Tuesday, April 27, 2010

अयोग्य लडाकु र बुर्जुवा शिक्षा

अन्ततः बिस्तृत शान्ति सम्झौता र संविधानलाई आत्मसात गर्दै अनमिनले अयोग्य ठर् याएका माओबादी लडाकुहरुलाई बिदाई गर्ने काम सम्पन्न केहि समय अगाडि भइसकेको छ । बिदाई कार्याक्रममा कतिपय लडाकुहरु सहभागी भए भने कतिपय कार्यक्रम हुनु भन्दा पहिले नै शिविर छाडेर आ-आफ्नो गन्तव्य सोझाइसकेका थिए ।
उक्त बिदाई संगै उनीहरुले भन्दै आएको बुर्जुवा शिक्षाका कारणले उनीहरुको भविष्यले कस्तो मोड लिने हो त्यो भने निश्चित हुन बाकी नै छ । हुन त नेपाल सरकार माओबादी र विभिन्न दातृ निकायहरुले उनीहरुलाई सिपमूलक तालिमहरु दिने कुरा चलाइरहेका छन तर ती लडाकुहरुको अगि्रम बाहिरिने कार्यले उनीहरु त्यो ब्यबस्था प्रति सन्तुष्ट नभएका हुन कि भन्ने आशय प्रकट नगर्ने होइन ।
हिजो स्कुलमा निम्न माध्यामिक तह र माध्यामिक तहको शिक्षा हासिल गरिरहेको अबस्थामा बुझेर, नबुझी जबरजस्तै अर्थात अन्य कुनै तबरले माओबादीमा लागेका केहि साथिहरु आज अयोग्य लडाकु भएर आ-आफ्नो घरघरमा फर्किरहेका छन र योग्य ठहरिएकाहरुको पनि समायोजन कहिले हुने हो या समायोजन नहुने हो त्यो पनि निश्चित भइसकेको छैन। हिजो आफैले खिल्ली उडाउदै हिडेको बुर्जुवा शिक्षा नपढेका कारण आज बिभिन्न तहका प्रमाणपत्रको अभाब भएकाले पुन त्यहि शिक्षा लिने अर्थात पैसा खर्च गरेर नक्कली प्रमाणपत्र निकाली बिदेश जाने भन्ने कुरामा ती लडाकु अल्मलिरहेका छन । यसको अर्थ बुर्जवा भनिएको शिक्षा राम्रो छ भन्ने चाहि होइन । केहि पनि नहुन भन्दा केही न कही भएको राम्रो हन्छ भनेजस्तै शिक्षा नहुन भन्दा कम्तिमा पढेको भए त्यहि भएपनि काम लाग्ने थियो भन्ने कुरामा कसैको दुईमत हुन सक्दैन । जसका कारण कैयौ अयोग्य तथा योग्य लडाकु आज आएर एस।एल।सी परिक्षा दिन लागेको कुराले सबैका मानसपटलमा स्थान लिइसकेको छ ।
हामी जुन राजनितिक पार्टीलाई सहयोग गरेपनि हामी जनताले बुझनु पर्ने कुरा के हो भने हाम्रा नेताहरुले बुजर्वा शिक्षा नराम्रो हो यसकॊ विरोध गर्नु पर्छ भनेर सिकाएका भएता पनि उनीहरु आज जुन स्थानमा पुगेका छन त्यो सबै त्यहि बुर्जवा शिक्षा हासिल गरेरै भएका हुन जसले गर्दा बुर्जवा शिक्षा नराम्रै भए पनि अर्को सिपमूलक शिक्षाको व्यबस्था नहुन्जेल यहि रहेको शिक्षा लिनु अनुपयुक्त हुदैन ।
यदि बुर्जुवा शिक्षाको साच्चिकै बिरोध गर्ने हो भने नेपालमा दिदै आएको शिक्षा बुजुर्वा हो यो अति नराम्रो छ भन्दै आएको एनेकपा माओबादीका बरिष्ठ नेता बाबुराम भट्ठराईकी सुपुत्री मनुषी यमि भट्ठराईले बिगत देखि त्यहि बुजुर्वा शिक्षा दिइरहेको त्रिभुवन विश्वबिद्यालयमा पदिरहेकी छन । यस बाट हामी के बुझनु पर्छ भने नेतागणहरुका छोराछेारीले त त्यही शिक्षा लिइरहेका छन भने हामी सामान्य नागरिकका छॊराछोरीले अरुको भाउतोमा लागेर नबुझी´ बिरोध गर्दै हिडेने हो भने त्यो हाम्रो हरकत आफैलाई पछाडि पार्ने कोसिस बाहेका केहि हुन सक्दैन । जसका कारण आज आएर एस।एल।सी दिएका बिचरा लडाकुको जस्तो स्थिति आउदैन भन्न सकिदैन ।

No comments:

Post a Comment