Saturday, June 19, 2010

मेनुका टाउको निहुँर्याएर सुन्दै थिईन्

रुपा नामले मात्र होइन वास्तविक रुपमा नै निकै राम्री थिई । काली–काली
हिस्सी परेकी, सलक्क परेको जिउडाल र यौवनले भरिपूर्ण शरीर भएकै कारणले
होला गाउँका सम्पूर्ण युवकहरु रुपा भनेपछि मरिहत्ते गर्ने गर्दथे ।
रुपालाई आर्कषित गर्नका लागि मञ्चित नाटकहरु हेर्न निक्कै रोमाञ्चकारी
हुने गर्दथ्यो । उनिहरुले रुपालाई लोभ्याउनका लागि गरको सहयोग सबै नक्कली
लाग्दथ्यो । रुपा आफैंलाई पनि आफ्नो सौन्दर्यतामा गर्व थियो । छिन्–छिनमा
ऊ ऐनाको अगाडि बस्ने गर्दथी । ऐनामा आफ्ना सम्पूर्ण सुन्दर शरीर
धीतमरुञ्जेल नियाल्दा एकप्रकारको लज्जाको अनुभूति हुने गर्दथ्यो, हाँसोका
विम्बहरु उतार्ने गर्दथी ।

झन् क्याम्पस आउँदा–जादाँका पलहरु निकै अविष्मरणीय हुने गर्दथ्यो ।
बाटामा क्याम्पसे केटाहरुले जिस्काउने गर्दथे । रुपा त्यसको मौन समर्थन
गर्ने गर्दथी । कति पनि प्रतिकार गर्दिनथी । लज्जालु मुस्कान छाडेर
निरुत्तर बनेर हिँड्दा ती केटाहरुले एकप्रकारको समर्थन पाएको सम्झन्थे ।
घर आईपुगेपछि ऊ बाटो भरिका रमाइला पलहरु सम्झेर मुस्कुराउने गर्दथी ।
उसलाई सधैं त्यहि बाटो नै प्यारो लाग्दथ्यो । ऊ त्यो बाटोलाई एकप्रकारको
प्रेम गर्दथी अथवा भनौं त्यो बाटो दिनमा एक दिन नहिँडी चित्तै बुझ्दैन
थियो ।

अरुणसँग उसको नजिकको सम्बन्ध छ । उसले अरुणलाई भाइ मानेकी मानेकी छे ।
प्रत्येक भाइटीकामा अरुणको निधार रङ्गिने गर्दथे उसका हातहरुबाट । सायद
आफ्ना दाजुभाइ नभएकैले होला निकै प्रेम गर्दथी ऊ अरुणलाई । अरुण उसको घर
पटक–पटक जाने गर्दथ्यो । यी दुई एकदिन नदेख्दा नै छट्पटिन पुग्थें ।
प्रत्येक दिन र रातहरु सँगै हुने गर्दथे । हाँसी–मज्जाक गर्दा गर्दै
समयले नेटो काटेको पत्तै हुदैन थियो ।

अरुण पनि उसलाई निकै प्रेम गर्ने गर्छ । सधै उसको छत्रछायाँमा बस्न
रुचाउँछ । प्रत्येक पल अरुण उसको सुन्दरताको खुलेर प्रशंसा गर्ने गर्दछ ।
सायद यहि कारणले होला रुपालाई अरुण निकै प्यारो लाग्ने गर्दछ । क्याम्पस
जान लाग्दा रुपालाई अरुण नभई हुदैन । ऊ अरुणले ‘राम्रो देखिएको छ !’
नभनेसम्म घरबाट बाहिर निस्किदैनथी ।

रुपालाई आफू बन्धनमा बाँधिएको छु जस्तो लाग्थ्यो । प्रत्येक समय आफूलाई
ठूला–ठूला पर्खालहरुकाबीच कैदमा पारिएको अनुभूत गर्ने गर्दथी । आफूलाई
घरमा पिँजडामा राखेर थुनिएको सुगाझैँ सम्झिन्थी । क्याम्पस समयबाहेक
उसलाई घरको चौघेराभन्दा बाहिर जान छुट थिएन । ऊ आफु सँगैका साथीहरु
आफूभन्दा निकै स्वतन्त्र भएको ठान्दथी । आफ्ना साथीहरुलाई जहाँ पनि जान
छुट भएको तर आफुलाई कहिँ जान पनि छुट नभएको भनेर आत्मालोचित हुने गर्दथी
। यसैकारणले होला ऊ आफ्ना रहरलाग्दा सम्पूर्ण इच्छाहरु दबाएर राख्ने
गर्दथी । क्याम्पस पार्कहरुमा प्रेमीप्रेमिकाहरु अँगालोमा बाँधिएर
प्रेमकर्म गरेको देख्दा इर्ष्या लाग्ने गर्दथ्यो उसलाई । एक मनमा त
आफूलाई प्रेम गर्ने प्रेमी खोजु जस्तो लाग्ने गर्दथ्यो तर डराउने गर्दथी
त्यसबाट उब्जने परिस्थितिहरुसँग ।
०००
रुपाकी आमा मेनुकाका दिनहरु सधैं फुर्सदिला भएर बित्ने गर्दथे । आफ्नो
श्रीमान् विदेशमा भएका कारण खर्चका लागि अरु कहाँ धाउनुपर्दैन थियो । उनि
गाउँकै गन्यमान्य पार्टीको सक्रिय कार्यकर्ता थिइन् । उनलाई जहिल्यैं
बिहान ६ बजे चिया पसलमा बसेर पार्टीका लगायतका कुराहरु गर्न अभ्यस्त
हुन्थ्यो । थोर–बहुत राजनीतिबारे प्रशिक्षित भएकी उनि आफूलाई सभ्य र
अरुलाई असभ्य भन्ने बानीले गाउँका दिग्गजहरुले मनपराउँदैनथे । एक्लो हठ
गर्ने बानीले गर्दा गाउँका शिक्षित महिलाहरु उनकोको अज्ञनता देखेर मनमनै
खिल्ली उडाउँथे । उनी आफैलाई पनि विना जानकार प्याच्च बोल्ने बानीले धेरै
चोटी लज्जित बनाएको थियो । आफ्ना कमजोरीहरु पत्ता लगाई चिया पसलमा बसेर
गफिएको देख्दा गाउँका महिलाहरुले ‘कुरा काट्ने आईमाई’को पगरी लगाईदिएका
थिए।

रुपालाई निकै कडाई गर्थिन् उनि । उनि छोरीहरु स्वतन्त्र भए बेइज्जती
बाहेक केही हुँदैन, । उनिहरुलाई आत्मनिर्णय अधिकार दिनुहुँदैन लगायतका
सोचाई राख्ने गर्थिन् । छोरीले गरेका हरेक कुराहरुमा बन्देज लागाउँथिन् ।
गाउँमा सानै उमेरमा आफु खुसी बिवाह गर्ने लहड चलेको थियो । यस्तै
विषयप्रति असान्दर्भिक रुपमा उनि छोरीलाई सजग गराई राख्ने गर्थिन्,
“फलानो जस्तो गरी पोइला हिँडिस् भने तेरो के हुन्छ थाहा पाउनेछेस् तैँले
!”
०००
भुँइमा तासहरु असरल्ल छरिएका थिए । मेनुका आफ्ना साथीहरुसँग तास खेल्नमा
अभ्यस्त थिइन् । साथीहरु चाहिँ छिमेकीका बारेमा कुरा गर्दै थिए । उनि भने
घरेलु मदिराको चुस्की लिँदै तुरुन्तै प्रतिक्रिया जनाई हाल्थीन्, “हैन,
मान्छेको कसरी मन बद्लिन्छ हँ । एकजनासँग बिहे गरेर जीवन सुम्पिदिई
सकेपछि फेरी अर्कोसँग किन जीवन सुम्पिदै पोइला जानु ? यो आईमाईको जात त !
....फेरी त्यो वीरले किन बुढी आईमाईलाई बिहे गरेको होला ? मोराले अरु
केटी देखेन !” उनका कुरामाथि अरुहरुले हो मा हो मिलाउँथे ।
“तिमीहरुलाई थाहा छ आज कान्छी त पोइला गइछ । भर्खर १५ वर्ष के लागेकी थिई
! के हतारो परेको त्यसलाई ! फेरी आफूभन्दा डबल उमेरको आर्मीसँग !”
“के–के सुन्नुपर्छ यो कानले ? हैन त्यसले आर्मी जस्तो बोकालाई छान्नुपर्छ
? तालपरे सय वटा बिहे गर्छन यी आर्मी बोकाहरु । ठिक्क पर्यो त्यसलाई !
अस्ती मसँग मुखमुखे लाग्दै थिई वेश्या ! ।”
“जवान छोरीलाई ठेगानमा नराख्दा यस्तै हुन्छ । लखर–लखर चारैतीर कुदी
हिँड्थी । छोरी होस् तपाईकी जस्तो !” आफ्नो छोरीको प्रशंसा गरेकोमा
मेनुकालाई गर्वको महसुस भयो ।

रुपा खाटमा बसेर आफ्ना आमाको कुरा सुनिरहेकी थिई । उसलाई भित्रभित्रै डर
लागिरहेको थियो आफुबाट कहित्यै त्यस्तो प्रकारको कार्य नहोस् भनेर । हात
खुट्टाहरु मन्द–मन्द गतिमा कापिरहेका थिए, आफु दोषी ठहरिने डरले । मनमा
चिसो परिरहेको थियो ।
अकस्मात् रुपाले वाक्–वाकी गरी । मेनुका साथीहरु तीनछक्क परे । मेनुकालाई
शंका लाग्यो । मनमा डर–डरको अनुभूति गरायो उसलाई । रुपा भने बाहिर गएर आई

“ए ! के भो तलाई”
“केही भा’को छैन मम्मी !”
“केही भा’को छैन भन्छस् । म थाहा पाउँदिन ?” मेनुकाले छोरीको मन तौलिन
खोजिन् । रुपा चुप लागेर बसिरही । डराए जस्तो गरी । टाउँको निहुराई ।
अनुहारमा हेर्न सकिन । टाउँको निहुँरिई रहिँ ।
छोरी यसरी निँहुरिएको देखेर मेनुका जोडले कराइन्, “कसले गर्यो यस्तो तलाई
। भन् न कोसँग सुतिस् ?” मेनुकाले शंका गर्दै अँध्यारोमा जाल हालिन् ।
रुपाका सम्पूर्ण शरीर डरले काम्न थाले । सुकुसुकाउँदै रहि । मेनुकाको
रिसले कन्पारो तातिएर आयो । आफूले गरेको शंका वास्तविक हुन लाग्दै थियो ।
सहन सकिनन् । अनायासै रुपामाथि हातहरु बजार्न थालिन् ।
“को हो त्यो ?”
“अरुण”
रुपाले अरुणको के उच्चारण गरेकी थिई । मेनुका छाँगाबाट खसेझैँ भईन् ।
सिमेन्टीमा बजारिएको जस्तो भयो । सोच्दै नसोचेको मानिसबाट यस्तो हुन्छ
भनेर सोचेकी थिइनन् । स्तब्ध भईन् । केही बोल्नै सकिनन् । सधैं केही न
केही बोलीराख्ने बोलक्कड मेनुका यतिखेर मौन थिइन् । साथीहरुले मौनताको
भङ्ग गर्दै आश्चर्यमा परिरहेका थिए । उनिहरु पनि मौन थिए ।
०००
ब्रेन्चमा तीन पात्रहरुलाई राखिएको छ मेनुका, रुपा अनि अरुण । वरिपरि
मान्छेहरु जम्मा भएका छन् । सबै एकअर्काका मुखामुख गर्दै कुरा गर्दै थिए
। कतिले ‘जोशमा होश गुमाएपछि यस्तै हुन्छ’ भन्दै थिए । मेनुकाका विरोधी
भनिनेहरु अनेक लाञ्छनाहरु लगाउँदै पालोको पैचो गर्दै थिए । रुपालाई
अरुणसँग जिम्मा लगाईदै थियो । मेनुका यस्तो दृश्य हेर्न सकिरहेकी थिइनन्
। केही गर्न नसक्ने गरी लाचार बनेर टाउको निहुँर्याएर सबै सुन्दै थिईन् ।
Rajesh Budhathoki

Monday, June 7, 2010

मेरो सलाम छ कृति !

