प्रवचनका पवित्र वाणि सुन्न पाउँदा त्यो बेलाको मेरो बालसुलभ दिल प्रजातन्त्रप्रति हुरुक्कै हुन्थ्यो ।
प्रजातन्त्र, जनतन्त्र, जनवाद, लोकतन्त्र सबैको अर्थ एउटै भए पनि युग सापेक्ष शब्दको महिमा मण्डित हुने गरेको छ । दिल्ली सम्झौता पछि नयाँ दिल्लीबाट आयात गरिएको सातसाले प्रजातन्त्रको महिमा अपरम्पार थियो । राजाले जहाज चढाएर ल्याएको प्रजातन्त्र रैतीको हुने कुरै थिएन । त्यो बेला रैती विनसित्ती रमाए । रैतीको कित्ताका सहिदको थाप्लोमाथि श्रीपेचधारी सहिदगेटमा सजाएर प्रत्येक हिँउदको सात गते प्रजातन्त्रको श्राद्ध गरेर भोजभतेरमा रमाए । सातसाले बालक प्रजातन्त्र भर्खर दश वर्ष के पुगेको थियो, पुरेतहरूले पञ्चायती प्रजातन्त्रको नामाकरण गरे र नयाँ जामा पहिराइदिए । सातसाले प्रजातन्त्रको पालनपोषणको जिम्मा दरवारले लियो । तुलसी गिरिदेखि रायमाझीसम्म पालनपोषणमा खटिए । विचरा प्रजातन्त्र ! नारायणहिटीको चारदिवार भित्रको कैदी बन्यो । प्रजातन्त्रवादी बेरोजगार भए । जनवाद र प्रजातन्त्र दुबै शब्दले जुँगाको लँडाई त्यसैबेला लडे । बिरालोको झगडा ढेडुको लुट भन्ने उखान चरितार्थ भै हाल्यो । प्रजातन्त्रले जनवादलाई धारेहात लगायो, जनवादले प्रजातन्त्रलाई सराप्यो । बस, हाई ! हाई !! सत्रसाले पञ्चायती प्रजातन्त्र !! सूर्यबहादुरदेखि लोकेन्द्रसम्म, कीर्तिनिधिदेखि मरिचमानसम्म, महेन्द्रदेखि विरेन्द्रसम्म प्रजातन्त्रका प्रवर्तक र मसिहाबने । जनता जिल्ल परे । पञ्चायती प्रजातन्त्र मसिहा बन्यो । जनताको प्रजातन्त्र थला पर्यो । वी.पी.ले दरबार मोह त्याग्न सकेनन् र एकपटक फेरि राजसँग घाँटी जोडे । दरबार पसेर पञ्चायती प्रजातन्त्रलाई सुम्सुम्याए । जनतालाई आफ्नो प्रजातन्त्र कैदमा थलापरेको देखेर भित्रभित्रै झोक चलेछ र छत्तिस सालतिर एकपटक नारायणहिटीको बार भत्काएर भित्र छिर्ने प्रयत्न गरे । तर दरबार छिरेको वी.पी.को प्रजातन्त्र । सात सालमा श्री तीनमा दुई श्री थपेर श्री ५को हातमा प्रजातन्त्रको रखबारीको जिम्मा सुम्पेको दिल्ली सम्झौताको अमिलो स्वाद चाखेका जनताले छत्तिस सालको कथित जनमत संग्रहले जनतालाई तीन बल्र्याङ् पल्टाइ दियो । प्रजातन्त्र फेरि नारायणहिटी भित्रै कैदी बन्यो । प्रजातन्त्रवादी जिल्ल परे । 'मानिसले भूल एकपटक गर्छ तर प्रजातन्त्रवादीहरूले भूल किन दोहर्याउँछन् ?' एकजना किसानले सोधेका थिए । सातसातदेखि प्रजातन्त्रवादी भन्ने शब्दमा ने.का.