Sunday, April 25, 2010

शिक्षा पनि वन्द

आजदेखि अनिश्चित कालीन नीजि स्तरका शिक्षण संस्थाहरु बन्द भएका छन् । नेकपा माओवादीको भातृ संगठन अनेराश्ववियु क्रान्तिकारीको आयोजनामा बन्द कार्यक्रम घोषणा गरिएको हो । उसले नीजि शिक्षण संस्थाले मनपरि ढंगले शुल्क वढाएको भन्दै मूल्य वृद्धि फिर्ताको माग गर्दै अनिश्चित कालिन नीजि शिक्षण संस्था वन्द गरेको अनेराश्ववियुले जनाएको छ । नयाँ शेसन सुरु भएको बेलामै यस्तो वन्द आयोजना गर्दा नेपालको शैक्षिक स्तरमा नकारात्मक असर पर्नेे प्याप्सनले जनाएको छ । उसले वार्ता र संवाद मार्फत विवादको टुङ्गो लगाउनु पर्ने पनि प्याप्सनले वताएको छ भने अनेराश्ववियु क्रान्तिकारीले मूल्य वृद्धि फिर्ता नभएसम्म वार्ता लगायतका कुनै पनि सम्झौता समझदारी नहुने वताउदै आएको छ । नयाँ शेसन शुरु भएदेखि विद्यालयहरुले २५ प्रतिशत शुल्क वृद्धि गरेका थिए ।

No comments:

Post a Comment