जहिल्यै टाउँको निहुँर्याएर हिँड्ने गर्थिन् ऊनि । होचो कद, हिस्सी परेकोचेहरा अनि निलो कुर्ता सुरुवालमा उनी निकै सुन्दर देखिन्थिन् तर टाउँकोनिहुँर्याएर हिँड्ने उनको अचम्मको बानी थियो उनको । जो कोहिले हेर्दापनि यो अनुमान लगाउन सक्थ्यो कि उनी कुनै कुरादेखि सशंकित छिन् । उनको रमेरो क्याम्पस एउटै थियो । उनी यसैपाली कक्षा–११ शिक्षा संकायमा भर्नाभएकी थिइन् । म भने सोही क्याम्पसको रैथाने थिए एकवर्ष देखि ।
जाँदा–आउँदा सँगै हुने गर्दथ्यौ हामी अर्थात जाने–आउने हाम्रो बाटो एउटैपर्ने गर्दथ्यो । टाउँको निहुँर्याएर हिँड्ने गर्नाले मैले बोलाउन खासैचासो राखेको थिइन उनलाई । मलाई अपरिचित मान्छे जो कोहीसँग बोल्न पनिहिच्किचाहट हुने गर्दछ । यो मेरो राम्रो या नराम्रो स्वाभावै होला तर मउनलाई बारम्बार नियाल्ने गर्दथेँ ।
म पटक–पटक मेरो समकालीन साथी ‘रसिक’को घरमा जान्थेँ । हामी सँगै एउटैकक्षामा अध्ययन गर्दथ्यौं । अक्सर सँगै भएर अध्ययन गर्ने गर्दथ्यौं अनिपरीक्षाको तयारी पनि सँगै बसेर गर्ने गर्दथ्यौं । रसिकको घरबाट उनको घरनजिकै पर्दथ्यो अर्थात रसिकको घरबाट उनी के गर्दै छिन् भन्ने कुराप्रष्टै देखिने गर्दथ्यो । अक्सर नियाल्ने गर्दथेँ म उनका कृयाकलापहरुलाई।
उनका दुई भाइहरु थिए । भाइहरुलाई नुहाई दिने, सरसफाई गरिदिने, घर सफागर्ने, खाना पकाउने, फुलबारी गोडमेल गर्ने लगायतका कामहरु गर्न उनीअभ्यस्त हुने गर्दथिन् । तर उनी घरमा अध्ययन चाहिँ कहिल्यै देखेको थिइन ।
सायद यसलाई संयोग नै मान्नुपर्छ । एकदिन उनी र म घर सँगै फिर्दै थियौं ।अझैपनि बोलेका थिएनौ हामीहरु । वातावरण अन्धकारमय हुन लागेको थियोअर्थात पानी पर्न लागेको थियो । हावा हुण्डरीले बाटाका धुलोहरु उठाउँदैथियो । मान्छेहरु आँखा चिम्मा गर्दै हिँड्दै गरेको देखिन्थो । मलाई पनिखुल्ला रुपमा हेर्न गाह्रो परिरहेको थियो । अनायासै एक्कासी पानी पर्यो ।मसँग छाता थियो उनी भिज्न लागिन् । मैले छातासँगै ओढ्न आग्रह गरेँ । उनीमसँग छाता ओढ्न आईन् ।
मैले परिचयको सुरुवात गरेँ, “बहिनी तिम्रो नाम केहो ?”उनले एकछिन् पछि विस्तारै जवाफ फर्काइन्, “हजुर दाई मेरो नाम कृति हो ।’’मैले अरु कुरा थपेँ, “मलाई तिमी अचम्मको लाग्छ, खै किन हो ? तिमी किनखाली टाउँको निहुँर्याएर हिँड्छौं ?”उनी एकछिन् चुपचाप बसिन् अनि केहि समय पछि उत्तर दिईन्, “हैन, म योकलेजमा भर्खर आएको हुँ । मैले कसैलाई चिनेको छुइन ।” यसबाहेक हामीबीच थपकुराकानी भएन । पानी शिथिल भई सकेको थियो । मेरो घर जाने बाटो अलग भएकोकारण मैले विदाई मागेँ । उनी पनि आफ्नो घर तीरको बाटो लागीन् ।
कृति निकै दिन क्याम्पस आईनन् । लगभग आधा महिना नै भयो होला उनको अनुहारक्याम्पस र बाटाहरुमा देखिएन । मलाई लाग्यो उनी बिरामी परिन् होला नत्रयत्रो दिन क्याम्पस त नछोड्नु पर्ने हो ! मनमा एकप्रकारको खुलदुली भईरहेको थियो । मैले उनलाई विगत ६ महिनादेखि नियाली रहेको थिएँ ।
एकदिन, सायद त्यो दिन बुधबार थियो होला । मैले उनलाई क्याम्पस छेऊमा भटेँ। मलाई देख्ना साथ उनी हल्का मुस्कुराईन् अनि मलाई आफुतीर बोलाईन् । फेरीसशंकित भएको जस्तो गदै भनिन्, “दाई, तपाईसँग एउटा जरुरी कुरा गर्नु छ ।”मैलै उनलाई सरल बनाउँदै भनेँ, “के कुरा हो ! निर्धक्क साथ भनन् डराउँनु पर्दैन् !”एकछिन उनी बोल्न सुरु गरिन्, “दाई, खै किन हो तपाईप्रति मलाई एकदमैविश्वास लागेर आउँछ । तपाईलाई म श्रद्धा गर्छु । दाई, थाहा छैन म के गर्नलागीरहेकी छु तर म जे गर्दै छु ठिक गर्दैछु जस्तो लाग्छ । मेरो हृदयले नैयो कार्यमा मलाई निर्देशित गराएको छ । म निकै ठूलो समस्यामा परेको छु ।दाई, मेरो बाबा टेम्पो चलाउनुहुन्छ । मेरो बुवाले कान्छी मम्मी विवाहगर्नुभएको हो । कान्छी ममीको एउटा छोरा छ अनि मेरो एउटा भाइ छ । कान्छीमम्मीले मलाई दिनरात कुटिरहनु हुन्छ । विनाकारण गल्ती देखाई ठूला–ठूलाचिपर्ट र दाउराहरुले मलाई यातना दिई रहनु हुन्छ । यसबारे मैले बाबालाईभने तर उहाँले केही सुन्नुभएन । कान्छी मम्मीले क्याम्पस पनि नजाभन्नुहुन्छ अनि ‘तलाई पढाउने पैसा छैन हामीसँग !’ पनि भन्नुहुन्छ । मघरबाट कहिँ पनि नगई घरकै कामहरु गरेर बस्छु तर मलाई मम्मीले विभिन्नआरोपहरु लगाएर खाली गाली मात्र गरिरहनु हुन्छ । मलाई कुटेको देखेरछरछिमेकीहरु पनि अतालिएको जस्तो गर्छन् तर नकुट्नुहोस् भनेर कहिल्यैभन्दैनन् । दाई सम्पूर्ण रुपमा हारेको छु । म विवश छु । अब मैले केगर्नुपर्छ सो मलाई थाहा छैन् । कतिपल्ट आत्महत्या गर्न खोजेँ तर भाइलेमलाई रोक्यो । म मेरो आफ्नो भाइलाई प्राणभन्दा माया गर्छु ।”
“दाई थाहा छैन मेरो बाटो गलत छ या सही । म स्वतन्त्रपूर्वक बाँच्नचाहन्छु । म भय र डर रहित भएर जीउन चाहन्छु । दाई अब म छिट्टै मेरोसाथीको भाइसँग विवाह गर्दैछु । मेरो दुःख र वेदनाहरुलाई उसले देखेको छ ।मलाई असाध्यै धेरै प्रेम गर्दछ उसले । उसका परिवारहरुले पनि मलाईबुहारीका रुपमा स्वीकार गर्ने गएका छन् । दाई तपाईलाई लाग्ला यो गलत कुराहो । तर मसँग अरु कुनै बाटो छैन । म त्यो जन्जीरबाट सधैँका लागि छुटकारापाउन चाहन्छु । मैले जीवनमा धेरै सपनाहरु सजाएकी थिएँ तर त्यी सपनाहरुसबै भताभुङ्ग भएर गए । विवशता र लाचारिपनाले घाँटी निमोठ्न थाल्यो मेरो ।अब म जीवनको खोजीमा छु ।”
म स्तब्ध भएँ । केही भन्नै सकिन् । उसले चालेका पाइलाहरु सही छन् या गलत? मलाई केही ज्ञान छैन । मान्छे किन क्रुर हुन्छ ? आफैँलाई प्रश्नगर्दैछु यतिखेर तर उत्तर भेट्टाउँदिन कहिँ पनि । धिक्कार छ तिमीहरुलाईज–जसले उनका सपनाहरु खोस्यौ । तिमीहरु बाँच्न र केही गर्न चाहनेहरुलाईघाँटी निमोठ्न खोज्छौं अनि धर्तीका बोझहरु र अर्काका खुसी लुट्नेहरुलाईतिमीहरु समर्थन गर्दछौं । बाहिर–बाहिर सदाचार भाषण गर्दै हिँड्ने अनिभित्र–भित्रै क्रुर र अमानव बन्ने तिमीहरुको द्वैध चरित्र देखेर घीनलागेको छ मलाई । आमा र बाबाको पगरी लगाएर सर्वोच्च ठान्छौ आफुहरुलाई तरछोराछोरीप्रतिको कर्तव्य र दायित्व पोली खाने तिमीहरुको जीवन धिक्कार छ ।बच्चा जन्माए पनि सबै कुरा पुग्छ ? छोराछोरीहरु तिमीहरुका वासना र यौनकोउन्मादले भरिएको रोमान्टिक रातको प्रतिफल हो कि कर्तव्य, प्रेम अनि रहरको? प्रश्नको उत्तर छैन तिमीहरुसँग । किनभने तिमीहरुले धेरै बुझेका छौ अनिबुझ पचाएका छौं । मूल्यहीन र अर्थहीन छ तिमीहरुको जीवन । तिमीहरुलाईकृतिको हृदयले सरापेको छ । तिमीहरुले कहिल्यै पार पाउँदैनौ यसबाट ।
प्रिय बहिनी कृति, तिमी अहिले कहाँ छौं मलाई थाहा छैन् । विवाह पछिएकपल्ट मात्र तिमीलाई देखेको हुँ । तिमी निक्कै खुशी देखिन्थ्यौ त्यतिखेर। उज्यालो अनुहार अनि रातो साडीले तिमीलाई निक्कै सुहाएको थियो । तिम्रोअनुहारका त्यी खुशी कहिल्यै नझरुन् । बाहिनी तिमीले पहिलो आफ्नो अस्तित्वबनाउनु पर्छ । कसैबाट आश्रित नबन तिमी । तिमीले आफ्नो अस्तित्व समाजलाईदेखाउनै पर्छ । थाहा छैन हामीहरुलाई समय र परिस्थितिले कहाँ पुर्याउँछ ।मेरो असीम प्रेम र आर्शिवाद छ तिमीलाई, प्रगतिको शिखर चढ् है । मेरो सलामछ कृति !
Rajesh Budhathoki