को एकाधिकार वा प्रयायवाची भैसकेको थियो । म स्वयं एउटा स्वघोषित नेता भए पनि त्यसको जवाफ दिन नौ नाडी गले । के भनौं के भनौं भयो । आखिर बलबुताले भ्याएसम्मको जवाफ दिए तर ती किसानको चित्त बुझेको थिएन भन्ने कुरा मुखाकृति र मनोविज्ञानले प्रस्टैबताएको थियो । छयालिस सालमा जनताले ठूलै विद्रोह गरे प्रजातन्त्र दरबारबाट निकाल्न । जनता सार्वभौम भएभनेर प्रजातन्त्र र जनवादको व्यख्याताहरूले डंक पिटे पछि सोधिएको प्रश्न थियो त्यो । किसानको सरल र सोझो ब्रहृज्ञाननले अझै जनतको प्रजनतन्त्र दरबार भित्रै कैद छ, छयालिस साले प्रजातन्त्र पनि डमी प्रजातन्त्र हो भन्ने सास्वत सत्य बकिरहेको थियो । तर प्रजातन्त्र र जनवादका मसिहा मलामीहरू झूटो बोलेर जनतालाई झुक्याई रहेका थिए । हाई ! हाई !! डमी प्रजातन्त्र !!! सत्ता र सत्यको बीच कति ठूलो खाडल । सत्तामा पुगेपछि सत्यको सर्वनासै हुने रहेछ । सत्ता स्वार्थबाट रतन्धो भएको व्यक्ति वा पार्टीले सत्यको छेउटुप्पोको भेउ पाउनै सक्दैन । फेरि एकपटक सत्ताको स्वाद चाखेकाको त दुबै आँखा फूटी सकेको हुन्छ । साउनमा आँखा फुटेको गोरुले सधैं हरियो देखेझै एकपटक सामन्ती दरबारभित्र छिरेकाहरू पटकपटक उतै छिर्न बल गर्दा रहेछन् । उसको प्रजातन्त्र सत्ता हो । सत्ता बाहिर हुँदा प्रजातन्त्र सत्तामा पुगे पछि निरंकुशतन्त्र । तन्त्रको मन्त्र जपेर सत्तामा बस्नेले रूपमा रुपान्तरण गरेर ब्रहम्मलुट गर्न निकै सिपालु भएका छन् । अहिले दुनियाँमा सबभन्दा चर्को स्वरमा बुसको प्रजातन्त्र, मानवअधिकार र मानव सभ्यता चरमोत्कर्षमा पुगेको छ । अफगानिस्तानमा गर्भवती आमा, अबोध बालबालिका र निर्दोष जनताको हत्या गर्ने प्रजातन्त्र । इराकमा लाखौं जनताको हत्या गरेर सभ्यता र मानव अधिकारको रक्षा गर्ने बुसको प्रजातन्त्र । छिः कति घिनलाग्दो, डुङ्डुङ्ती गन्हाउने फिरंगी प्रजातन्त्र । नेपाली जनतालाई फिरंगी प्रजातन्त्रको आवश्यकता छैन, अमेरिकी प्रजातन्त्र हामीलाई चाहिँदैन । हामीलाई नेपाली लोकतन्त्र चाहिएको छ । सच्चा लोकतन्त्र चाहिएको छ । मौलिक र विल्कुलै नयाँ लोकतन्त्र चाहिएको छ । सत्तामा पुगेर सताउने लोकतन्त्र होइन सत्तामा पुगेर बदल्ने र बदलिने लोकतन्त्र चाहिएको छ । प्रजातन्त्रका पर्यायवाची शब्द खोजेर फूलबुट्टा सिंगारे झैं प्रयोग गर्ने परम्पराले पनि जनतालाई हैरान पारेको छ । सत्तामै भएको बेला स्टालिनको पालामा साथीहरूमाथि आन्तरिक जनवाद प्रयोग भयो । सत्ताकै दुरुपयोगको सन्दर्भमा आलोक र महाआलोक प्रवृत्तिहरू पनि देखिए । आन्तरिक जनवादको हत्या भयो । धन्य जनवाद ! २१औं शताब्दीको जनवादको झण्डै प्राणै खुस्केको !!! नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहास नै सामन्ती दरबारसित सम्झौता गरेर सत्तामा साझेदारी गर्ने परम्पराबाट सुरु भएको छ । वी.