Monday, April 26, 2010

आन्दोलनै-आन्त्दोलन हडतालै-हडताल


नेकपा माओवादीले वैशाख १९ देखि अनिश्चतकालीन आमहड्तालको घोषणा गरेको छ। राजधानीको पाँच तारे होटलमा आयोजित सम्पादकहरुसँगको अन्तरक्रियामा माओवादी अध्यक्ष पुष्पकमल दाहालले हड्तालको घोषणा गरेका हुन्। सामान्य आन्दोलनलाई सरकारले ध्यान नदिएकाले अनश्चिकालिन हड्तालमा उत्रनु परेको बतांउंदै माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलन काठमाडौंलगायत प्रत्येक जिल्लाको सदरमुकाम र शहर केन्दि्रत हुने बताए ।
राजधानीको याक एण्ड यति होटेलमा माओवादीले गरेको अन्तरक्रिया कार्यक्रममा उनले आन्दोलनमा दमन गर्न सरकारले गलत प्रचारबाजी गरेको बताए ।

माओवादी अध्यक्ष प्रचण्डले भने । म यो प्रधानमन्त्री मान्छु यो मान्दिन भन्ने माधव नेपाल को हुन् केही दिनअघि प्रधानमन्त्री माधवकुमार नेपालले प्रचण्ड बाहेक अरु प्रधानमन्त्री हुने हो भने आफूले पद त्याग्न तयार रहेको अभिव्यक्तिप्रति केन्दि्रत हुंदै उनले प्रश्न गरे उनी राजा हुन, यो राजतन्त्र हो ।

अन्तरक्रिया कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका व्यवस्थापक र सम्पादकहरूलाई बोलाइएको थियो भने माओवादीका तर्फबाट उच्च तहका नेताहरूको सहभागिता रहेको थियो ।

1 comment:

  1. your header banner is not so good. gif image not good for header. article are not so interesting. you should improve,

    ReplyDelete