Thursday, May 27, 2010

म्याद थप र नौतिकताको प्रश्न

नेपाली समय अर्थात सबै कुरामा ढिलो गरिने प्रवृत्ति नेपाली समाजमा गहिरोसँग गडेको छ । जसको अपवाद जिम्मेवार व्यक्तित्व मानिएका सभासदहरु पनि वन्न सकेनन् । परिणामत् । संविधानसभाको समयावधि सकिन केहि समय मात्र वाकि छ र संविधान जारी गर्नुपर्ने समय थप्नुपर्ने विषयमा चर्चा परिचर्चा शुरु भएका छन् । यस सन्दर्भमा धेरैथरिका प्रस्ताव र तर्क आएका छन् । आ-आफ्नै राजनीतिक स्वार्थ या दर्शनवाट प्रेरित ति प्रस्तावको वारेमा वहस गर्नु यो पक्तिकारको उद्देश्य होइन वरु यससँग जोडिएका केहि भिन्न पक्षवारे खोतल्नु नै यसको उद्देश्य हो ।

पक्तिकार संविधानसभाको म्याद थपको विपक्षमा होइन । नेपाली जनताको लामो संघर्ष पछि प्राप्त उपलब्धिलाई संस्थागत गर्ने एक मात्र माध्यम संविधान सभा नै हो । संविधान सभालाई विघटन तर्फ लैजानु भनेको नेपाली जनताको संघर्षवाट प्राप्त उपलब्धिको अबमूल्यन हो । त्यसैले नालायक देखिए पनि र जनताको भावना माथि खेलवाड गरेपनि अन्ततः निरिह जनतालाई सुन्दर भविष्य तर्फ लग्ने गाडिका नालायक ड्राइभरहरु वर्तमान संविधान सभा भित्रका ६०१ जना नै हुन । त्यस भन्दा वाहिरको विकल्प खोज्नु तत्काल उत्कृष्ठ र क्रान्तिकारी देखिए पनि कालान्तरमा त्यो विकल्प गलत सावित भएरै छाड्ने छ । तर त्यसो भन्दैमा नालायक ड्राइभरहरुलाई वेलगाम छाड्यो भने गाडि दुर्घटनाको संभावना पनि रहन्छ । त्यसैले केहि कुरा भने अव सोच्नै पर्ने देखिन्छ ।

संविधानसभाको म्याद थप्दा वित्तिकै नेताहरुले एउटा परिक्षाको सामना गर्नु पर्ने हुन्छ । त्यो हो नैतिकताको परिक्षा । एउटा ठेकेदारले घर बनाउन ठेक्का लिएपछि घर पुरा गरेर छाड्नु उसको कर्तव्य हो । उसले पाउने पैसामा समयावधिको कुनै बन्देज हुँदैन । तर दुई वर्ष भित्र संविधान लेख्ने भनेर सपथ खाएका नेताले त्यो जिम्मवारी पूरा नगरेपछि अव केहि नैतिक तवरले प्रायश्चित भने गर्नैपर्छ । एक समयावधिभित्र संविधान दिन नसकेकोले आफूलाई असक्षम घोषणा गरेर सार्वजनिक माफि माग्नु पर्दछ । र अर्को कुरा अव म्याद थपिएपनि तलव भत्ता नलिने प्रण गर्नु पर्छ । यति आट देखाएछन् भने एक पटकको गल्तिलाई माफि दिएर जनताले फेरि नेता मान्ने छन् । होइन भने नैतिक धरातलवाट गिरेका नेताहरुलाई सिस्नेपानी लगाउनुको विकल्प हुने छैन ।



Wednesday, May 19, 2010

विचरोको दैनिकी

उसले वाइकको व्रेक कसिदिए वापत वर्कशपको केटोलाई ५ रुपिया िदंदै भन्दै थियो यदि म धनि वाउँको छोरो भएको भए दिनमा १ हजार रुपैया जति माग्नेलाई दिने थिए मेरो घरको भाडा १ लाख आउने थियो भने ३० हजार मात्र न माग्नेलाई दिदा खर्च कति न हुने थियो र । म धनि वाउँको छोरो भएर जन्मेको भए कोरीया जानको लागि भनेर मिठो निद्रा विथोली विहान ५ वजे कोरीएन ल्याङ्वेज पठन सायद जाने थिइन होला १२/१५ लाख रुपैया खर्च गरेर म अमेरीका क्यानडा नै जाने थिए ।
उसले भन्दै थियो आज पार्किङ शुल्क वुझाउन पैसा नभएर अफिसवाट १०० रुपैया वेलुका हिसाव मिलाछु भन्दै लगे । उसलाई यो प्रचण्ड गर्मिमा बस्न पनि थिएन अनि म अहिले ३ वजे आउँछु भन्दै गयो । मलाई अहिले ललितपुर पुगेर आउनु छ । अघि न्यूरोड ५ वटा वैंकमा गए िसंहदरवार भित्र छिरेर सामान ल्याए अनि त्रिपुरेश्वर पुगेर सामान छाडेर आएको अव ३ ठाउ जानु छ भन्दै हिडेको थियो । उ हिड्यो म उसको वारेमा केही सोचिरहे विचरा कति मेहनत गर्छ तर उसलाई चिन्ता भनेको पटक्कै छैन । कहिलेकाही उ भन्ने गर्छ अव त विदेश जानु पर्छ यस देशको लागि धेरै मेहनत गरियो अव केही हुने वाला पनि छैन र केही भएको पनि छैन । हामी केवल वाचिरहका छौं खै केहि वचाउन चाहि सकिरहेका छैनौं । यस्तै कुराहरु सोचेर वसिरहेको थिए यत्तिकैमा फोन आयो तर फोन स्पष्ट थिएन । नेटवर्कको पोरवलम नै होला सायद हाम्रो देशको नियति नै यस्तै छ कतै केहि राम्रो भन्ने कुरा सुन्न र देख्न पाइने होइन फोहर मैला पानी अनि विजुलि अनि वाटोको जाम यस्तै समस्याले पनि होला विचरोलाई नेपालमा बस्न देखि वाक्क लागेको यदि नेपाल नै छाडेर गए यी समस्यावाट मुक्ति पाइन्छ कि भन्ने लागेको हुन सक्छ ।
यस्तै कुरा सोच्दै थिए वत्ति पनि झ्याप्प गयो । वत्ति गयो अनि काम पनि त के नै भयो र यकै छिन पत्रिका हेरेर वसिरहे पत्रिका पनि कतिपल्ट हेरनु यसभन्दा पहिला नै ३÷४ पटक पत्रिका हेरिसकेको थिए । फेरी वानि नै परिसकेछ कि क्या हो पत्रिका भनेपछि सरर् हेर्ने मात्र पढने वानी नै छैन जावो ५÷६ वटा पत्रिका हेर्न कति नै समय लाग्थ्यो र पत्रिका थन्क्याएर मेरो देश संविधान र मेरै भविष्यको वारेमा सोचिरहेको थिए । उ ललितपुर पुगेर फर्किसकेछ वडो विन्दास पारामा आउदै थियो । उ परैवाट भन्दै थियो काठमाडौंमा त यस्तो गर्मि छ यार तराईमा वसियो भने त हामी त मरिन्छ होला । यस्तै कुरा गर्दै उ मनेरै आइसकेकेा थियो वाटोमा तर्भजा केरा भन्दै कराउदै एउटा भैया ले साइकलमा अगाडि तरभुजा र पछाडि केरा राखेर ल्याएको थियो । उसले भन्दै थियो अफिसवाट तरभुजा ख्वान यार अफिसवाट दिएको १०० रुपैयामा अव यी यहि १५ रुपैया मात्र वाकि हो यसको के आउँछ र उ त्यहि पन्ध्र रुपैयाको भएपनि किन्न गयो तर मैले रोकेर मैले नै किनेर ख्वाय । वस्नु त कहाँ थियो र उसलाई अफिसवाट फोन पनि आइहाल्यो तिमी कहाँ हो किन ढिला गरेको छिटो आउ अर्को ठाउँमा सामान पुर् याउन जानु पर् यो उँ भन्दै थियो साउँजी म आउँदै छु एकैछिन जाममा परेर हो । ढाट्ने मन त थिएन उसको के गरोस अफिसको पेलाई अनि वाध्यता उ हिड्यो म अव जान्छु । उसले भन्दै थियो खाजा ख्वाउने भए मात्र पछि आउनु ……………………

Monday, May 17, 2010

नेटवर्क बिजनेस एक बहस

आखिर जे हुनु थियो भयो। अर्थात एक अर्को नेटवर्क (ठगी) कम्पनी को अस्तित्व समाप्ती उन्मुख भयो। सोझा जनतालाइ झुक्याएर फकाएर र लोभ देखाएर ठगी गर्ने नेटवर्क हरु को पर्दाफास भयो। त्यो आम जनताको लागी खुसीको कुरा हो। तर त्यती मात्र पर्याप्त भने होइन। यस्ता कम्पनी डुब्दै गए पनि झन ठुलो मात्रामा लगातार खुल्दै र फैलाउँदै गइरहेका छन। त्यसको बिरुद्ध आबाज उठाउनु पनि आजको आबस्यकता हो। नत्र भने केहि दिनमै अर्को कम्पनी ले ठगी प्रक्रिया सुरु गरिसक्छ। हिँजो गोल्डक्वेष्ट, ड्युसफ्ट, लाइफ भिजन जस्ता कम्पनी डुबेपछी पनि युनिटी जम्न सक्नु त्यसैको उदाहरण हो। त्यसैले एक कम्पनी माथिको कारबाही मात्र पर्याप्त उपाय होइन। त्यसैले नेटवर्क बिजनेसको बारेमा बहस बढाउन जरुरी भएको छ।
यस्तै केही बहसका बुँदा म प्रस्तुत गर्दै छु।

#नेटवर्क वाला ले ब्यापार लाइ दुइ कित्तामा देखाउँछन। ट्रेडिसनल र नेटवर्क भनेर। ट्रेडिसनल वालाले प्रचार र नाफामा धेरै खर्च गर्ने भएको ले ग्राहकले धेरै मुल्य तिर्नुपर्ने तर नेटवर्कीङमा ग्राहकले सिधै कम्पनीमार्फत किन्ने भएकोले ग्राहक नठगिने उनिहरुको दावी छ। तर त्यसको उल्टो नेटवर्क वालाको सामानको मुल्य बजार मुल्य भन्दा अत्यन्तै बढी हुन्छ। हुनत जडिबुटी या अन्य सामान प्रयोग गरेको भनेर प्रचार गरे पनि त्यही गुणस्तरको सामान भन्दा उनिहरुको सामान अत्यन्तै महँगो देखिन्छ। के यो सिधै ठगी होइन?

#अर्को कुरा यदि नेटवर्क बिजनेस बाट सामान सस्तो पाइने भए (उनिहरुको दावीमा चाउचाउको लागत मुल्य ३ रुपैँया पर्छ) चाउचाउ नै नेटवर्क बाट बेचेर ५ रुपैँयामा बेचे भइहाल्थ्यो नी। किन त्यती दुख गर्थे होलार? यो पनि बहसको बिषय हो।

#किन बिश्व ब्यापी पहुँच भएका कम्पनी ले नेटवर्क पद्वती नअपनाएका त। एकातर्फ नेटवर्क हरु सिमित ब्यक्तीको समुहमा मात्र रहने र 'परम्परागत' कम्पनी हरु बिश्वब्यापी ब्यापारको एकमात्र बिकल्प हुनुले के सङ्केत गर्छ?