पींको समाजवादी प्रजातन्त्रले राजाको घाँटीमा घाँटी जोड्न पुग्यो । सामन्ती राजा एकपटक प्रजातन्त्रको प्रयाय बने । रजौटाहरू प्रजातन्त्रका अनुयायी रक्षक र पालनकर्ता । प्रजातन्त्र खाए पनि हुने, लगाए पनि हुने, सजाए पनि हुने । धन्य प्रजातन्त्र ! धन्य जनतन्त्र !! माओेको जनवाद र लेनिनको समाजवाद सत्ताबाटै म्यूजियममा सजाइयो । बुसको प्रजातन्त्र अफगानिस्तान र इराकमा मौलाएको नरवली र रगतले सिंचेको प्रजातन्त्रको महिमामण्डन गरेर मानव वधशालाको निर्माण हुँदैछ । धन्य प्रजातन्त्र ! धन्य मानवअधिकार ! वर्तमान विश्वमा मानवअधिकार, प्रजातन्त्र र आधुनिक सभ्यताको एक मात्र असल मसिहा अमेरिका मात्रै हो । नेपालमा प्रजातन्त्रको जग खन्न मोरियार्टी र उसका उत्तराधिकारी खटिएका छन् । भारतमा निकै पहिले फिरंगीहरू वेलायती प्रजातन्त्र बोकेरै आएका थिए । एशिया, अपि|mका, ल्याटिन अमेरिकी देशहरूमा फिरंगीहरू सयौं वर्षदेखि प्रजातन्त्र र सभ्यताको बीऊ छर्दै कहाँ पुगेनन् । हाल नेपालको द्वन्द्व व्यवस्थापनका लागि पनि उतैबाट खटिएका छन् रे प्रजातन्त्रको उन्नत बीऊ पनि अन्तैबाट आयात हुँदै छ रे । अमेरिकी शक्ति र सभ्यातामा हुरुक्कै हुने दास मनोदशाले मुलुकलाई कता लैजाने हो कुन्नी । इराकी जनताको लाशबाट निस्केको कुहिगन्धे बुश प्रजातन्त्र पैठारी गर्न तम्सेका अनुचरहरू र्याल काढेर बसेकै छन् । हावा, पानी, माटो सुहाउँदो लोकतन्त्रको बीऊ छर्न हामी नेपाली आफै सक्षम छौं । नेपालीहरू आफ्नै प्रकारको लोकतन्त्रको बीऊ विकास गर्न हामी पारंगत बनिसकेका छौं भन्दै र प्रयत्न गर्दै आएका छन् । नेपाली लोकतन्त्रमा फिरंगी ठिमाहको प्रदुषित बीऊ मिसिने पो हो कि भन्ने डरमर्दो भएको छ । अहिले नेपालमा फिरंगीहरू सिनोमा गिद्ध रमाए झैं रमाएको देखेर सच्चा लोकतन्त्रवादीहरू टोलाएर ओठ टोक्न थालेका छन्, गम्न थालेका छन् । अहिले नेपालमा लोकतन्त्र शब्द सबैको कर्णपि्रय बन्दै गएको छ । हिँजो लोकतन्त्रको उच्चारणसम्म गर्नेहरूलाई तथानाम गालिगलौज गरिन्थ्यो । विधिको विधान भनौं वा प्रकृतिको नियम अनौठौ छ दुश्मन मित्रमा रुपान्तरण हुने र मित्र दुश्मन बन्ने । आलोकहरू लोकतन्त्रका दुश्मन सिद्ध भए । उनीहरूको आन्तरिक जनवादले लोकतन्त्रवादीको एकपटक दोहोलो काढ्यो । आलोक्रहरूको अनुपस्थितिमा पनि अझै त्यो प्रवृत्तिले नयाँ रूपमा लोकतन्त्रवादीको हुर्मत लिन हुरुक्कै हुँदैछ । आलोकले आलोकको आदेशबाट बाँच्न सफल भएकाहरूले रवीन्द्रको उदयमा पनि दशहण्डर खाँदै कतिपयले जीवन गुमाए । कतिपयले बाँच्ने अवसर पाए । बिचरा लोकतन्त्र ! विचरा जनवाद ! प्रजातन्त्र वा जनतन्त्र । यी शब्दहरूले दुःख पाए । असली सारतत्वलाई आर्यघाटको