Saturday, May 1, 2010

माओवादी सभामा जन ओइरो

एकीकृत नेकपा माओवादीको जनसभा काठमाडौँको खुलामञ्चमा सुरु भएको छ । खुलामञ्चमा जम्मा भएका जनसागरलाई उभिनेसमेत ठाउँ नभएपछि रत्नपार्क, नेपाल विद्युत् प्राधिकरणको कार्यालय, पुरानो बसपार्क, वीर अस्पताललगायतका ठाउँ पनि खचाखच भरिएका छन् ।मोहन वैद्य किरणले सरकार भनेको हामी हो। यो सरकारलाई हामो भोलि सडकबाट अवैध घोषणा गरेर नयाँ संविधान घोषणा गर्नसक्छौं। सडकबाटै हामी सत्ता कब्जा गर्न सक्छौं। नेपालका महिलाले समान अधिकार पाएका छन्। म सम्पूर्ण आदारणीय महिलाहरुलाई एक महिनाका लागि आइदिन अनुरोध गर्छु। र यहाँका तानाशाही र कठपुतली सरकारलाई हटाउ। धन्यवाद। अधिकार माग्न सडकमा निस्कँदा हिंसावादी भन्ने कुन देशको कानूनमा चल्दैछ ? त्यसकारणले म यहीँबाट चुनौती दिन चाहन्छु। नेपालका महिलाहरुलाई मुक्ति दिनको लागि १ करोड २५ लाख महिलामध्ये २५ लाख मात्रै मारोस् न। विगतदेखि हामी शान्तिपूर्ण ढंगले कार्यक्रम गरिरहेका छौं। सरकारले चन्दा आतंक मच्चाइरहेको छ।

No comments:

Post a Comment