#नेटवर्क वालाको एक सामुहिक बिशेषता छ। उनिहरु आफ्ना प्रोडक्ट को भन्दा सदस्य बनाएर आउने फाइदाको कुरा गर्छन। के उनिहरुलाइ आफ्नै प्रोडक्ट प्रती बिस्वास छैन? कि प्रोडक्ट भन्दा पैसा महत्वपुर्ण देखिएको हो? यसले पनी उनिहरुको ठगी उदाङ्गो पारेको छ।

#नेटवर्क वाला ले नेटवर्क बिजनेसले सम्बन्ध बिस्तार गर्ने कुरा गर्छन। तर आफ्ना ग्राहक भनेको आफ्ना अत्यन्त निकट ब्यक्ती बनाउनु पर्ने तथा उनिहरुले बाध्यताले सदस्य बनेको महसुस गरे भने त्यसपछी बिग्रिने सम्बन्धको बारेमा उनिहरु बोल्दैनन।


यस्ता अनगिन्ती प्रस्न छन जसले नेटवर्क बिजनेसको औचित्य माथि प्रस्न चिन्ह लगाएका छन। तर पनि समाजमा रहका सुकिलामुकिला ठगहरु आम जनतालाइ झुक्याइरहेका छन। त्यसैले नेटवर्क बिजनेस लाइ ब्यबस्थित गर्न, ठगी बाट बचाउँन पनि यस बिषयमा बहस उठाउन आफस्यक छ। आउनुहोस यस बारे आजैदेखी बहस थालौँ।

शैक्षिक संघर्षको प्रश्न : "पत्थरविम्ब"

आज देशमा शैक्षिक समस्या कठिन ढंगले विकराल समस्या बन्दै गईरहेको छ । जुन अवस्था प्रति नेपाल सरकारले वेवास्ता देखाएको छ । यस्तो खालको गम्भिर अवस्थामा देशको शैक्षिक अवस्था निजिकरण र व्यापारीकरणको दिशामा तिव्र गतिमा फड्को मारीरहेको छ । समान्ती दलाल तथा नोकरशाही पुँजिपति वर्गको हातमानै संम्पुर्ण राज्यव्यवस्था वा राज्यसत्ता कायम छ । अहिले सम्मको नेपालको ईतिहाँसमा सामन्तवादी रुढीवादी संस्कृति झल्काउने कोरा सैद्धान्तिक शिक्षानै अहिले सम्मको नेपालको शैक्षिक विशेषता वनेको छ । राष्ट्र निर्माणको सब भन्दा बलियो हतियार भनेको बैज्ञानिक शिक्षा हो तर नेपालमा त अठारौं शताप्दीका घटनाहरुलाई कोरा सैद्धान्तिक शब्दहरु समावेश गरिएको शिक्षालाई नेपालमा अध्यापन गराईएको छ जुन २१ औं शताप्दीको वैज्ञानिक युगमा हास्यसपद छ । यो नेपालको बर्तमान शिक्षा प्रणाालिले नेपाललाईनै अधोगति तिर धकेलेको छ र समयको विरुद्ध छ ।
शिक्षा सबैको अधिकार हो भन्ने मान्यताका विरुद्ध पैसा कमाउन मुनाफाको स्रोत बनाउने क्षमताको कुनै मूल्याङ्कन नहुने शिक्षा प्रणालि अहिले हाम्रो देशमा फस्टाई रहेको छ ।यस्तो प्रकारको शिक्षाले नेपाललाई घाटा पुर्याएको छ । नेपाल एउटा कृषि प्रधान देश हो तर कृषि प्रधान देश भएर पनि न नेपालमा कृषि विश्व विद्यालय छ न कृषि सम्बन्धि आधारभुत ज्ञान भएको शिक्षा नै नेपाल सरकारले दिन सकेको छ । वर्तमान शिक्षाको गुणस्तर र दैनिक जिवनको भिन्नता चरमचुलिमा पुगको छ वा अन्तर संघर्ष गहिरीदै गएको छ । एकातिर यो शिक्षा बैज्ञानिक व्यवहारीक र सर्वसुलभ छैन भने शिक्षा उत्पादन प्राणाली संग पूर्ण रुपमा असम्बन्धित छ । त्यस कारण यो शिक्षा आर्जन गरेर सर्टीफिकेट वाहेक व्यवहारीक ज्ञानको कुनै अर्थ राख्दैन ।
विद्यालय तथा विश्व विद्यालयहरुमा एकमुष्ट शुल्कअवैज्ञानिक शिक्षा प्राणीली प्रविणता प्रमाणपत्र तहको विस्थापनमा सरकारको सकि्रयता २ अर्थात उच्च मा।वि हरुमा उच्च शुल्क सहितको अवैज्ञानिक अव्यवाहारीक शिक्षा प्रणाली पाठ्य सामाग्रीको अभाव अध्यन अध्यापनमा कमी तालिम प्राप्त शिक्षकहरुको अभाव शिक्षा क्षेत्रमा राजनितिक भागवण्डा सरकारी क्यामपस र विद्यालयहरु आझेलमा पर्नु सामुदायिककरणको नाममा निनिकरणलाई अगाडि वढाउनु सरकार जनतालाई शिक्षा दिने उत्तरदायित्व वाट पन्छनु त्रिभुवन विश्वविद्यालयहरुलाई विस्थापित गरी सि।टी।ई।भि।टी अनर्तगतका नाफाखोर शिक्षण संस्थालाई प्रोहोत्सान गरी िसंगो शिक्षा प्रणाली लाई नेपाली जनताको पहुच भन्दा टाढा गराउनु वर्तमान शिक्षा प्रणलीका समस्याहरु हुन । यसको मुख्य दाषी सरकार नै हो । सरकार अँज शिक्षालाई निनिकरण गरेर जनताको टाउकोमा शैक्षिक भार थोपरेर साम्राज्यवादको सेवा गरिरहेको छ । एकातिर सरकारको शिक्षा प्रतिको कायर लाचारपन र अर्को तिर आन्दोलनमा संगै हिडेका विद्यार्थी संगठनहरुको ढुलमुल अवसरवादी चरीत्र तथा पाटी सरकारमा गएपछीको आत्मसर्मपणवादी चिन्तनका कारण शैक्षिक समस्याहरु झन विकराल वन्दै गएको छ भने स्वयम विद्यार्थीहरु राजनितिक चेतनाले लैस नहुनु अर्को समस्या हो ।

नेपालको वामपन्थि विद्यार्थी आन्दोलनमा अखिल छैठौं नै निरन्तर शैक्षिक समस्याका विरुद्ध सम्झौताहिन संर्घष गर्दै आएको क्रान्तिकारी संगठन हो । माओवादीको कथित जनयुद्ध कालमा वोडिङहरुलाई विस्थापन गराएर जनवादी शिक्षाको नारा लगाएको अखिल क्रान्तिकारी आफ्नो पाटी सरकारमा हुदा देशमा भएका विद्यालयहरुलाई सामुदायिककरण गर्दा पनि आँखामा पट्टी बाँधे झै गरी चुपचाप वस्यो । एमालेको अखिल पनि त्यही लाचारपन वाट मुक्त हुन सकेन र अहिले पनि सकेको छैन । ने।वि।संघको सिद्धान्त पनि कोरा सैद्धान्तिक छ वैज्ञानिक स्पस्टता छैन र वैज्ञानिक शिक्षा प्रणालीमा लान सक्दैन भन्ने पनि प्रस्ट छ । जनवादी शिक्षाको नारा लगाएर कथित जनयुद्धमा होमिएका अखिल क्रान्किारीका साथिहरु आज कहाँ हुनुहुन्छ तपाईहरु । एक पटक आँखा खोलेर हेर्नुस त देश शैक्षिक समस्याले विकराल रुप लिएको छ ।

आज देशमा खोलिएका सरकारी तथा निजि शिक्षण संस्थाहरु केवल वेरोजगार उतपादन गर्ने खोर भएका छन । ति शिक्षण संस्थामा पढाउने शिक्षक तथा प्रध्यापकहरु पसलेका मजदुर जस्तै भएका छन । यो अवस्था वाट मुक्त नहुने हो भने शैक्षिक समस्या झन कठिन वन्ने छ । शोषण प्रति आस्था र श्रम प्रति घृणा गर्नेयथास्थितिवादी पुजिवदी वैदेशिक चरित्रको वा विदेशीको नक्कल गरिएको यो शिक्षा नेपालको राष्ट्रिय उद्योग कलकारखाना वनजंगल जलस्रोत कृषि खनिज संग असम्वन्धित व्यतिवादी र निराशामुखी छ । सामान्तवादको भत्तिभाव गराउने धार्मिक भाषिक र जातिय विभेद कायम गरीएको जिवन पद्धती संग मेल नखाने जनविरोधि शिक्षा हाल कायम छ । त्यसकारणले यस्तो खालको अव्यवहारीक व्यतिवादी निराशामुखी राष्ट्रियहित संग मेल नखाने यस्तो शिक्षा प्रणालीका विरुद्धको लडाईमा सम्पुर्ण विद्यार्थीहरु एक हुनु पर्ने वर्तमान ऐतिहासिक शैक्षिक आवाश्यकता छ । आफनो दक्षता कुशलता र सिपलाई सर्वाहारा शोषित पिडित वर्गको हित र सेवामा सर्मपित गर्ने मानसिकता र दृष्तिकोण सहितको शिक्षित नागरीक उत्पादन गर्ने राष्ट्रिय हितको काम गर्न सक्ने शिक्षा प्रणली वैज्ञानिक जनवादी शिक्षा प्रणाली हो जुन आजको राष्ट्रिय आवाश्यकता हो ।

जतिवेला सम्म नेपाली विद्यार्थीहरु जनवादी शिक्षा प्राप्त गर्न सक्दैनन् त्यती वेला सम्म वर्तमान शैक्षिक समस्याहरु रहन्छन् । तर अहिले पनि शिक्षामा सामान्य सुधार गरेर जान सकिन्छ । सरकारले एकमुस्ट शुल्कलाई हटाउने परीक्षा प्रणालीमा सुधार गर्ने भौतिक अवस्थाहरुमा सुधार गर्ने सामुदायिककरण व्यपारीकरण निजिकरणको अन्त्य गर्ने सि।टी।ई।भि।टी अनर्तगतका नाफाखोर शिक्षण संस्थालाई सरकारीकरण गर्ने प्रविणता प्रमाण पत्र तह र उच्च मा। वि हरुलाई सुधार गरेर लैजाने हो भने केही हदसम्म शैक्षिक समस्याहरु समाधान हुन सक्छन् । जतिवेलासम्म नेपाली विद्यार्थीहरु सर्वोसुलभ व्यवहारीक वैज्ञानिक अनिवार्य र रोजगारमुलक शिक्षा पाउदैनन् त्यती वेला सम्म आत्मनिर्भर हुन पनि सक्दैनन् ।

त्यसकारण बहुसंख्यक जनताद्धारा निर्मित जनपक्षिय प्रगतिशिल नैतिकतामा आधारीत श्रमप्रति सम्मान राष्ट्रियताको जर्गेन गर्ने खालको शिक्षा नेपालको राष्ट्रिय उद्योग कलकारखाना वनजंगल जलस्रोत कृषि खनिज संग सम्वन्धित शिक्षा प्रणलीको आवाश्यकता आज नेपालमा छ । वास्तवमा आज देश शैक्षिक समस्याले आक्रान्त र पिडादायि बनेको छ । नया जनवादी शिक्षा प्राप्ति संगै सम्पुर्ण शैक्षिक समस्याहरु समाधान हुनेछन् । त्यसलाई क्रान्तिकारी युद्ध र आन्दोलन आवाश्यकता छ त्यो क्रान्तिकारी आन्दोलन अथवा युद्ध भनेको नया जनवादी क्रन्ति नै हो जुन एउटा क्रान्तिकारी कमयुनिष्ट पाटीको नेतृत्वमा मात्र सफल हुन्छ । त्यो क्रान्तिकारी कम्युनिष्ट पाटी भनेको नेपाल कम्युनिष्ट पाटी मसाल नै हो । त्यसकारण सम्पुर्ण विद्यार्थीहरु राजनितिक चेतनाले लैस हुदै क्रान्तिकारी आनदोलनमा लाग्नु जरुरी छ जसले नेपाली शैक्षिक समस्याको समाधान गर्नेछ । आज देशमा एक मात्र क्रान्तिकारी विद्यार्थी संगठन अखिल छैठौं हो । त्यसैले सम्पुर्ण विद्यार्थी साथिहरु श्हिदको रगतले रत्तरंजित कलम तारा अंकित लालझण्डा मुनि संगठित हुदै शैक्षिक समस्याका विरुद्ध संर्धष गर्दै नया जनवादी शिक्षा प्राप्तिको आन्दोलनमा अगाडी वढाै अरु विकल्प छैन्