चितामा जताएर राजा महाराजा वा साम्राज्यवादीहरूले दुनियाँका अगाडि प्रजातन्त्रको डंक पिटेर प्रहसन र पाखण्डको प्रदर्शन गरे र गर्दै आएका छन् । देश लोकतन्त्रमय भएको छ, गणतन्त्रमय भएको छ । संविधानसभा मार्फट लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने भनेर तिनै हिँजोका तुलसी गिरि, रायमाझी र मोरियार्टीहरू जनताको अग्रभागमा उभेर लोकतान्त्रिक गणतन्त्रको चर्को बखान गरेका छन् । गणतन्त्रको पक्षमा रगतको वली चढाई सकेका सहित परिवारको सामुन्ने उभेर लाजै नमानी आफुलाई सच्चा गणतन्त्रवादी भएको पाखण्डको भद्दा प्रहसन गर्न तम्सेका छन् । छिः छेपारोले रंग फेरेझै आफूलाई बदल्न कति जानेको । सिपालु भएर नै होला तीनै कालमा जनताको बोलीमा लोली मिलाएर झोली भर्न सफल भएको ।
जनता अब पुरानो धरातलमा होइन नयाँ यथार्थको खोजीमा छन् । नयाँ यथार्थबाट धेरै टाढा पुर्याएर माखेदाउ छोप्नेहरूको इतिहास बिर्सने भुल भयो भने फेरि पनि समयले सराप्ने छ । सात साले हाई ! हाई !! प्रजातन्त्र । फेरि पनि हाई ! हाई !! लोकतान्त्रिक गणतन्त्र नहोस् ।
युग बदलियो प्रवृत्ति बदलिएन, संसार बदलियो नेपाल बदलिएन जनता बदलियो नेता बदलिएन, कुर्चि बदलियो व्यक्ति बदलिएन, बोतल बदलियो रक्सी बदलिउन, कानून बदलियो प्रयोगकर्ता बदलिएन, सत्ता बदलियो कर्मचारीतन्त्र बदलिएन, आवरण र आझूषण बदलियो दिल बदलिएन, रूप फेरियो सारतत्व फेरिएन । यही इतिहासको बिडम्बना बोकेको नेपाली समाजमा सात सालमा प्रजातन्त्र जहाज चढेर आयो । प्रजातन्त्रको प्रसस्ती गाइयो । तर प्रजातन्त्रको आवरण आएछ, रूप दिल्ली तिरै छुटेछ । लामो कारावास पछि भारत छिरेका वी.पी.ले विचरा नेहरूसँग सायद मागेर प्रजातन्त्र ल्याउने प्रयत्न गरे, नेपाली जलसम्पदा सित साटेरै भए पनि ल्याउने प्रयत्न गर्दा गर्दै प्राण त्याग गरे । दिल्ली दरबार भित्र कैद भएको प्रजातन्त्रको डमी मात्रै दरबार छिरेको रहेछ । हाई हाई प्रजातन्त्र । बादशाह नागै रहेछ । यो इतिहास हो । इतिहासको तितो सत्य यही हो । अहिले लोकतन्त्रको महिमामण्डन गर्नेहरू लोकतान्त्रिक गणतन्त्रको बखान गरेर नेताहरूले जनताको असली लोकतन्त्र, जनतन्त्र, जनवाद वा प्रजातन्त्र फेरि पनि दरबारभित्रै कैद गर्दैनन् भनेर कसरी विश्वास गर्ने ? बैशाख एघार गते राती नारायणहिटी भित्र भएको गोप्य मन्त्रणा भित्र इतिहासको पुनरावृत्ति हुँदैन भनेर विश्वास गर्ने आधार के हो ? श्रपिेज लगाउने राजा गए पनि फेरि श्रपिेज नलगाएको राजाले समस्या पर्नेत होइन ? यो अनजान नेपालीको भित्री आवाज हो ।
Wednesday, April 21, 2010
राष्ट्र को संबेदनशिल अबस्था र हामी
आज पनि निर्णय गरेन है !

