प्रमुख राजनीतिक दल कांग्रेस केन्द्रीय समितिको केही समयअघि सकिएको बैठकले माधव नेपाल सरकारको निरन्तरता दिने निर्णय गरेको छ। संकटमा परेको सरकारलाई यो निर्णयले केही राहत दिएको छ। तर यसले प्रधानमन्त्रीको राजीनामा मागिरहेको माओवादीसँग सरकारको द्वन्द्व भने अझ चुलिने खतरा बढेको छ।
माओवादी जनप्रदर्शन सुरु हुन १२ घण्टा मात्र बाँकी हुँदा भएका राजनीतिक प्रयासले कुनै निकास निकाल्ने संकेत देखिएको छैन। माओवादी नेताहरु जोडदार प्रदर्शनको तयारीमा लागेको देखिएको छ। संस्थापन पक्ष चाहिँ वार्तामै जोड दिइरहेको छ। सार्क सम्मेलनबाट फर्किएपछि प्रधानमन्त्री नेपालले दिएका अभिव्यक्तिले दुई पक्षबीचको द्वन्द्व अझ चुलिने देखाएको छ।
bad article
ReplyDelete