Pather Bimba

Sunday, May 16, 2010

एकताको लागी मनाऔं मई दिवस

करुण पौडेल
मजदुर दिवस अर्थात विश्वभरका विभिन्न सरकारी तथा गैर्यसरकारी कम्पनीहरु, खानीहरु, महलहरु मा काम गर्ने सम्पूर्ण श्रमजीविहरुले विजय (आंशिक रुपमा नै भएपनि) उत्सवको रपमा मनाउने दिन अर्थात मजदुरहरुको माहान चाड भनेर बुझ्ने र मनाइने दिन हो र मनाउदै आइरहेका छौं। सदा झै आज पनि संसारका श्रमजीवीहरुले यो माहान चाडलाई निकै हर्ष र उत्साहका साथ मनाईरहेका छन्। अहिले आएर मजदुर दिवसलाई सम्झिने, मनाउनेहरु धेरै भए पनि, यो आन्दोलनमा मजदुरहरुले प्राप्त गरेका उपलब्धीहरुबाट फाइदा लिइरहेको भए पनि १२१ औं मजदुर दिवस मनाइरहँदा सम्म पनि मजदुर दिवसकै बारेमा हामी धेरैलाई थाहा छैन। किन यसो भैरहेको छ त? भन्दा अहिले आएर मजदुर दिवसको नाममा मनपरि तन्त्र लागु गर्ने, मजदुर दिवसको आफूखुसी व्याख्या गर्ने पनि गरिएको छ अर्थात यो गौरवमय इतिहास र परमपराको बद्नाम गर्ने काम भैरहेको छ। त्यसैले यो माहान चाडलाई स्मरण गर्ने मात्र होइन, त्यस दिनले प्रदान गरेको जुझारु संघर्षको स्पि्रटलाई आत्मसाथ गर्दै आफ्ना मुक्तिका पाइलाहरु निरन्तर अगाडि बढाउने प्रण समेत गर्नुपर्छ तब मात्र यो चाड मनाएको सार हुनेछ।
अरु विभिन्न विषयमा जस्तै मई दिवसको बारेमा हाम्रो देशमा दुई किशिमले व्याख्या गर्ने गरिएको छ। कसैले आज १२१ औं मई दिवस भनि मनाइरहेका छन् त कसैले १२२ औं मई दिवस मनाइरहेका छन्। यहाँ एक वर्षको अन्तर हुनुको कारण चाही १२२ औं मई दिवस मनाउनेहरुले मजदुरहरुको अन्तराष्ट्रिय समितीको (द्धित्तिय अन्तराष्ट्रियको) सन् १८८९ मा पेरिस शहरमा भएको भेलाको (जहाँ मई दिवस मनाउने निर्णय गरिएको थियो) दिन देखि गणना गर्न शुरु गर्छन् भने १२१ औं मई दिवस मनाउनेहरुले द्धित्तिय अन्तराष्ट्रियले निर्णय गरी मनाउन थालेको दिन देखि अर्थात १९९० देखि गणना गर्ने गरेको पाईन्छ। ऐतिहासिक मई दिवस “मई १” लाई मनाउने परम्परा आजभन्दा १२० बर्ष आगाडि देखि शुरु गरिएको कुरा माथि उल्लेख भैसकेको छ। यो १२० औं बर्षको अन्तरालमा संसारमा कैयौ ठुला-ठुला परिवर्तनहरु भएका छन्। कैयौं देशहरुमा मजदुरहरुको वर्गिय राज्यसत्ता स्थापित भए, कैयौं देशमा आन्दोलका गतिहरु बिकसित भैरहेका छन् भने अर्कोतिर पुजीपतिद्वारा शोषणका रुपहरु बदल्ने कामहरु भइरहेको छ। शोषण र दमन गर्ने तरिकाहरु फेरिएका छन्। उत्पीडनका जंजिरहरु झन- झन कसिँदै गैरहेका छन्। यी विविध समस्याका बाबजुद यस अवधिमा भएका उपलब्धिहरु त्यही मजदुर आन्दोलनको तेजगति अर्थात मजदुरहरुको वीरतापुर्ण एवं संगठित संघर्षको प्रतिफल नै हो र श्रमजीवी वर्गका संघर्षमय पाइलाहरु निरन्तर सचेत संगठित मिलिटेन्ट रुपमा बिकसित हुदै आएका हुन्। तिनै आन्दोलनका पाइलाहरुले नै विजयको शिखर तर्फ पु–याएको हो। यस्तो संघर्षशील परम्परा बोकेको मई दिवस मनाउँदै गर्दा विषेशतः मजदुरहरुको त्यो संघर्षको इतिहासको संक्षिप्त रुपमा चर्चा गरिने गरेको छ।
मजदुरबर्गको उदय पूँजीबादको बिकाशको अर्को रुप, औधोगीकरणकबाट भएको हो र पूँजीबादको बिकाश पूर्वाधर मजदुर वर्ग नै थियो र छ। मजदुरहरुको श्रम शक्तिबाट नै पुजीपति वर्गले आफ्नो पुजीको बिकास गर्दै लग्यो र मजदुरवर्गको श्रमशोषणबाट अर्जित सम्पति नै पूजीपति बर्गको मूख्य आम्दानि आधार थियो र छ। यसरी पूँजीपति वर्गले मजदुरहरुलाई १८–२०–२४ घण्टा सम्म काममा लगाएर आउने मुनाफाबाट नै उसको मुख्य बाँच्ने र अकुत सम्पति जोगाउने आधार बनायो भने अर्कोतिर मजदुरले आफ्नो श्रम बेचेर अर्जित न्यून तलवले बाँच्नुपर्ने, आफना घरपरिवार , बालवच्चाको पालनपोषण, स्वस्थ्य, शिक्षा जस्ता अत्यावश्क कामहरु गर्नुपर्ने भयो जो (तलब) कहिल्यै प्राप्त थिएन र हुदैनथ्यो। यसरी मजदुरहरु लामो समय सम्म काममा जोतिइरहनु पर्ने अवस्थाले गर्दा उनीहरुका शारिरिक अंगहरु शिथिल हुन थाले। शारिक थकाई र मानसिक पिडाका कारण बिरामी हुने जस्ता समस्याहरु तीव्ररुपमा देखा पर्न थाले। शारिरिक असक्तता, अशिक्षा, वेरोजगारी एवं अन्य समस्याहरु समेत थपिए। यसरी विभिन्न तरहका समस्याहरु मजुरहरुमाथि थपिदै गएपछि यी विवध समस्याहरुले आक्रान्त बनेका मजदुरहरु सँग अब दुई २ वटा विकल्प मात्र देखा पर्न थाले। या त पुँजीपतिहरुका सवै प्रकारका दासत्वलाई, दमनचक्रलाई सधैं स्वीकार गर्दै मर्नु पर्ने भयो या त त्यस प्रकारका समस्याबाट राहत पाउन पुँजीपतिका बिरुद्ध संघर्ष गर्नुपर्ने। यी दुई विकल्प मध्ये दोस्रो विकल्पलाई प्रयोग गर्ने निर्णय लिनुपर्ने थियो र मजदुरहरुले आफ्ना समस्याको मूल जड, श्रमशोषणको विरुद्ध एकतावद्ध भई संघर्षमा उत्रनु पर्ने त्यो बेलाको आवश्यकता थियो तर कसरी गर्ने भन्ने कुनै पूर्वयोजना थिएन पछि क्रमिक रुपमा समस्या भित्र बाटै यस्को निकाश आएको हो। मजदुरहरुले शुरु-शुरुमा आफू-आफूमा आ-आफ्ना तीता अनुभवहरुको आदान-प्रदान गर्न थाले। उनीहरुको आफनो थिचिएको स्वरलाई साथीहरु बिचको छलफल र वहसमा ल्याउन थाले। शोषण र दमनका बिरुद्धका आवाजहरु एक आपसमा प्रसारित हुँदै जान थाले। कतिपय अवस्थामा मजदुरहरुले आफ्नो शोषण गर्ने काम औजारबाट भएको भन्ने महशुश गरी शोषण प्रतिको घृणा भाव औजारमाथी केन्द्रित गरे, वर्गिय घृणाको प्रदर्शनको रुपमा औजारहरुको तोडफोड समेत गरे। तैपनि मजदुरहरुबिच हुने तीता अनुभवहरुको आदानप्रदान, एक अर्को सँग गरिने छलफल र वहसको परिणाम स्वरुप मजदुरहरुको वस्तविक शत्रु पहिचान गर्ने सहज बातावरण बन्यो। आफ्नो वास्तविक शत्रको पहिचान गरिसके पछि मजदुरहरुले स-साना आन्दोलन, बिद्रोह, हडतालहरु गर्न थाले र यही क्रममा जन्मिएको थियो चार्टिस्ट आन्दोलन, जुन मजदुरहरुको पहिलो र संगठित (सिमीत नै किन नहोस्) आन्दोलन थियो। यस्ता आन्दोलनहरुमाथि पूँजीपतिहरुले क्रुर दमनको नीति लिदै गए, झन-झन शोषण र दमनलाई चर्काउदै लैजान थाले भने यता मजदुरहरुले यी पूँजीपतिहरुको अरु पूँजीपतिहरु सँग यिनीहरुको छुट्टै सम्वन्ध छ, र एकले अर्कोलाई सघाई रहेका छन् त्यसैले अव हामी पनि एक जुट हुनु पर्छ, संगठीत हुनुपर्छ भन्ने निष्कर्ष निकाल्न शुरु गरे। यसै समयको शेरो फेरोमा अर्थात सन् १८४८ मा कार्लमार्क्स र फेडरिक एङगेल्स मिलेर कम्युनिष्ट घोषणा पत्र तयार पार्नुभयो। त्यो घोषणा पत्रले मजदुरहरुको अधिकार खोसिएको, श्रमको शोषण गरिएको र ती अधिकार खोसिएका अधिकार प्राप्त गर्ने शक्ति उनीहरुमा (मजदुरहरुमा) नै भएको बोध गराई त्यो शक्ति वर्ग दुश्मनका विरुद्धमा एकत्रित गर्ने काम ग-यो। संसारभरिका मेहनतकर बर्गलाइ एकजुट हुन आव्हान गर्दै “संसारका मजदुर एक हौं। ” भन्ने महान वाक्यांश संसारका कुना कुनामा रहने श्रमजीवी, मजदुर वर्गको बीचमा पुग्यो। जसले असंगठितलाई संगठित गर्ने र रष्ट्रिय आन्दोलनलाई अन्तराष्ट्रिय आन्दोलनसंग जोड्ने काम ग-यो र अन्तराष्ट्रिय सम्वन्धहरु बिकसित हुदै गए। मजदुरहरुमा चेतनाको बिकास हुँदै गयो र आन्दोलनको संगठित तरिकाहरु अपनाउदै गए। आन्दोलनको डौडानमा आइपर्ने समस्याहरु न्यूनतम् प्रकारले कसरी हल गर्ने भन्ने ज्ञानको बिकास हुँदै गयो। मजदुर आन्दोलनले जति जति अन्तराष्ट्रिय रुप ग्रहण गर्दै त्यही अनुपतमा मार्क्स एङगेल्सहरुले मजदुरहरुलाई संगठित गराउने पहल गर्न थाल्नुभयो।
मार्क्स र एङगेल्सले संगठीत मजदुरहरुलाई पुजीपतिले मजदुहरुको शोषण कसरी गर्छ? मजदुरले श्रम गर्दा आफुले गरेको श्रमवापत कति प्राप्त गर्छ? पुजीपतिले श्रमिकको श्रमबाट मुनाफा कसरी र कहाँबाट कमाउछ? त्यो क्रमको बिकास कसरी भयो? जस्ता महत्वपुर्ण बिषयहरुमा “अतिरिक्त मुल्यको सिद्धान्त”को प्रतिपादन गरेर मजदुरहरुलाई शोषण गरिने स्वरुपकाबारेमा स्पष्ट पार्दै, प्रशिक्षित गर्दै जानुभयो एकातिर भने अर्कोतिर असंगठितहरुलाई संगठित गर्दै जाने काम पनि सँग सँगै गर्नुभयो र क्रमिक रुपमा सचेत मजदुर संगठनहरुको बिकास हुँदै गयो। यसरी अलग-अलग देशहरुमा छरिएर रहेका संगठीत र असंगठित मजदुरहरुलाई एकत्रित पार्न मार्क्स एङगेल्सले सन् १८६४ मा प्रथम अन्तराष्ट्रियको गठन गर्नुभयो। जसमा कैयौं देशका मजदुर संगठनहरुले प्रतिनिधित्व गरेका थिए। उक्त अन्तराष्ट्रिय ले मजदुर आन्दोलन सम्वब्न्धी महत्वपुर्ण निर्णयहरु गर्दै सन् १८६६ सेप्टेम्वर मा नेशनल लेवर युनियनद्धारा प्रस्तावीत आठ घण्टे कार्य दिवसको मागलाई पास गर्ने काम भयो। यसपछि मजदुरहरुले आफ्ना आन्दोलनहरुलाई झन-झन घनिभुत बनाउदै गए र सन् १८७२ मा पेरीस बिद्रोहले एकता र वीरता प्रदर्शन गर्न सफल भयो र आफ्ना आन्दोलित पाइलाहरु निरन्तर अगाडि बढाउँदै गए। विश्वका श्रमजीवीहरुमा रक्तसंचारको गतिको रुपमा आन्दोलनका भावनाहरु तरङ्गीत भए, सञ्चारित भए। आन्दोलनका आकार प्रकार र रुपहरु फेरिदै जान थाले। यद्देपि मजदुरमाथि आर्थिक संकट, युद्धको बिकास र अन्य सबै प्रकारका समस्याको भार परिनैरहेको थियो। तापनि ती सम्पूर्ण समस्याहरुसँग लड्दै संगठितरुपमा संझौताहिन शंघर्ष गर्दै अगाडी बढ्नु मजदुरहरुको लागी अनिवार्य नै थियो। आफुहरुमाथि रहेका सबैखाले शोषण दमनका बिरुद्धको आन्दोलनलाई अझ चर्काउनु जरुरी थियो र यही बाट शुरु भएको हो ऐतिहासिक मई आन्दोलन।