Tuesday, April 20, 2010
यीनले संविधान त के वनाउन !
संविधान सभाको म्याद थप्न सबै दल आन्तरीक छलफलमा जुटेका छन् यसै क्रममा नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सानेपा स्थित पार्टी कार्यालयमा वसीरहेको छ । उसले संविधानसभाको म्याद थप्ने कि नथप्ने र थपे कहिलेसम्म थप्ने भन्ने विषयमा छलफल भइरहेको वताइएको छ । यसै विषयमा छलफल गर्न नेकपा माओवादी स्थाई समितिको बैठक पनि बसिरहेको छ । यही विषयमा भएको नेकपा एमालेको स्थायी कमिटिको वैठकले संविधानसभाको म्याद नथपेमा टाउकोले टेकेर हिडे पनि जेठ १४ मा संविधान निर्माण गर्न नसकिने निर्णय गरिसकेको छ । उसले संविधानसभाको म्याद थप्नुपर्ने र आफ्नै पार्टीको नेतृत्वमा संविधान वनाउनुपर्ने वताएको छ ।Sunday, April 18, 2010
साच्चिकै हो त जनविद्रोह ?

संघीयता र भाबि नेपाल
नेपालको अन्तरिम संबिधान २०६३ मा संघीयता भन्ने सब्द परेदेखि नै यो अत्यन्तै बिबादास्पद शब्द बनेको छ।अनेक पार्टीको निर्णयमा संबिधानसभाको चुनाबसम्म आइपुग्दा संघीयता निर्बिकल्प सब्द जस्तो देखिन आए पनि स्वयम पार्टीका नेता समेत संघीयता ले दिने दुस्परिणाम प्रती आश्वस्त देखिन सकेका छैनन। जनतामा ब्यापक अन्योल छाएको छ। हिँजो बहुदल आएपछी देशमा कायापलट हुन्छ भन्नेहरु लोकतन्त्र ,गणतन्त्र भन्दै आफ्नो लाज छोप्न संघीयता आएमा देशै स्वर्ग हुने हल्ला फिँजाउँदै हिँडेका छन अर्को तर्फ कतिपय पार्टी जातिय आधारमा प्रदेश बाँड्दै हिँडेका छन। तर संघीयता जस्तो जटिल बिषय पर्याप्त बहस र छलफल बिनानै देशमा यति सजीलै भित्राइएको छ कियसको दुष्परिणाम को बारेमा कसैलाइ सोच्ने फुर्सद समेत भएको देखिएको छैन। के संघीयता देशको आबश्यकता हो त? यदि संघीयता उपयुक्त छ भने कस्तो आधारमा संघीयता उपयुक्त हुन्छ भन्ने बहस चल्दै नचली कतिपय पार्टी एकतर्फी रुपमा जातिय राज्य घोषणा गर्दै हिँड्ने कतिपय पार्टी एक मधेस एक प्रदेश भन्दै हिँड्ने जस्ता र अन्य पार्टी कुनै ठोस निती बनाउन नसक्ने र अरुको बिरोधमै आफ्नो अस्तित्व देख्ने खालका राजनितिक गाइजात्रा मन्चन को मनोरन्जन लिन सक्ने परिस्थिती छैन किनकी यस्ता राजनितिक त्पट्याङले देशको भबिष्य सुनौलो होइन अन्धकार मात्र पार्नेछ। त्यसैले यस्ता महत्वपुर्ण बिषयमा पर्याप्त बहस थाल्नु आबस्यक छ। एकथरीको भनाइ छ कि