Thursday, April 15, 2010

एक पटक फेरी २०६६ लाई हेर्दा


२०६६ लाई समष्टिमा हेर्दा आशातित प्रतिफल दिन यस वर्षले सकेन । यो साल विभिन्न आरोह अवरोह पार गर्दै हामीबाट विदा त भएको छ । यो वर्ष राम्रा घटनाहरुले भन्दा नराम्रा घटनाहरुले धेरै प्रशय पायो । यो वर्ष धेरै विवादित घटनाहरु भए उप-राष्ट्रपतिको हिन्दी सफत प्रकरणमा सर्वोच्चले दिएको आदेशले केहि दिन राजनीतिक वृत्तमा तहल्का नै मच्याइदियो । यति मात्र होइन प्रधानसेनापती प्रकरणले माओवादीको सरकार ढाल्ने काममात्र गरेन अन्तर्राष्ट्रिय स्तरमा समेत प्रभाव पार् यो । प्रध्नसेनापती रुकमाङगत कटुवाललाई प्रधानसेनापती पदमा रहिरहन राष्ट्रपतिले थमौती दिएपछि त झन माओवादीले राष्ट्रपतिको असंवैधानिक कदम र नागरीक सर्वोच्चताको नाममा सडक नै ततायो ।
राजनीतिक घटना मात्र नभएर २०६६ सालमा दैविक प्रकोपले पनि नेपाली जनतालाई सतायो जाजरकोट रुकुम लगायतका देशका विभिन्न स्थानमा झाडापखलाले चार सय भन्दा वढिको ज्यान लियो । देशलाई झाडापखलाको महामारीले आक्रान्त वनाएको वेला स्वास्थ्यमन्त्री उमाकान्त चौधरी लगायत स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ व्यक्तिहरु विदेश सयलमा गएको घटनाले पनि नेपाली मिडियाहरु छाइरहे । गरीविका कारणले देशका विभिन्न ठाउँहरुमा आत्महत्याका घटनाहरु भए कतिसम्म भने विरामी छोरीलाई उपचार गर्न नसकेर परिवारले सामुहिक आत्महत्या सम्म गरे
हत्या िहंसा अपहरण लगायतका घटनाहरु द्धन्दकालमा भन्दा पनि कम भएनन् । साचारकर्मी उद्योगी विद्यार्थीलाई अपहरण र हत्या गर्ने काम हुँदा सरकारको विशेष सुरक्षा योजना मुखदर्शक सावित भयो । अपहरण गर्न आएको आरोपमा तराई भक्तपुर लगायत देशका विभिन्न ठाउँमा कैयौ व्यक्तिको हत्या गरियो । यो वर्ष राजनीतिक दलका भातृ संगठनहरुको टकराव अघिल्लो वर्षमा झै जारी रहयो । उनिहरुको आपसि द्धन्दका कारण विभिन्न व्यक्तिहरुले ज्यान गुमाए भने कैयौं व्यक्ति घाइते भए ।
सरकारले असारमा संसद समक्ष प्रस्तुत गरेको वजेट माओवादीको संसद अवरुद्धका कारण ४ महिनासम्म पारित हुन सकेन यसले नेपालको अर्थतन्त्रमा हलचल नै ल्याइदियो । सरकारका कर्मचारीले तलव खान नपाउने स्थिति आयो भने विकास निर्माणका कामहरु ठप्प नै भए । यसै वर्ष नेपालमा २०४१ सालपछि दोस्रोपटक मुलुकले स्वधनान्तर घाटा करिव २२ अर्व वरावर खेप्न वाध्य भयो । यो वर्ष नै नेपाल राष्ट्र बैंकले नेपालको बैंङ्किन इतिहासमा व्यवस्थापनको विवादका कारण जनताको लगानिलाई जोखिममा राख्दै नेपाल विकास बैंकको खारेजीको घोषणा गर् यो । नेपालमा एक वर्षमा ३ वटा गर्भनर परिवर्तन पनि भए । पहिलोपल्ट दशैको समयमा कागजी नोटको हाहाकारी नै मच्चियो । राष्ट्र बैंकले तुटि्रपूर्ण नोट वजारमा ल्याएर आफ्नो निकम्मा प्रस्तुत गर् र्यो । नेपालमा दशैको वेलामा नेपाली नोटको सट्टा भारतीय नोट जनतालाई वाडियो ।
नेपाल वायु सेवा निगमको जहाज खरिद प्रकि्रयामा अनियमितता भएको भन्दै सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमको जहाज खरिद प्रकि्रयालाई रोकेको छ । अन्तर्राष्ट्रिय उड्डयन संस्था आइकाओको निर्देशन अनुसार नेपालले सन २०१० अपि्रल १ गतेदेखि लागु हुनेगरी मेसिनले पढन सक्ने पासपोट एम।आर।पी जारी गर्न भनेपनि नेपालको एम।आर।पी। छपाई सार्वजनिक खरिद ऐन २०६४ टेण्डर प्रकृया अगाडि बढाउनु पर्नेमा सरकारले टेण्डर प्रकृया नअपनाई सिधै भारतको सेकुरुटी पि्रन्टिङ एण्ड मिन्टीङ कम्पनीलाई दिदा लेखा समिति र सर्वोच्च अदालतको निर्णयले सरकारले सो निर्णय फिर्ता लिन वाध्य बनायो ।
यो वर्षको वर्षान्तमा जन आन्दोन-२ र नेपालको शान्ति प्रकृयाका महानायक तथा शिर्ष पुरुष स्व। गिरिजाप्रसाद कोइरालाको निधनले नेपालको शान्ति पकृया र राजनीतिमा ठूलो रिक्तता पैदा भएको महशुस गरियो । उहाँको अनुपस्थितिमा शान्ति प्रकृया कसरी अगाडि वढछ भन्ने सम्वन्धमा मानिसहरुमा कैतुहलता शंका उपशंका पैदा गर् यो ।
उपरोक्त कुराहरुका अतिरिक्त नेपालमा अन्तर्राष्ट्रिय स्तरमा चर्चित हुने खालका कामहरु पनि भए गत मंसिर १९ गते नेपाल सरकारको मन्त्री परिषदको बैंठक कालापथ्थरमा वसि जलवायु परिवर्तनवाट हिमालमा परेको असरको वारेमा अन्तर्राष्ट्रिय स्तरसम्म पुर् याउने जमर्को गर् यो । कोपनहेगन सम्मेलनको पूर्वसन्ध्यामा भएको यो मन्त्रीपरिषद वैठकले केहि हदसम्म भएपनि नेपाललाई खन्तर्राष्ट्रिय चिनाउने काम गर् यो ।
यो वर्ष सन् २०११ लाई पर्यटन वर्षको रुपमा मनाउने घोषणा पनि सार्वजनिक गरियो । राजधानीदेखि तराइसम्म जोडने फाष्ट ट्रयाक खन्ने कामको जिम्मा नेपाली सेनालाई दिइयो । अन्तमा २०६६ लाई फर्केर हेर्दा राम्रा र नराम्रा दुवै पक्षहरुको संयोजन भएको वर्षको रुपमा लिन सकिन्छ ।

No comments:

Post a Comment