सन् १८८० देखि मजदुरहरुले आन्दोलनको तिब्ररुपमा बिकास गर्दै गए। ती जतिपनि आन्दोलन भए त्यहाँ उनीहरुले आन्दोलनको मुख्य माग (नारा) “८ घण्टाको कार्यदिवस,” (८ घण्टा काम अर्थात ८ घण्टा काम, ८ घण्टा मनोरञ्जन र ८ घण्टा आराम) लाई बनाएका थिए। पछि गएर आन्दोलनलाई अझ चर्काउन र पुँजीपतिहरुको डटेर सामना गर्न केही सहज हुनेभएकाले बामपन्थीहरुको राम्रो प्रभाव भएको अमेरिकाको शिकागो शहरलाई आन्दोलनको मुख्य केन्द्रबिन्दु बनाए। त्यस्तै प्रकारले न्युयोर्क, वासिंगटन, वाल्टीमोर, मिलवाकी, सिमासिनारी, डिट्राइट र सेन्टुलुई आदि स्थानहरुका साथै अन्तराष्ट्रिय रुपमा आन्दोलनका तयारीहरु तिब्ररुपमा भए। मजदुरहरुको एकता र शक्ति प्रदर्शन हुदै गयो। यो ८ घण्टाको कार्यदिवसलाई संघर्षको मुख्य केन्द्रबिन्दु बनाएर १८८६ मई १ दिन देखि संघर्षलाइ अझ तेज बनाउने निर्णय भयो। यो त्याहाँको मजदुर संगठन र सेन्टर लेवर युनियन लगायतका संगठन ले गरेका थिए। त्यसलाई सफल बनाउन ८ घण्टा कार्यदिवसीय आन्दोलन कमिटिले मजदुरहरुको शक्ति तथा बिरोध प्रदर्शन गरेको थियो। त्यो प्रदर्शनमा २५००० मजदुरले भाग लिएका थिए। सन् १८८६ मई १ मा प्रथम अन्तराष्ट्रियको गठन भएको दिन पारी मईदिवस मनाउन एकतावद्ध भएका मजदुरहरुले शिकागो शहरका सम्पुर्ण कम्पनिहरुमा कामहरु ठप्प पार्दै प्रदर्शनमा उत्रिए जसको कारणले गर्दा एकातिर मजदुरहरुको संगनिक शक्ति र अर्को तर्फ पुँजीपतिहरुको सञ्जाल स्पष्ट दुई भागमा विभाजीत भयो र पुँजीपतिहरु पनि आफ्नो सम्पूर्ण शक्ति लगाएर मजदुर दमनमा उत्रिए। मजदुर नेताहरु मारेर आन्दोलनको घाटी निमोठ्न सकिन्छ, आन्दोलनको विसर्जन गराउन सकिन्छ भन्ने मान्यता लिएको पुँजीपतिहरुको सञ्जालले मजदुरहरुको त्यो प्रदर्शनलाई रगतको भेलमा परिणत ग-यो। तर आफना मागहरु पुरा गराउने उद्देश्यद्धारा आन्दोलित मजदुरहरुको आन्दोलन रोकिने अवस्था थिएन, निरन्तर अगाडी बढिरह्यो। मई १ को शान्तिपूर्ण प्रदर्शनमाथी गरिएको बरबर दमनका बिरुद्ध मजदुरहरुले मई ३ मा “मेनकार्मिक रिपाल” कारखनाबाट हड्ताल शुरु गरे र जुलुससहित बाहिर आई शान्तिपुर्ण सभामा परिणत भए। यसरी शान्तिपूर्ण सभा गरिरहेको अवस्थामा पुलिसले सभा माथि अन्धाधुन्ध हमला शुरु ग–यो, गोली बर्साउन थाल्यो। पुलिसको गोलीबाट ६ जना मजदुरहरु शहिद भए कैयौं घाइते हुन पुगे। यस घटनाबाट मजदुरहरु निकै आक्रोसित भए। त्यसको प्रतिवाद गर्न ४ मई का दि सिकागो शहरको “हे मार्केट”मा मजदुरहरुले बिशाल प्रदर्शन गरे। प्रदर्शन पछि सभामा परिणत भएको यो सभा शान्तिपुर्ण वातावरणमा सम्पन्न हुँदै थियो तर अन्तिम अवस्थामा पुगिरहेको बेला पुलिसले फेरी पनि यो सभामाथि आक्रमण ग–यो गोला बारुदको बर्षा ग-यो। यस पटक मजदुरहरुले आक्रमणको डटेर मुकाविला गर्दै जवाफी कारवाही गरिरहे। त्यो दिनको आन्दोलनमा पुलिसको गोलीबाट ४ जना मजदुर मारिएका थिए। प्रतिकृयावादी पुजीपति वर्गले आफ्नो खुनी अनुहार प्रश्तुत गर्दै दमन र गिरफ्तारी तीव्र बनायो र मजदुरका ४ नेताहरुः पार्सन, स्पाइस, फिसर र एङगेललाई मृत्युदण्ड दियो। भने कैयौं मजदुर नेनाहरुलाई जेलमा अमानबिय यातना दियो। गोर सोयाव र फिल्डेन्लाई सबैभन्दा लामो समयसम्म जेल सजाय दियो भने एक जना मजदुर नेतालाई जेलभित्र नै मारेको थियो। र यही दिन देखि नै मजदुरहरुले शहिदको रगतले रङ्गीएको रातो झण्डाको प्रयोग गर्न शुरु गरेका हुन्।
प्रतिकृयावादी पुजीपति वर्गले यसप्रकारका हिंसात्मक कृयाकलाप अमेरिकामा मात्र होइन, बिश्वभरकै पुजीपतिहरु तथा शासकहरुको चरित्रगत बिशेषता नै हो र त्यो चरित्र बिश्वमै प्रदर्शन हुन्छन् र भइरहेका छन्। तर यस्ता दमनका बिरुद्ध सचेत र संगठित श्रमजीवि शक्ति कहिल्यै झुक्न जानेको छैन, झुकेको इतिहास भेटिदैन। सन् १८८६ को मइ महिनाका यी घटनाले मजदुरहरुलाई लगातार श्रृंखलाबद्ध रुपमा आन्दोलनलाई आगाडि बढाउदै आफ्नो विजयको शिखरतिर पुग्ने प्रेरणा प्रदान गरिरहेको छ। तिनै आन्दोलनका स्पिरिट नै मजदुर वर्गको एतिहासिक प्रेरणाको दिन हुन्। सिकागो शहरमा भएको वीरतापुर्ण लडाइमा वीरगति प्राप्त गर्ने मजदुर नेताहरुले शाहदत प्राप्त गरेतापनि उनीहरुले देखाएको बाटो जीवित नै रह्यो। १८८६ मई १ देखिको एतिहासिक आन्दोलनमा दर्जनौ मरदुर नेतालाई गुमाए पनि अन्ततः पूँजीपतिहरु घुँडा टेक्न बाध्य भए र त्यही आन्दोलनको उपलब्धी नै अहिले सम्म हामीले उपभोग गर्न पाएका छौं। संसार भरका मजदुरहरुको आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन, आठ घण्टा आराम र हप्तामा एक दिन छुट्टी मिल्ने भएको त्यसैबाट भएको हो। यसरी १८६४ मा प्रथम अन्तराष्ट्रिय को स्थापना, १८६६ मा ८ घण्टा मागको समर्थन, १८८६ मा १ मई देखिको आन्दोलनमा कैयौं मजदुर नेताहरुको शहादत हूदै मजदुरहरुको वीरतापुर्ण प्रदर्शन र सम्झौताहीन संघर्षको कारणले गर्दा पुजीपति वर्गलाई १८–२०–२४ घण्टाको कामलाई घटाएर ८ घण्टाको कार्य दिवसको मागलाई स्वीकार्न बाध्य हुनुपरेको थियो। मजदुरहरुका जुझारु, संगठित आन्दोलन र उनीहरुका आन्दोलनका भावनाका अगाडि पुजीपति वर्गले घुडा टेक्नु सिवाय अर्को बिकल्प थिएन र हुँदैन पनि। त्यही आन्दोलनका कारणले गर्दा संसारका हरेक सरकारले ८ घण्टे कार्यदिवसलाई मान्न बाध्य हुनुपरेको थियो। यही आन्दोलनको स्प्रिट, यही आन्दोलनको भावना अनुसार हामी संसारका मजदुर आज पनि एकजुछ छौं आज पनि आन्दोलित छौं किनकि मजदुरहरुको शासन अझै आएको छैन खबरदार पूँतिपतिहरु हो भन्ने संदेश हो मई दिवस।
आज हाम्रो देशमा यही मजदुर दिवसको दिन पार्दै आफूलाई संसारकै सबैभन्दा क्रान्तिकारी भन्न रुचाउने, किषान मजदुरहरुको पार्टी भन्ने गरेको तथा पछिल्लो समयमा नेपालकै सबैभन्दा ठूला पार्टी भएको ए. माओबादीले त्यो मजदुर आन्दोलनको मर्मलाई कुण्ठित पार्दैछ। मई दिवस मनाउने भन्दै अनिश्चितकालिन नेपाल बन्दको घोषणा गरेको छ, दुःखि मजदुर किषानलाई झनै पीडा दिदैछ किनकि यो आन्दोलनको को मुख्य उद्देस्य माओबादीले सत्ताको नेतृत्व गर्न पाउनु हो। जुन हिसाबले संविधानसभाको ठूलो दलको हैसियतले सरकारको नेतृत्वको माग भएको छ, त्यही हिसाबले सबै पार्टीहरुलाई सहमत गराई आफूलाई समर्थन जुटाउनु पनि उसैको काम हो तर यसो गरिएको छैन। समस्याको समाधान तिर होइन अरु बल्झाउन तल्लिन छ यो आन्दोलन एकातिर भने अर्को तिर यो माओबादीको आन्दोलनमा प्रदर्शन गरिने व्यानरमा माथि उल्लेख गरिएको माहान वाक्यांश “संसारका मजदुर एक हौ” नै हुनेछ तर ए. माओबादीले नेपालका मजदुरहरुलाई जाती-जाती मा विभाजन गराऔं भन्ने नारा लगाई रहेको छ भने अर्को ठूलो दल एमाले ले जाती-जातीमा मात्र होइन नेपालमा मजदुर हरुलाई क्षेत्र-क्षेत्रमा विभाजन गराऔ भनी मजदुर दिवस मनाउँदै छ। मजदुर दिवस कुनै छुट्टै समुहको लाभलाई हेरेर, केवल आर्थिक मागलाई मात्र हेरेर नभई राजनीतिक मागको दिवस हो। छोटा–छोटा उपलव्धिको मात्र नभई शोषण मुलक पुजीवादी व्यवस्थाको अन्त्य र यो संसार भरमा वर्गविहीन समाजको स्थापनाको महान यात्रामा अगाडि बढ्नको लागि हो। जसलाई उच्च मनोवलका साथ अनुशरण गर्दै मई दिवसको सर्थकता सिद्ध गर्नको लागी नेपालका मजुरहरुलाई जाती-जातीमा क्षेत्र-क्षेत्रमा विभाजन गर्नको लागी आफू-आफूमा भिडाएर सरकारमा बसेर रमिता हेर्नको लागी होइन संसारका मजदुर एक वनाउन, वर्गिय लडाईमा सहयोग र समर्थन जुटाउनको लागी मनाऔं १२१ औं मई दिवस।