संघीयता संबिधानमा लेखिसकिएको छ त्यसैले अब संघियताको बिरोध ब्यर्थ छ। यसो भन्नेले बुझुन जब जनचाहनालाइ संबिधानले सम्बोधन गर्न सक्दैन तब संबिधान संबिधान रहँदैन मात्र कागजको खोष्टो रहन्छ त्यो च्यातिन्छ जलाइन्छ कबाडीलाइ बेचिन्छ। त्यसैले संबिधानमा लेखिनु मुख्य कुरा होइन जनचाहना मुख्य कुरा हो। संबिधान का आडमा राणासाषन टिकेन पन्चायत अडिएन राजतन्त्र रहेन त्यसैले संबिधानमा संघियता लेखिदैमा बिरोध गर्न नपाउनु भन्नु सत्चालिसको संबिधान अनुसार राजतन्त्र अपरिबर्तनिय भन्नु जस्तै हो। अर्को थरिको तर्क छ संघियता ले देशमा बिकास ल्याउँछ बिकेन्द्रिकरण ल्याउँछ। यो पनि अर्को गलत तर्क हो। अहिले सम्मको देशको समस्या सामन्ती केन्द्रिकृत ब्यबस्था हो एकात्मक ब्यबस्था होइन। तर एकात्मक र केन्द्रिकृत राज्य लाइ एकै भनेर ब्याख्या गर्ने प्रयास भएको छ। बुझ्नु पर्ने कुरा के हो भने एकात्मक राज्य मा सार्बभौमसत्ता का साथमा केही महत्वपुर्ण र बाँड्न नमिल्ने जस्तै मौद्रीक निती, पररास्ट्र निती र सुरक्षा निती लाइ केन्द्रमा राखेर अन्य सम्पुर्ण स्थानमा दिन सकिने ब्यबस्था हो भने केन्द्रिकृत ब्यबस्था चाहिँ सम्पुर्ण अधिकार सिमीत स्थानमा राखिएको ब्यबस्था हो। त्यसैले केन्द्रिकृत राज्यको प्रतिस्थापन संघात्मक प्रणाली ले मात्र होइन बिकेन्द्रिकरण सहितको एकात्मक राज्य प्रणालीले पनि गर्न सक्छ भन्ने बुझ्नु आबस्यक छ। अर्को प्रस्न जातिय उत्पिडन को छ। र जनजातीले आफ्नो उत्पिडनबाट पार पाउने उपाय संघियतालाइ नै देखेका छन। र यो कुरा आफुलाइ मार्क्सबाद बाट उत्प्रेरित र बर्गिय मुक्ती आन्दोलन मा बिश्वास गर्छौँ भन्ने तप्का बाट जोडतोडले उठेको छ। यस बिषयमा थप प्रष्ट हुनु आबस्यक छ। राज्यको सोषण कुनै जातिबिशेष भन्दा पनि बर्गिय चरित्रको हुन्छ। आज सोषकको पगरि गुथाइएका बाहुन क्षेत्री मा पनि सोषित उत्पिडित बर्ग छ जो अझ कुनै अबस्थामा जनजातीबाटै पनि उत्पिडनमा परेका घटना पनि छन। तसर्थ जातिय राज्य जातिको सोषकलाइ छोटेराजा बनाउने प्रकृया मात्र हो। अर्को तर्फ नेपालमा कुनै पनि ठाँउमा कुनै जातिबिशेषको बाहुल्यता छैन। त्यस्तो अबस्थामा त्यहाँ रहने अन्य जातीलाइ कसरी आश्वस्त पार्न सकिन्छ। यो त नदुखेको टाउको डोरी बाँधेर दुखाएझैँ झन जातिय बिग्रहमा जाने बाटो भएन र? अर्को तर्फ राज्यमा