Wednesday, April 21, 2010

आज पनि निर्णय गरेन है !

आज वसेको उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक विना निष्कर्ष टुङ्गिएको छ । िसंहदरवार स्थित ए.नेकपा माओवादीको संसदीय दलको कार्यालयमा वसेको उच्च स्तरीय संयन्त्रको वैठकले 11 गते शनिवारको दिन बैठक बस्नेगरी टुङ्गिएको हो । वैठकमा नेकपा माओवादीले विभिन्न जिल्लामा अर्ध सैन्य प्रवृत्तिको दस्ताहरुलाई सैन्य तालिम दिदै आएकोमा अन्य दलका प्रतिनिधिहरुले रोष प्रकाट गरेका थिए ।कांग्रेस-एमालेले माओवादी नागरिक पार्टी बन्ने प्रतिवद्धता जनाउनुपर्ने, कब्जा गरिएका घरजग्गा तथा सम्पत्ति फिर्ता गर्नुपर्ने, वाइसीएलको अर्धसैन्य संरचना विघटन गर्नुपर्ने, माओवादी लडाकु समायोजन तथा पुनःस्थापनामा इमानदार हुनुपर्ने लगायतका माग कार्यन्वयन गर्न तयार भए राष्ट्रिय सहमतिका लागि सरकार परिवर्तनको विषयमा समेत छलफल गर्न तयार रहेको सर्त यसअघि राखेको थियो । बैठकपछि माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले भन्नुभयो ‘विभिन्न जिल्लामा अर्धसैन्य तालिम दिईरहेको भन्ने कुरामा सत्यता बैठकमा अन्य दलका प्रतिनिधिहरुले माओवादीलाई आफ्ना कार्यक्रर्तामाथि संाघातिक आक्रमण गरेर अराजकता निमत्याउन खोजेको आरोप लगाएका थिए छैन, आफूहरुले कार्यकर्ताहरुलाई सामान्य प्रशिक्षणमात्र दिएका हौं ।’

No comments:

Post a Comment