हामी मजदुर वर्ग हौं कहीं कतै गर्दैनौं दुश्कर्म क्यै।

संसारै भर वर्ग यो कही कतै फुट्दैन जुट्छौं सबै।।

त्यसमा जाल रचेर दुष्टहरूले गर्छन सदा मोजले।

हाम्रो खुन पिएर दुर्जनहरू कुर्लन्छ त्यै सुरले।।

हाम्रै हुन ढुकुटी यो विश्व बीचका हाम्रो सबै पौरख।

पोखी मात्र बने यी धर्ती भरका सम्पूर्ण यी वैभव।।

जसमा भव्य हिरा र मोतिहरूका खम्बा जडी सुन्दर।

सुनका सिक्री भुलाई बन्दछ सदा आनन्दको मन्दिर।।

त्यसमा लागि दिने सहस्र गतिका सम्पत्तिका रासको।

खानी हामीहरू सबै त धुकुटी सम्पूर्ण हाम्रै त हो।।

हिरा सुन र सीप साथ श्रम त्यो सम्पूर्ण हाम्रै रह्यो।

आफ्नै बास भए विछट्ट झोपडी बस्नै नहुनेछ त्यो।।

खोज्छौं हामीहरू फोरेर पहरा सुनका ति खानीहरू।

झिक्छौं रत्न अनेक ति थरीथरी हिरा र मोतीहरू।।

तिनको मोल गरिदिन्छ दुष्टहरूले दुई छाक खाना पनि।

मुस्किलले पुगि जान्छ सब विभव त्यो लिइन्छ लुटे सरी।।

धनको धाक दिएर दुष्टहरुले खाइसके हाम्रो जीवन।

हाम्रो खुन पिएर मात्र खुशीले मोटाउँदछन् ती जन।।

यस्तो यो अति नै भयो अझ पनि सहेर पो के गरौं।

छाड्ने छैन अवश्य जित्छ दुनियाँ सामन्तको लौ अब लडौं।

Saturday, May 15, 2010

विन्दी मेरो देश नवेचिदेउ

विन्ति नेताहरु मेरो देशलाई नवेचिदेउ
इण्डिया र चाइना तिर देशलाई नजाकिदेउ
सक्छौं भने वरु सहमति र सहकार्य गरीदेउ
नसके राजनीतिवाट सन्यासको घोषणा गरीदेउ
खाना खान नपाएकाको लागि खाने व्यवस्था गरिदेऊ
तिनको सम्मानको लागि भए पनि ५ तारेमा वैंठक नगरिदेउ
दक्षिणतिर देशको सिमा मिचेको हेरेर नवसिदेउ
सत्ताको लागि आन्दोलन हैन देश वचाउने आन्दोलन गरिदेउ
विदेशीलाई नेपालको आन्तरीक मामिलामा नाच्ने प्रवृत्तिको अन्य गरिदेउ
विन्दी नेताहरु मेरो देश नवेचिदेउ ।

फेसबुके कार्टुनिष्ट का कुरा

ब्यङ्ग्य समाजको एउटा अभिन्न पाटो हो। समाजका बिकृती बिरुद्ध आबाज उठाउने मात्र नभइ त्यसको मार्गनिर्देश गर्ने काम ब्यङ्ग्यको हो। त्यसैले ब्यङ्ग्य को आफ्नै महत्व छ। तर ब्यङ्ग्य को आफ्नै मुल्य र मान्यता पनि रहन्छ। ब्यङ्ग्य सस्तो मनोरञ्जन नभइ गहन अर्थ बोक्ने ससक्त हतियार बन्नु पर्छ। ब्यङ्ग्य पढ्ने ब्यक्ती मात्र नभइ ब्यङ्ग्य को निसाना बनेको ब्यक्ती लाइ समेत पाच्य तथा सन्देश ग्रहण योग्य बन्नु पर्छ।
तर हिँजो आज सामाजिक सञ्जाल हरुमा असाध्यै गैरजिम्मेबार तरिकाले कार्टुन बनाउने प्रबृती बढेको छ। फोटोसप जानेकै भरमा जनावरको सरिरमा मन नपरेका नेताको टाउको जोडेर या नेताको आपत्तीजनक तस्बिर बनाएर आफुलाइ असाध्यै महान कार्टुनिष्ट भएको बखान छाँट्नेको संख्या मनग्य रुपमा बढेको छ। यो प्रबृतीको सिकार लगभग सबै नेताहरु बनेका छन।
कार्टुन बनाउँदा या ब्यङ्ग्य प्रस्तुत गर्दा सम्बन्धित ब्यक्तीका केहि काम(समाज सँग सम्बन्धीत) को बारेमा र त्यसले समाज मा पार्ने असरको बारेमा र त्यसको बारेमा सम्बन्धित ब्यक्तिले ब्यक्त गरेको धारणा लाइ मजाक को रुपमा प्रस्तुत गरिन्छ। सम्बन्धित ब्यक्तिको भनाइ र गराइमा देखिएका फरक बाहेक ब्यक्तिगत सन्दर्भ कार्टुन को बिषय बन्नु जायज हुन सक्दैन। ब्यक्तिगत कुरा मा पनि हचुवाको भरमा कार्टुन बनाउनु गलत कार्य हो। तर हाम्रा फेसबुके कार्टुनिष्ट ले त कार्टुनमै दुइजनाको नाजायज सम्बन्ध भएको सम्म देखाइसके। यो भन्दा तल्लो स्तरको हर्कत के हुन सक्छ?
कतिपय काम यस्ता हुन्छन जसले क्षणिक मनोरञ्जन त दिन्छन तर त्यसको सार पक्ष त्यती मिठो हुँदैन। बाटोमा बसेर केटी जिस्काउँने, आफ्नो गल्तिमा समेत चर्को बोलेर आफु नै सही देखाउने जस्ता कार्य देख्दा उत्कृष्ट देखिए पनि आफु नै त्यसको मारमा परेपछी त्यसको बास्तबिक पिडा थाहा हुन्छ। त्यस्तै ब्यङ्ग्य पनी हचुवाको तालले गर्दा त्यस्तै खालको निम्न स्तरिय बन्छ। कल्पना गर्नोस त तपाइँको टाउको कुकुरको सरिरमा जोडेर प्रकासित गरे के होला? कुरा त्यती हो। तपाइँको कामलाइ मजाक गरेर भन्दा एकछिन उडाए जस्तो मात्र अनुभुती हुने तर कुकुर बनाउँदा पिडा हुने सबैको बानी हो।
फोटोसप चलाउँदैमा कोहि पनि कार्टुनिष्ट हुँदैन। कार्टुनिष्ट बन्न त्यहि प्रकारको क्षमता चाहिन्छ। कतिपय कार्टुनिष्ट का कार्टुन हेरेर कार्टुनिष्ट सँग सम्बन्धित ब्यक्तीले भेटेका कुरा पटक पटक आइरहन्छन। त्यो नै कार्टुनिष्ट को पहिचान हो। र बाँकी फेसबुके कार्टुनिष्ट का कार्टुन क्षणिक हाँसउठ्दा देखिए पनि सारमा पिडादायी नै हुन्छन