सभैभन्दा पिडित दलित लाइ राज्य नचाहिने? अनि कुन जातिले पाउने कुनले नपाउने खै बिश्वसनिय आधार? जातिय राजनितीको छिटफुट परिणाम देखिन थालिसकेका छन। आफ्नो जातिय प्रदेशमा अरु पस्न पनी नपाउने मध्ययुगिन प्रयोग सुरु भएका छन। काठमाँडौमा राजमोको संघियता बिरोधी बन्दमा नेवार ले नेवा प्रदेशमा आफ्नो अनुमति बिना कसैले कार्यक्रम गर्न नपाउने र नेवा प्रदेशमा संघीयताको बिरोध गर्न नपाइने भन्दै प्रदर्सनकारीको नाक काट्ने सम्मको काम भयो। यि त सुरुवात मात्र हो हेर्दै जाउँ अझै के के देखिने हो। अर्को तर्फ नेकपा मसाल को बैधानिक मोर्चा राष्ट्रिय जनमोर्चा भने संघियताको बिरोध गरिरहेको छ। राजमोका अध्यक्ष चित्रबहादुर केसी संबिधानसभा देखी सडकसम्म संघियताको खोइरो खनिरहेका छन। संघियता को निर्णय ठिक या बेठिक भन्ने कुरा इतिहासले पक्कै देखाउला तर संघियता को बारेमा पर्याप्त बहसको दिशामा देशलाइ लान सके भने राजमो को आन्दोलन र चित्रबहादुरको योगदानलाइ राष्ट्रले उच्च महत्वका सात सधै सम्मान गर्ने छ।फेरि बन्द !

आफ्ना कार्यकर्तामाथि आक्रमण गर्ने वाइसिएल कार्यकर्तालाई कारवाहीको माग गर्दै नेपाल विद्यार्थी सङ्घले आज आह्वान गरेको नुवाकोट बन्दका कारण जनजीवन ठप्प बनेको छ। बन्दका कारण यातायात सेवा र शिक्षण संस्थासमेत बन्द भएका छन्। गत चैत २९ गते वाइसिएलबाट नेविसङ्घका कार्यकर्तामाथि भएको आक्रमणमा संलग्न दोषीलाई कार्वाहीको माग राख्दै नेविसङ्घले आज नुवाकोट बन्दको आयोजना गरेको हो।
वागेश्वरी उच्च मावि विद्यालय व्यवस्थापन समितिको निर्वाचनको विषयलाई लिएर वाइसिएलले आक्रमण गरेको एक साता बित्दासम्म प्रशासन कार्वाही गर्नेतर्फ मौन सेको आरोप लगाउँदै नेविसङ्घले दवावस्वरुप जिल्ला बन्दको आयोजना गरेको नेविसङ्घ जिल्ला अध्यक्ष मछिन्द्र खड्काले बताउनुभयो।
बन्दले बिहानैदेखि पासाङल्हामु मार्गको त्रिशूली- काठमाडौं र त्रिशूली-धुन्चे सडक खण्डमा कुनै सवारी साधन चलेका छैनन् भने नयाँ शैक्षिक सत्रसँगै सुरु भएको विद्यालय समेत बन्द भएको छ। बन्दले जिल्लाका प्रमुख व्यापारीबजार त्रिशूली र बट्टारका साथै प्रशासनिक क्षेत्र विदुरका पसल समेत बन्द भएको छ। स्रोत:रासस
अव देश कता जाने ?

Saturday, April 17, 2010
Better late than never

Thursday, April 15, 2010
एक पटक फेरी २०६६ लाई हेर्दा
