
संविधान जारी गरिनुपर्ने मिती नजिकिदो छ । संविधान निर्माण अन्तिम चरणमा पुग्नुपर्ने हो । तर संविधानमा राखिनुपर्ने अधिकाशं विषयहरु अझै पनि अनिर्णित रहेका छन् । संविधान निर्माणका क्रममा सुल्झाउन सबैभन्दा गाह्रो विषय सेना समायोजन र संघियताको वारेमा तत्काल निर्णय होला भनेर आशा गर्ने कमै मात्रै होलान । सेना समायोजनको विषयमा सरकार र माओवादीका आ-आफ्नै अडान देखिएका छन् । अर्कोतर्फ अत्यन्तै संवेदनशिल र जटिल संघियतासँग जोडिएको राज्य पूर्नसंरचना आयोग गठन सम्म हुन सकेको छैन । त्यसैले जेठ १४ गते संविधान जारी नहुने लगभग निश्चित प्राय बन्दै गहिरेकेा छ । यस्तो अवस्थामा देशको भविष्य के हुने हो सबैतिर चिन्ता र चासोको विषय बन्न पुगेको छ ।
अर्कोतर्फ ठूला र जिम्मेवार ठानिएका ठूला ३ दल आ-आफ्नै डम्फु बजाउन व्यस्त छन् । शान्ति प्रकि्रयाको एक महत्वपूर्ण अंग र संविधानसभाको ठूलो पार्टी ए।नेकपा माओवादी सरकार वाहिर छ भने अर्कोतर्फ २२ दलिय सरकार हेरक पक्षमा असफल बन्दै गइरहेको छ । तर जिम्मेवारीका साथ शान्ति प्रकि्रया र संविधान निर्माणमा लाग्नुपर्ने वेलामा माओवादी आफ्नो नेतृत्वमा सरकार निर्माण हुनुपर्ने कुरा गर्दैछ भने एमालेमा सरकारमा बस्ने या नबस्ने भन्ने कुरामा विवाद चर्कदो छ । अर्कोतर्फ गिरीजाप्रसाद कोइरालाको निधन पछि नेतृत्वको विवाद कांग्रेसभित्र चुलिदो छ । यसरि संविधान निर्माणमा लाग्नुपर्ने परिस्थितिमा ३ ठूला पार्टीको आ-आफ्नै डम्फुले गर्दा देश झन ठूलो भुमरिमा जाकिदैछ ।
२०६२ ०६३ को जनआन्दोलनको प्रमुख उपलब्धि भनेको देशमा गणतन्त्र स्थापना थियो । त्यसैले संविधानसभाको प्रमुख दायित्व गणतन्त्रको संस्थागत गर्नु पनि थियो । त्यसको एकमात्र अचुक उपाय समयमा संविधान निर्माण गर्नु हो । संविधान निर्माण नहुने संभावना बढदै जादा राजतन्त्रको वकालत गर्नेहरु सलवलाउदै गएका छन् । यसले नेपाली जनताको आधा शताब्दि देखिको राजतन्त्र विरोधी संघर्षको उपलब्धि गुम्ने संभावना छ । अर्कोतर्फ नेपाली इतिहासमै सबैभन्दा वढि वैदेशिक हस्तक्षेपको प्रभाव देखिदैछ । ठूलापार्टीहरुमा सरकारमा जान र सरकारमा टिकीरहनको लागि विदेशीको चाकरी गर्नैपर्ने प्रवृत्तिको विकास हुँदै आएको छ । जसले नेपालको स्वतन्त्र अस्तित्वलाई नै खतरामा पार्ने देखिएको छ । देश अहिले जातीय राजनीतिको जालोमा फस्दै छ । जातिय उन्मात र िहंसाको परिणाम आज अपि्रुकाको कतिपय देशहरुमा देख्न पाइन्छ । त्यसको श्रृखलामा जोगिनवाट वच्न नेपालमा जातीय राजनीति र जातीय संघियताको विरुद्ध पनि समयमै कलम चाल्न सकिएन भने देश ठूलो दुर्घटनामा पर्नसक्ने प्रवल संभावना छ ।
यी सबै कुराको एकमात्र समाधान समयमै संविधान निर्माण हो । यदि ठूला दलहरु साच्चै देशप्रति इमान्दार देखिएको खण्डमा र सहमतिवाट अगाडि वढन साचो मनवाट प्रण गरेको खण्डमा समयमै संविधान निर्माण हुनेछ । त्यसवाट नै नयाँ नेपालको सुन्दर भविष्यतर्फको वाटो निश्चित वन्नेछ । अन्यथा देशलाई अध्यारो भविष्यमा जानवाट कसैले रोक्न सक्नेछैन ।
No comments:
Post a Comment