Monday, May 10, 2010

सडक र अटालियाहरु

इतिहासले कोल्टे फेर्नलाग्दा कतिलाई गिज्याउदै यो अगाडि बढदो छ भने संगिन मोडहरुमा यथास्थिति तोडेर अगाडि बढन ०७, ०३६,०४६ र ०६२,६३का सडकका आवाजको हेक्का राख्न सबैलाई सम्झाईरहेको पनि छ । भारतमा उपनिवेशकाल थियो । अग्रेज थिए गान्धी थिए । त्यो समाजवादको दुन्दुभी बजिरहेको बेला थियो । भगत सिह र सुभास चन्द बोसलाई सन्र्दभहीन बनाउनु थियो । महात्मा गान्धी अहिले सान्र्दभिक छन कि छैनन् भनेर शान्तिपूर्ण आन्दोलनले गरेकेा पर्दशनलाई सरकारी छम्द प्रतिकारले परिस्थितिलाई जति उत्तेजक बनाउदै जाँदो छ सयंमको बाधँ कहिलेसम्म टिक्ने हो भनेर आर्दशवादीहरुलाई आग्रहहीन बहसगर्ने शिर्षक दिएको छ । अघोषित उपनिवेसबादप्रति राजनीतिका सरोकार राख्नेलाई विर्मशको विषय थपिदिएको छ ।
समयको वेगसगैं हरेक जनलाई जेजस्तो तरिकामा भए र गरेपनि भूमिकामै उतारिदिँदो रहेछ । भलै त्यो कसैले स्वीकारोस् वा नस्वीकारोस् । कित्तावन्दीमा कोही अग्रगमनको पक्षमा कोही पस्चगमनको मतियार । क्रुर इतिहास कसैलाईपनि मौन बसेर रमिते बन्न दिँदो रहेनछ । हाम्रै जिन्दगीका ५दशकमा पैदा भएका सोच व्यक्ति पात्र र प्रबृतिको अहिले उत्खनन गर्ने हो र उनिहरुको भूमिका नियाल्ने हो भने कयौँ रोचक तथ्यहरु अहिले देखा पर्नेछन । आग्रहले सताँईदा मानिस आफैलाई मुर्दावाद भनेको समेत हेक्कै राख्दो पो रहेन छ । छम्दभेषमा रहेका र आवरणमा ढाकिएकाहरुपनि अनेकौ माचवाट अहिले काठमाण्डु लगायत देशैभरी क्रमसः आआफना कित्तावन्दी तिर ढल्कदैछन । अर्कातर्फ सूचना कूसूचना भ्रमित र प्रायोजीत सूचनाहरु सतहमा छरपष्ट भएर टकराई रहेका पनि छन । कोठामा बसेर मिडियाबाटै धारणा बनाउनेहरुपनि सडकपेटीमा उभिएरै भए पनि नयाँ तौर तरिकाले धारणा बनाउदै छन । नापेर तौलेर सुत्र मै टेकेर नभै आन्दोलन आन्दोलनमय नै भएको छ । सबैजसो सक्कली अनुहारमै देखिएका छन देखिँदैछन । देश दुनियाले काठमाण्डु हेरिहेको छ । विदेशी मिडिया आफनै आखाँले नियाल्न ओईरो लागेका छन । सिण्डिकेटको एकछत्र हैकम टुटेको छ । इमेल र फेशबुकहरु अनेकौ विचार र आग्रहले टन्न भरिएकाछन । कयौं आग्रहहरुले मर्यादाका सिमाना समेत नाघेका छन । इन्टरनेट खोल्ने बित्तिकै देश-देशान्तरबाट जिज्ञाशाका बाढी नै लाग्छन । सामाजिक साजालपनि आन्दोलनको अर्काे आर्क र टे्राच बनेको छ । कयौंँ सन्र्दभमा विस्वासमा वाच्नु र व्यबसाय धान्नुपर्नेहरुको औकात र आग्रह घालमेल भएर छरपष्ट भईदिदाँ उनिहरुको नैतिक पुँजीसमेत स्खलित भएका समेत देखिन्छ । सडकको तागत आशा अपेक्षा सपना र प्रतिबद्धतामा सहभागी भएर फर्कनै लाग्दा गत मगंलवार ढल्कदाँे साझँमा १५ मिनट भित्रैमा तिनओटा मोबायल सन्देश आयो । देशका भिन्न क्षेत्र र भिन्न पृष्टभूमिका सत्ताधारी पार्टीका जिम्बेवार मानिसका ती यसयमयस थिए । व्यक्तिगत सम्बन्ध राम्रै भएकाले गर्दा एकआपसका नम्बरहरु हुनु स्वभाविकै हुन्थ्यो । त्यस्मा बुधवार विहानैदेखी माओवादी विरुद्ध सशक्त प्रतिकारको आव्हान गरिएको थियो । सूचनाशक्तिको विकास भएको यति छोटो समयमा भिन्न क्षेत्रबाट एउटै सन्देश आउनमा अर्काे दिनको अनिष्ट सरकारले निम्त्याएको सिभिल वारतर्फ देशलाई धकेलिरहेको सहजै अनुमान गर्न सकिन्थ्यो भने साधनको प्रयोगको अज्ञानताका कारण सबैलाई पठाइर्ँदा ती पक्तिंकारलाईपनि झुक्किदै आएका हुनसक्थे । बुधवार भक्तपुरवाट युथफोस्रका ूवहादुरू र ूइमान्दारू नेतुत्वले लुकेर हवाईफायर गर्दै त्यस्को श्रिगणेश गरॆ । अहिले सत्ता छम्दयूद्ध साचालन गर्दै छ भने माओवादी वर्षैा देखी थातीमा रहेका मुद्धाको सबैधानिक व्यबस्थापन गर्न सर्घषरत छ । यथास्थितिको रक्षा गर्न अग्रपक्तींमा आफना कार्यकर्ता र पृष्टभागमा सुरक्षा सयन्त्र मार्फत उत्तेजना फैलाउने योजना बुनेको छ । त्यस्को रक्षाको लागी पाचायतदेखीकै पुरानै थोत्रा र भूत्ते तरिका नै अपनाउदैछ । विषयलाई अन्यन्त्र मोडने कोसिसमा इमान्दार कार्यकर्ता र समस्या झेलिरहेका तर कारण खुट्याउन भने नसकिरहेका जनतामा आवेग भर्दै छ । साचालनको निमित्तकेन्द्र वालुवाटार बनेतापनि पात्र र प्रबृतिमा २१सौ सदीका सुगौली सन्धीपछाडिका गजराज मिश्र र चन्द्रशेखर उपाध्यायहरुहरु भिन्नभिन्न रुप र रगंमा सतहमा देखिईरहेका छन । त्यो सिण्डिकेटले अनेकौ लोकपृय आवरणमा जनशक्ति परिचालन गरिरहेको छ । भ्रम र भयको राजनीति फैलाईने प्रयास गरिदैछन । त्यस्का आधार खोजिँदै र महिमा गाउँदैछन ।
सडक र अट्ालिकाहरुमा समाज र सोच बाडिँदै छ । कोही रमिते र तमासे कोही सडकमा भूमिकामा । सनातनमा बाँचेको सहरमा अहिले गाँउ पसेको छ । सहरिया ठालुहरुको कर्म र कुकर्म दुरदराजको वास्तविक नेपालले असमानताका कारणहरु चिहाईरहेकोमात्र छैन आखाँ भएका धृतराष्टहरुलाई साक्षात हेरिरहेको पनि छ । त्यो नै आन्दोलनको शक्तिमा फेरिँदैछ । कति निर्दयी छन कस्तो पाखण्डमा पनि बाच्न सक्दा रहेछन र कति झूट र फरेव यिनिहरुको जीवन रहेछ भनेर खाली खुट्े आन्दोलनकारीले यो समाचार गाँउमा लगिरहेका छन । पाखण्डीहरुको पाखण्डमा फिस्स हासिँदिईरहेका छन । यि सबै कुरा सेकुवा हसु्रन चाहाँने तर रगत देख्न नचाँहने आर्दशवादीहरुको छट्टुपन नबुझने कुरै भएन । सहरमा काठमाण्डु र क्याटम्याण्डु पनि छ । अर्काले आन्दोलन गर्छ त्याग वलिदान गर्छ भूमिका निभाउँछ र नयाँ कुरा ल्याएपछि पहिलो हकदावी गर्दछ -आपुूलाई सभ्रान्त ठालु र शिक्षित भन्ने क्याटम्याण्डुले । अर्काेतर्फ सपना सजाएर भूमिकामा उत्रने काठमाण्डु छ जस्ले गाँउ सुनेको छ । दुख बुझेको छ । गाउँवाटै सहर पसेर अझै आत्मा बचाएकाहरु पनि छन र सहर पसेर गाउँ बिसर्िनेहरुको चतुर्याँईपनि नजिकबाट गमिराखेका छन । आन्दोलनको अर्काे उर्जा उनिहरु विरुद्धको आक्रोस उछित्तो खन्दै । ति साईँदुवाहरुको सहरिया छट्टु कथा बन्दै गाउँमा फैलिदैछन । गाँउ अहिले परिवर्तनमा अगुवा बनेको छ । सामान्य छ तर दिमागलाई सोच्न लगाँउछ र उत्रन्छ -भूमिकामा । त्यसैले काठमाण्डु क्याटम्याण्डुलाई घृणा गर्छ । त्यही सन्देश अहिले सुदुरवस्तीमा क्रमशः पुग्दैछन । जेजस्तो भनिए पनि सरकारी कुरा देश र दुनियाले नपत्याउने भैसक्यो । विस्वस्नियतामा वाच्न पर्ने बजार मिडियाका वास्तबिकताका कुरापनि अव गाँउवस्ती र देहातमा सक्कली अनुहारमै पुग्ने भए । माओवादी नत उपभोक्ता नत बिज्ञापनदाता सोच्दा एउटा ठुलोहिस्सामा अविस्वास पैदा हुने भयो । टार्जेटेड ग्रुपमा नपर्ने भएकाले नत उनिहरु सन्र्दभ सामाग्री बन्थे नत सन्दर्भश्रोत । बनेभने पनि उनिहरुकै हुर्मत काढन मात्र । आन्दोलनले यस्तोमोड पनि पैदा गरिदिएको छ जस्लाई बेवास्ता गर्न कसैकोपनि बुताभित्र पर्दैन । भलै अशंलाई उचालेर समग्रमा प्रहार किन नहोस् ! माओवादी नेतृत्वको जनआन्दोलनले हिशांत्मक अराजक भनेर भयावह गराउने भन्ने मनोयूद्धको व्यबहारबाटै उस्ाले जवाफ दिईसकेको छ । जनताको दैनिकीसगं नजोडिएको बौद्धिकताको हविगतपनि छर्लगिएका छन । विषयको अशंलाई उरालेर समग्रलाई कटाईदिदै आफना आग्रह पुष्टिगर्नहरुको चतुरेपनपनि घटनाले दिने एउटै जवाफ बनेको छ । आन्दोलन शान्ति र सबिधानविरुद्धको षडयन्त्रको बिपक्षमा हो । तर त्यसलाई अन्यन्त्र मोडने चेष्टाले आन्दोलन सरकारको नेतृत्वको लागीमात्र हो भन्ने प्रचारयूद्ध थालिएको छ । अग्रगमनको बाधकशक्ति माधब सरकार हो । तर अपजसको भारी सबै एमालेलाई उपलब्धी र श्रेयको अशं आपुूलाई सोच्ने कुलिनहरु यथास्थितिका पक्षधर कांग्रेस र पुराना पाचहरुको जाल भन्ने कुरा छिपाउने प्रयत्न अहिले गरिँदै छ । लोकतन्त्रवादीहरुलाई भ्रममा अल्मल्याउने खेल पनि त्यतिकै चालु छन । त्यसैले सत्ताको लोहरीमा गित गाउनेहरुको पनि निस्पक्षता र व्यबसायिकता देखिईसक्यो । वसन्तमा काग कोईली छुट्एिझँै आआफना भूमिका सबैले तय गर्नै सुरसार कसी सके । कयौंले आफैंले वनाएका इतिहास आस्थामाथीको आग्रहको रजाईले गर्दा गर्लम्म ढलिरहेको साक्षीबन्दै गए । यस्ाकॊ सन्देश गाँवस्तीमा के जाने हो भनेर हेक्का राख्न भने भ्याएनन राखेनन ।
उत्तेजना फैलाउनु भ्रम तयार गर्नु आवेग भर्नु यूगान्तकारी घटनाको मर्मको ओजन घटाएर सरकार बनाउने र भत्काउने खेलमात्रै भनेर प्रचार गर्दै आत्मरतिमा रमाउने काम क्याटम्याण्डुले गर्देै छ । तर हरेक घटनाले दिने सन्देश नै झुट र षडयन्त्रका धज्जी उडाईरहेका छन । विवेकशीलहरुले आफना दिल दिमाग र भूमिका पनि विकशित घटनाक्रम अनुसार फेरिई पनि रहेका छन भने कार्यकर्तालाई कारिन्दा सोच्नेहरु आफना गुरुयोजना भत्किरहेको हेर्न वाध्य हुदैछन ।
अहिले काठमाण्डुसगं क्याटम्याण्डु सोचमा भूमिकामा र अग्रगमन यथास्थिति पस्चगमनका विचमामात्रै हैन नयाँ र पुराना सोच्ने र गर्ने तौर तरिकामा समेत भिषण टकराहट भैरहेको छ । जहिलेपनि आग्रह अग्रगमनको पक्षधर नभए झै केही ूभद्र आर्दशवादीहरुूपरिवर्तनको यो सुनामी अझै देख्न नसकेर रनभूल्लमा परेकाछन भने अहिले गाँउ र सुदुरवस्ती नेपाली राजनीतिको केन्द्रिय हिस्सा बनेको छ ।
annapurn post baishakf 25,वैशाख २४ कोटेस्वर काठमाण्डु