Sunday, April 18, 2010

साच्चिकै हो त जनविद्रोह ?

नेकपा माओवादीले जनविद्रोहको तयारी स्वरुप भन्दै विभिन्न ठाउँमा सैन्य प्रशिक्षण शुरु गर्दै आएको छ । उसले आत्मसुरक्षा भन्दै वाइसियलाई सिन्धुलि लगायतका विभिन्न जिल्लामा त्यहाका स्थानीय कार्यकर्ताहरुयुवाहरुलाई प्रशिक्षण शुरु गरेको हो । उसले हतियार चलाउनेदेखि लिएर राजनीतिक प्रशिक्षण समेत दिएको छ । आत्मसुरक्षा संविधान निर्माण र शान्ति प्रकि्यालाई तार्किक निष्कर्षमा पुर्याउन यस्तो दस्ता तयार गर्नु परेको उसको दावि छ । उसले विभिन्न ठाउमा क्यम्प खडा गरेर प्रशिक्षण शुरु गरेको छ । माओवादीले अव संविधान नवने विद्रोह गर्ने वताउदै आएको छ । त्यसको तयारी रुपमा यो प्रशिक्षणलाई लिन सकिन्छ । यसो गर्दा शान्ति प्रकि्रया तार्किक निष्कर्षमा नपुग्ने र गृह युद्ध समेत हुन सक्ने विश्लेकहरु वताउछन् । उसले १८ वर्ष पुगेका देखि ४० का सम्मलाई आत्मसुरक्षाको नाममा लाठि चलाउनेदेखि लिएर हतियार चलाउनेसम्मको लालिम दिदै आएको छ । यसमा पार्टीका कार्यकर्ता शिक्षक कर्मचारी लगायतका रहेको उसले जनाएको छ । उसले वर्दियामा पनि राजनीतिक लगायत सैन्य प्रशिक्षण शुरु गरेको त्यहावाट जनाइएको छ । उसले त्यहा सेना प्रहरी लगायतमा भर्ना गरिदिन्छौ भन्दै त्यहाका युवाहरुलाई सैन्य प्रशिक्षण सुरु गरेको छ ।

No comments:

Post a Comment